Blog

क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुँने

क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला पोखरामा हुँने

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट क्रान्तिकारी सुकुम्बासी संघ नेपालको प्रथम राष्ट्रिय भेला आगामी २०८२ साउन १५–१६ मा कास्कीको पोखरामा हुँने  भएको छ । राष्ट्रिय भेला आयोजक समितिको संयोजक भीम चापागाइँले हाँकलाई बताए अनुसार भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासंघका संयोजक सीताराम तामाङले गर्नु हुनेछ । भेलामा देशभरिबाट सुकुम्बासीका प्रतिनिधिहरुको उपस्थिति रहने छ ।
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी, सिन्धुलीद्वारा बयलकोटीप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिष्ट पार्टी, सिन्धुलीद्वारा बयलकोटीप्रति श्रद्धाञ्जली

सिन्धुली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुलीले देवीमाया बयलकोटीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्लाका सचिव भरत बुर्जा मगरले श्रद्धाञ्जली व्यक्त गर्दै भन्नु भएको छ , “गोलन्जोर गाउँ समिति सदस्य कबिन्द्र बयलकोटीको जीवन संगिनी देवीमाया बयलकोटीको २०८२ साल श्रावण ५ गते ६७ बर्षको उमेरमा दुखद निधन भएको छ। उहाँ दीर्घ रोगी हुनुहुन्थ्यो। उहाँको निधनबाट पार्टीलाई क्षति भएको छ र उहाँलाई हाम्रो गौरवशाली पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला समिति एबम् मेरो तर्फबाट समेत हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछु।”
Read More
क्रान्तिकारी युवा संघ नेपाल बाँकेको संयाेजकमा सुरज विक

क्रान्तिकारी युवा संघ नेपाल बाँकेको संयाेजकमा सुरज विक

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपाल बाँकेको जिल्ला भेला साउन ७ गते नेपालगञ्जमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालक बैकल्पिक पि.बि.एम. तथा ३ नं. व्यूरो सचिव दिपक शाही हुनुहुन्थ्यो । भेलाले सुरज बि.क.को संयोजकत्वमा क्रान्तिकारी युवा संघ नेपाल बाँकेको जिल्ला समिति गठन गरेको छ । भेलामा क्रान्तिकारी युवा संघ नेपालका ३ नं. क्षेत्रीय समन्वय समिति ईन्चार्ज संगिन भीउ थापा मगर विशेष अतिथि हुनुहुन्थ्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रीय सदस्य प्रेम थापा, जिल्ला सदस्य भविष्य लगायतले मन्तव्य राख्नु भएको थियो ।
Read More
बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू

बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू

बनेपा, काभ्रे : अखिल (क्रान्तिकारी) द्वारा सञ्चालन गरिएको जागरण तथा शैक्षिक संघर्ष अभियान–२०८२ काभ्रे जिल्लामा व्यापक ढंगले सुरु भएको छ। विद्यार्थी र युवा वर्गका ज्वलन्त पुँजी पलायन, बेरोजगारी, युवा र विद्यार्थीको विदेश पलायनलाई मुख्य एजेन्डा बनाउँदै अभियान काभ्रेको विभिन्न विद्यालय र क्याम्पसहरूमा सञ्चालन भइरहेको छ। अभियान अन्तर्गत बनेपाका विद्यालय र क्याम्पसहरूमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरिनुका साथै उनीहरूलाई संगठनमा आबद्ध गराउने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। शैक्षिक जागरण अभियानको नेतृत्व विद्यार्थी नेता तथा अभियान कमान्डर नेत्र शाहीले गरिरहेको छ। उनीसँगै सचिवालय सदस्यहरू महेन्द्र ओलि, मनोज थापा, अर्जुन विक, सगिन लगायतका नेताहरूले अभियान सञ्चालनमा सक्रिय भूमिका निर्वाह गरिरहेका…
Read More
अखिल (क्रान्तिकारी ) काठमाडौँले बुझायो कामपा शिक्षा विभागलाई ज्ञापन पत्र

अखिल (क्रान्तिकारी ) काठमाडौँले बुझायो कामपा शिक्षा विभागलाई ज्ञापन पत्र

काठमाडौँ : अखिल (क्रान्तिकारी ) काठमाडौँ जिल्ला संगठन समितिले शिक्षा क्षेत्रमा देखिएको विकृति विसंगतिको अन्त्यको माग गर्दै काठमाडौँ महानगरपालिकाका शिक्षा विभाग प्रमुख केशव ज्ञवालीलाई २०८२ असार ३० गते ३३ बॅुदे ज्ञापनपत्र बुझाएको छ । काठमाडौँ जिल्ला संयोजक निर्मला लुवार सहित गएको प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै ज्ञवालीले शैक्षिक समस्या समाधान गर्न सक्दो कोशिश गर्ने बताउनु भएको छ ।
Read More
क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको प्रशिक्षण र भेला सम्पन्न

क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको प्रशिक्षण र भेला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको प्रशिक्षण र भेला शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । भेलाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक पि.बि.एम. तथा ३ नं. व्यूरो सचिव दिपक शाही रहेका थिए । भेलाले छायाँ श्रेष्ठको संयोजकत्वमा क्रान्तिकारी महिला सङ्गठन नेपाल ३ नं. क्षेत्रको समिति गठन गरेको छ । भेलामा क्रान्तिकारी महिला सङ्गठन नेपालका ३ नं. क्षेत्रीय समन्वय समिति कमला खडका, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य प्रेम थापा, महिला नेतृ जानकी चन्द लगायतले मन्तव्य राखेका थिए ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युरोको ३ दिने कार्यशाला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युरोको ३ दिने कार्यशाला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर व्यूरोको आयोजनामा ३ दिने कार्यशाला उद्घाटन सम्पन्न भएको छ । २०८२ साउन ९ गते उद्घाटन भएको कार्यक्रममा ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ, माक्र्सवाद–लेनिवाद–माओवाद–जिन्दावाद !, नयाँ जनवाद–वैज्ञानिक समाजवाद— जिन्दावाद !’ भन्ने नारासहित स्थायी समिति सदस्य तथा स्कुल विभाग प्रमुख रामसिंह श्रीसले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो । कार्यशालाको अध्यक्षता व्यूरो सचिव चिन्तामणी पौडेल, अतिथि स्थायी समिति सदस्यद्वय रामसिं श्रीस, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटव्युरो सदस्य तथा व्युरो इन्चार्ज दिनेश शर्मा रहनुभएको थियो । कार्यशालाको शुभकामना मन्तव्य रामसिङ श्रीस, हेमन्तप्रकाश ओली सुदर्शन र दिनेश शर्माले राख्नु भयो । कार्यक्रमको सञ्चालन केदार खतिवडाले गर्नुभयो…
Read More
नेपाल राष्ट्र बैंकको मौद्रिकनीति : दलाल पुँजीपति पोष्ने नीति !

नेपाल राष्ट्र बैंकको मौद्रिकनीति : दलाल पुँजीपति पोष्ने नीति !

लेखक : सीताराम तामाङ १)मौद्रिकनीतिको निरन्तरतानेपाल राष्ट्र बैंकले आ.व.२०५९।०६०देखि मौद्रिकनीति सार्वजनिक गर्दै आएको श्रृखलामा आ.व.२०८२ ÷०८३ को यो मौद्रिकनीति २४ औं हो ।केही ब्यक्तिले भने जस्तो वा आशा गरे जस्तो यसले तिलस्मी कार्यक्रम ल्याएको छैन । यो सत्य हो कि हरेकबर्ष जेठ १५ गते अर्थमन्त्रीको बजेट कार्यक्रम सार्वजनिक हुने गरेकोछ । त्यो बजेट कार्यक्रमको नीति र निर्देशनमा राष्ट्र बैकले मौद्रिक नीति सार्वजनिकगर्ने गर्दछ । जसरी अर्थमन्त्रालयले बजेट कार्यक्रम तर्जुमा गर्दा नेपाल सरकारका निकायहरु,उद्योग–व्यवसायी संघ,संस्था,सरकारी विद्धतवर्ग,आदिको सहयोग लिएको हुन्छ, त्यसरी नै राष्ट्र बैंकको आ.ब.२०८२÷०८३ को मौद्रिक नीति तर्जुमा गर्दा पनि तिनै सरकारका निकायहरु,उद्योग–व्यवसायीहरु,बैंक तथा वित्तिय संस्थाका संचालकहरु, सरकार पक्षका बुद्धिजीवीहरु,आदिको सहयोग…
Read More
के.एम.सी. कलेजलाई दियाे अखिल (क्रान्तिकारी) काठमाडाैँले यस्ताे चेतावनी

के.एम.सी. कलेजलाई दियाे अखिल (क्रान्तिकारी) काठमाडाैँले यस्ताे चेतावनी

काठमाडौँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), काठमाण्डौ जिल्ला संगठन समितिले के.एम.सी. कलेजमा विद्यार्थीहरूमाथि यौन दुव्र्यवहार, शोषण र मानसिक तथा शारीरिक यातनाका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा हालको शिक्षण प्रणाली दलाल, असमान, व्यापारीकरणमा आधारित रहेको र त्यसले पवित्र शिक्षा क्षेत्रलाई बदनाम बनाइरहेको उल्लेख गरिएको छ । संगठनले शिक्षालयमा दोहोरिइरहेका यौनजन्य घटनाहरूको अन्त्यको माग गर्दै जनवादी शिक्षा प्रणाली स्थापनाका लागि निरन्तर संघर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरेको छ ।‘यदि दोषीमाथि कडा कारबाही नगरेमा र पीडितलाई न्याय नदिएमा संगठन आन्दोलनमा जान बाध्य हुनेछ र त्यसबाट उत्पन्न परिणामको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
Read More
काभ्रेको बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू

काभ्रेको बनेपामा अखिल (क्रान्तिकारी) को शैक्षिक संघर्ष अभियान सुरू

प्रदिप अस्थानी,बनेपा, काभ्रे : अखिल (क्रान्तिकारी) द्वारा सञ्चालन गरिएको जागरण तथा शैक्षिक संघर्ष अभियान–२०८२ काभ्रे जिल्लामा व्यापक ढंगले सुरु भएको छ। विद्यार्थी र युवा वर्गका ज्वलन्त समस्या –जस्तै पुँजी पलायन, बेरोजगारी, युवा र विद्यार्थीको विदेश पलायन—लाई मुख्य एजेन्डा बनाउँदै अभियान काभ्रेको विभिन्न विद्यालय र क्याम्पसहरूमा सञ्चालन भइरहेको छ। अभियान अन्तर्गत बनेपाका विद्यालय र क्याम्पसहरूमा पुगेर विद्यार्थीहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गरिनुका साथै उनीहरूलाई संगठनमा आबद्ध गराउने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। शैक्षिक जागरण अभियानको नेतृत्व विद्यार्थी नेता तथा अभियान कमान्डर नेत्र शाहीले गरिरहेका छन्। उनीसँगै सचिवालय सदस्यहरू महेन्द्र ओली, मनोज थापा, अर्जुन विक, संगीन लगायतका नेताहरूले अभियान सञ्चालनमा सक्रिय भूमिका…
Read More