नरभक्षी बाघले आँगनमा खेलीरहेका ३ बर्षीय बालककाे लियाे ज्यान

बर्दिया: बर्दिया जिल्लाकाे मधुवन नगरपालिका वडा नं.५ धर्मबस्ती मावलीघरको आँगनमा खेलीरहेका ३ बर्षिय बालक रेहान चलाउनेलाई नरभक्षी बाघले समातेर केहि मिटर टाढा लगी ज्यान लिएको छ । बालकलाई शनिबार साँझ ७ बजेतिर ज्यान लिएकाे पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालफ, बर्दियाले विज्ञप्तिमार्फत जानकारी दिएकाे हाे ।

जिल्ला कार्यबाहक सेक्रेटरी विनय रानाले ३ बर्षिय रेहान चलाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली तथा परिवारहरुप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् । उनले पीडितलाई यथाशिघ्र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराएका छन्।

प्रेस विज्ञप्तिकाे पूर्णपाठ-

‘२०८१।११।३ गते शनिबार साँझ ७.०० बजेतिर जिल्ला बर्दिया मधुवन नगरपालिका वडा नं.५ धर्मबस्ती मावलीघरको आँगनमा खेलीरहेका ३ बर्षिय बालक रेहान चलाउनेलाई नरभक्षी बाघले समातेर केहि मिटर टाढा लगी ज्यान लिएको छ। उक्त ३ बर्षिय रेहान चलाउने प्रति हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । शोकाकुल परिवारहरु प्रति हार्दिक समवेदना प्रकट गर्दछ र पीडितलाई यथाशिघ्र उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गराउँदछौ ।
बर्दिया जिल्लाका गाउँहरुमा बन्यजन्तुहरुबाट बर्षे पिच्छे हुने मानव क्षति, पशुपक्षी क्षति, बालीनाली क्षतिको मद्यनजर गर्दै सरकारले तत्काल यसलाई न्यूनिकरणको बाटो अवलम्बन गर्न जोडदार माँग गर्दछौं, अन्यथा आलटाल गरी यसलाई पन्छाउन खोजे हाम्रो पार्टी संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं । यसको जिम्मेवारी सरकार नै हुनेछ ।
क्रान्तिकारी अभिवादन सहित ।
विनय राना का.वा. सेक्रेटरी

By जन बिहानी

Related Posts