Blog

एमसीसी परियोजना स्थगित

एमसीसी परियोजना स्थगित

काठमाडौं : नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २० जनवरी २०२५ को कार्यकारी आदेश अनुसार ९० दिनका लागि स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ । यसअघि अमेरिकी सहयोग नियोग (युएसएड) का परियोजना ९० दिनका लागि स्थगित गर्न भन्दै अमेरिकी सरकारले पत्राचार गरेपछि ती कार्यक्रमको काम रोकिएको थियो । युएसएड अन्तर्गतका विभिन्न ६ परियोजना…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियान गर्ने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले चैत्र १ देखि बैशाख १८ सम्म ‘जनसम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । हालै सम्पन्न केन्द्रीय समितिको बैठले गरेका निर्णय सार्वजनिक जानकारीका लागि जारी प्रेस वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “२०८१ माघ २६ देखि फागुन १ सम्म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय समितिको दोस्रो पूर्ण वैठक कार्यवाहक महासचिव क. गौरवको अध्यक्षतामा काठमाडौँमा सम्पन्न भयो । उक्त बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । १) बैठकको प्रारम्भमा नेपालमा सञ्चालित जनसंघर्ष, जनआन्दोलन तथा महान् जनयुद्ध र विश्व कम्युनिस्ट आन्दोलन तथा…
Read More
नरभक्षी बाघले आँगनमा खेलीरहेका ३ बर्षीय बालककाे लियाे ज्यान

नरभक्षी बाघले आँगनमा खेलीरहेका ३ बर्षीय बालककाे लियाे ज्यान

फाेटाे : गुगलबाट बर्दिया: बर्दिया जिल्लाकाे मधुवन नगरपालिका वडा नं.५ धर्मबस्ती मावलीघरको आँगनमा खेलीरहेका ३ बर्षिय बालक रेहान चलाउनेलाई नरभक्षी बाघले समातेर केहि मिटर टाढा लगी ज्यान लिएको छ । बालकलाई शनिबार साँझ ७ बजेतिर ज्यान लिएकाे पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालफ, बर्दियाले विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे । जिल्ला कार्यबाहक सेक्रेटरी विनय रानाले ३ बर्षिय रेहान चलाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले पीडितलाई यथाशिघ्र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएका छन्। प्रेस विज्ञप्तिकाे पूर्णपाठ- '२०८१।११।३ गते शनिबार साँझ ७.०० बजेतिर जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.५ धर्मबस्ती मावलीघरको आँगनमा खेलीरहेका ३ बर्षिय बालक…
Read More
नेपालको उर्जामा भारतीय एकाधिकारको प्रयास

नेपालको उर्जामा भारतीय एकाधिकारको प्रयास

लेखक : डा. केशव देवकोटा नेपालको उर्जामा छिमेकी भारतलाई हाबि गराउने प्रयास थालिएको छ । जसका लागि नेपालका ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्का गतसाता दिल्ली पुग्नुभएको थियोभने भारतीय ऊर्जामन्त्री मनोहरलाल खट्टर यही फेब्रुअरीको अन्त्यसम्ममा नेपालको भ्रमणमा आउने हुनुभएको छ । नेपालले भारतलाई उर्जामा एकाधिकार दिने मन्त्रिस्तरसम्मको संझौता गरिसकेपछि भारत भ्रमणगर्न नपाएर छटपटाइरहनु भएका नेपालका प्रधानमन्त्रि केपी ओलीको मनोक्यांक्षा पनि पूरा हुनेभएको छ । भारतीय उर्जामन्त्रिको नेपाल भ्रमणपछि नेपालका प्रधानमन्त्रि ओलीको भारत भ्रमणको प्रबन्ध गर्ने÷गराउने कुरालाई दिल्लीले प्रचारमा ल्याएको छ । जसलेगर्दा जलश्रोत र उर्जाको क्षेत्रमा ठूलै र खतर्नाक संझौता हुनसक्ने संकेतहरु देखिएका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…
Read More
क्रान्तिकारी कम्युनिस्ट एकता : आजको अपरिहार्य आवश्यकता

क्रान्तिकारी कम्युनिस्ट एकता : आजको अपरिहार्य आवश्यकता

–सुदर्शनआजको परिस्थितिले क्रान्तिकारी कम्युनिष्टहरूको एकता माग गर्दछ । तर व्यावहारिक जीवनमा फुट भइरहेको छ । क्रान्तिकारीहरू र अवसरवादीहरूका बीचको फुट राम्रो कुरा हो । तर क्रान्तिकारी कम्युनिष्टहरूका बीचमै फुट हुनु राम्रो कुरा होइन । समस्या कस्तो छ भने आज साँझ अमुक कम्युनिष्ट पार्टीबाट अमुक–अमुक कम्युनिष्टहरू विद्रोह गर्छन र अर्को पार्टी जन्मेको घोषणा गर्दछन् । भोलि बिहान फेरि ती पनि दुई टुक्रा हुन्छन् । आफूलाई खाँटी क्रान्तिकारी घोषणा गर्दै र अरुलाई अवसरवादी आरोप लगाउँदै जान्छन् । तर अर्को दिन त घोर नवप्रतिक्रियावादी र संशोधनवादीहरूसँग गएर एकताको घोषणा गर्दछन । उनीहरु जीवनभर क्रान्तिकारी बाटोमा हिँडिरहेका कमरेडहरूमाथि ‘बुढाहरूले क्रान्ति गर्दैनन्’ भन्ने आरोप लगाउँदै…
Read More
माघ १९ को सम्झना

माघ १९ को सम्झना

लेखकः रामबहादुर बुढा २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन ल्याएको दिन थियो । राजा ज्ञानेन्द्रको त्यो कठोर प्रतिगामी कदम थियो । त्यसो त राजा ज्ञानेन्द्रले २०५९ असोज १८ गते नै प्रधानमन्त्री शेर बहादुर देउवालाई असक्षम प्रधानमन्त्री भनेर असंवैधानिक ढङ्गले पदबाट बर्खास्त गरेका थिए । असोज १८ को राजाको त्यो कदमलाई प्रतिगमनको संज्ञा दिँदै राजनीतिक दलहरू आन्दोलनमा थिए । असोज १८ पछि राजा ज्ञानेन्द्रले प्रधानमन्त्रीका लागि दरखास्त आह्वान गरेका थिए । नेकपा (एमाले) का महासचिव माधव नेपालले दरखास्त दिएका थिए भने नेपाली काङ्ग्रेसका गिरिजा प्रशाद कोइरालाले त्यसलाई प्रजातन्त्रको उपहास भनेका थिए । असोज १८ पछि लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्री…
Read More
ताप्लेजुङ घटनाप्रति नेकपाको गम्भीर ध्यानाकर्षण र घोर विरोध

ताप्लेजुङ घटनाप्रति नेकपाको गम्भीर ध्यानाकर्षण र घोर विरोध

काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टीले ताप्लेजुङ घटनाप्रति वक्तव्य निकालेर विरोध जनाएको छ । अध्यक्ष लोकनारायण सुवेदीले २०८१ माघ २० गते वक्तव्य निकालेर विरोध जनाएका हुन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ ।– १.नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङ्ग जिल्लाको पाथीभरामा केवल कार बनाउने सन्दर्भमा स्थानीयबासी समुदायसँग कुनै सरोकार नराखी जबरजस्ती गर्ने र उनीहरुको शान्तिपूर्ण विरोधलाई राज्यले हिंसा मच्चाएर दमन गर्ने जुन काम गरेको छ र त्यहाँको स्थितिलाई भड्काएको छ त्यसलाई नेपाल कम्युनिष्ट पार्टी घोर अप्राजातान्त्रिक र भत्र्सनायोग्य ठान्दछ कडा विरोध जनाउँदछ । साथै गोली चलाएर घाइते भएका स्थानीय बासिन्दाहरुलाई क्षतिपूर्ति दिन, घाइतहरुको निःशुल्क उपचार गर्न र समस्याको शान्तिपूर्ण समाधान खोज्न…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा पाथीभरा गोली काण्डको विरोध

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा पाथीभरा गोली काण्डको विरोध

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले पाथीभरा गोली काण्डको विरोध गरेको छ । ताप्लेजुङ् पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते नेपाल सरकारको गृहप्रशासनले अन्धाधुन्ध गोली प्रहारगर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता गंभीर घाइते भएका छन् । त्यस सन्दर्भमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले माघ १९, २०८१मा एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ । वक्तक्य निम्न अनुसार छ – “ताप्लेजुङ् पाथीभराको मुक्कुमलुङ बचाउ आन्दोलनको क्रममा गत माघ १२ गते नेपाल सरकारको गृहप्रशासनले अन्धाधुन्ध गोली प्रहारगर्दा दर्जन भन्दा बढी सर्वसाधारण जनता गंभीर घाइते भएका छन् । यस घटनाका घाइते मिक्लाजुङ–५, सिक्तेम्बा निवासी १८ वर्षीय सगुन लावतीको…
Read More
तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितलाई क्षतिपूर्ति वितरण

तनहुँ : ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा प्रभावित भएका एक सय एक परिवारलाई क्षतिपूर्ति रकम प्रदान गरिएको छ । आयोजनाप्रमुख श्यामजी भण्डारीका अनुसार ऋषिङ गाउँपालिका–१ का ९८ र व्यास नगरपालिका–५ बेतेनका क्षेत्रका २० गरी एक सय १८ परिवारलाई क्षतिपूर्ति प्रदान गर्ने निर्णयअनुसार पहिलो चरणमा एक सय एक परिवारलाई रकम प्रदान गरिएको हो । क्षतिपूर्ति रकम अधिकतम रु तीन लाख र न्यूनतम रु १० हजार प्रदान गरिएको उनले बताए। आयोजनाको प्याकेज एकअन्तर्गत बाँधलगायत संरचना निर्माणको काम जारी छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान भएको…
Read More
सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेशकाे आपत्ति

सामाजिक सञ्जाल नियमन विधेयकप्रति पत्रकार महासङ्घ उपत्यका प्रदेशकाे आपत्ति

काठमाडौँ : सरकारले राष्ट्रिय सभामा दर्ता गरेको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयकको कतिपय प्रावधानप्रति नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले आपत्ति जनाएको छ । समितिले आज एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको नियमन गर्नुपर्छ भन्ने पक्षमा उपत्यका प्रदेश समिति रहे पनि नियमनका नाममा संविधानमा नै स्पष्ट रुपमा उल्लेख भएका मौलिक हकको समेत हनन् हुने गरी व्यवस्था गरिनु आपत्तिजनक र संविधानको भावना विपरीत हुने उल्लेख गरेको छ । संविधानले प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक जस्ता विषयलाई मौलिक हकका रूपमा स्पष्ट व्यवस्था गरेको छ । तर, विधेयकमा गरिएका व्यवस्थाले सार्वजनिक सरोकारका विषय र सार्वजनिक पद धारण…
Read More