काठमाण्डौ : नेपाल कम्युनिष्ट पार्टीले ताप्लेजुङ घटनाप्रति वक्तव्य निकालेर विरोध जनाएको छ । अध्यक्ष लोकनारायण सुवेदीले २०८१ माघ २० गते वक्तव्य निकालेर विरोध जनाएका हुन् । वक्तव्यको पूर्ण पाठ यस प्रकार रहेको छ ।–
१.नेपाल कम्युनिष्ट पार्टी ताप्लेजुङ्ग जिल्लाको पाथीभरामा केवल कार बनाउने सन्दर्भमा स्थानीयबासी समुदायसँग कुनै सरोकार नराखी जबरजस्ती गर्ने र उनीहरुको शान्तिपूर्ण विरोधलाई राज्यले हिंसा मच्चाएर दमन गर्ने जुन काम गरेको छ र त्यहाँको स्थितिलाई भड्काएको छ त्यसलाई नेपाल कम्युनिष्ट पार्टी घोर अप्राजातान्त्रिक र भत्र्सनायोग्य ठान्दछ कडा विरोध जनाउँदछ । साथै गोली चलाएर घाइते भएका स्थानीय बासिन्दाहरुलाई क्षतिपूर्ति दिन, घाइतहरुको निःशुल्क उपचार गर्न र समस्याको शान्तिपूर्ण समाधान खोज्न जोडदार माग गर्दछ ।
२. सरकारले सामाजिक सञ्जाललाई राम्रोसँग अनुगमन नगरेर त्यसमा उत्पन्न विसंगतिहरुलाई हटाउन जनचेतना निर्माण गर्ने बिबेकपूर्ण कदम चाल्नुको सट्टा सञ्चामाध्यहरुलाई नियन्त्रण गर्ने जुन अध्यादेश ल्याएको छ त्यसप्रति पनि नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । आजको सञ्चार र प्रविधिको युगमा जनतामा सुशासनको प्रत्याभूति दिएर यसरी स्वभावतः सञ्चार माध्यमहरुलाई संयमित तुल्याउनको सट्टा नियन्त्रण र दमनको जुन बाटो अख्तियार गर्न खोजेको छ त्यसको नेपाल कम्युनिष्ट पार्टी घोर बिरोध गर्दछ र त्यस्तो अध्यादेश ल्याउनु लोकतान्त्रिक मूल्यमान्यता र स्वयं बर्तमान संबिधानका प्राबधान बिपरीत हुने कुरा औंल्याउदै अध्यादेश फिर्ता लिन सरकारसँग जोडदार माग गर्दछ ।
३. स्वर्गद्वारी गुठी लगायतका वास्तबिक मोही किसानहरुलाई बिना झण्झट जग्गाको स्वामित्व प्रदान गर्न तथा भूमाफियाबाट कृषि सम्पूर्ण कृषियोग्य जमिन मुक्त गरेर त्यसको साझा स्वामित्व किसानलाई सुम्पन्न तथा जमिन, जल, जंगल, जडीबुटी र आवश्यक जनशक्ति प्रदान गर्ने कानुन निर्माण गरी कृषि र किसानका राष्ट्रिय समस्या हल गरी कृषिलाई आधुनिकीकरण र देशलाई आत्मनिर्भर औद्योगिकरणको दिशामा लैजान आधारभूत रठोस कदम अपरिहायरुपमा चाल्न पनि सरकारसँग नेपाल कम्युनिष्ट पार्टी पुनः जोडदार माग गर्दछ ।