Blog

दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

माघ १० गते ।  सिन्धुपाल्चाेक जिल्लाकाे बलेफी गाउँपालिका–५ गुर्दुम गाउँको एक झुपडी घर । उक्त घरमा सदा झैँ चार बालकले बुबाआमा बिताएको पीडा र एक वृद्ध हजुरआमा छोरा बुहारीको निधनले स्तब्ध रहिरहन्छन् । बुबाआमाको निधनले शोकाकुल चार नाबालक र छोराबुहारी गुमाएकी आमाको आँखा कहिल्यै ओभानो हुन सकेको छैन ।  टिकाराम तामाङ नाबालक छोराहरू र वृद्ध आमाको जिउने आधार थिए । तर माघ ४ गते तामाङको क्षयरोगका कारण एक्कासि निधन भएपछि छोराहरू र वृद्ध आमाको बिचल्ली भएको छ । गत साउन ४ गते टिकारामकी श्रीमती लालमाया तामाङको क्यान्सरले मृत्यु भएको थियो । श्रीमतीको मृत्यु पश्चात् टिकारामले चार जना छोराहरूको शिक्षा, दीक्षा…
Read More
के राजनीति फोहोरी खेल नै हो ?

के राजनीति फोहोरी खेल नै हो ?

(पोलिटिक्स इज डर्टी गेम !)उदयबहादुर चलाउने ‘दीपक’‘ड्याडी आज मलाई स्विमिङ कस्ट्युम चाहियो–चाहियो । कस्ट्युम नभए म स्कुल जाँदिनँ । सर–म्यामहरूले गाली गर्नुहन्छ, साथीहरूले जिस्क्याउँछन् ।’‘ममीलाई भन न ।’मेरो जबाफलाई प्रतिकार गर्दै छोराले भन्यो, ‘ममीले तपाईंलाई भन भन्नुहुन्छ । तपाईं ममीलाई भन भन्नुहुन्छ । जसले ल्याइदिए पनि मलाई कस्ट्युम चाहियो । आजै चाहियो, अहिल्यै चाहियो ।’त्यही बीचमा नजिकैको कोठाबाट आवाज आयो– ‘मैले तपाईंलाई कतिपटक भनिसकेँ, यसपटकको शुक्रवार छोरालाई पौडी खेल्ने बेला लगाउने कपडा अनिवार्य चाहिन्छ भनेर ? कसलाई चाहिया हो, कसले किन्नुपर्ने हो ? आफैँ–आफैँले विचार गर । मलाई कसैले तनाव नद्याओ ।’मैले छोराको अनुहारतिर हेरेँ । जबाफको प्रतीक्षामा ऊ मलाई…
Read More
ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

काठमाडौं : नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
Read More
आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि  नयाँ नियम लागु

आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम लागु

काठमाडौं : भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ । साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ । साथै भ्रमणको सम्पूर्ण खर्त व्यहोर्ने सरकारी तथा…
Read More
मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

काठमाडौं : अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको न्यायकको लागि विभिन्न दलित संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको…
Read More
दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु

दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु

८ फागुन । प्यालेस्टिनी समाचार एजेन्सी वाफालेका अनुसार दक्षिणी गाजा पट्टीमा इजरायली बमबारीमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको छ।     प्यालेस्टिनी विद्रोही र इजरायली सेनाबीचको भीषण संघर्षको क्रममा इजरायली युद्धक विमान र तोपखानाले सहरको पश्चिमी क्षेत्रहरूमा बमबारी गरेको बताइएको छ। उक्त क्षेत्रमा हजारौं विस्थापित प्यालेस्टाइनीहरू बसिरहेका छन्।      गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार घोषणा गरेको छ कि गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २५,२९५ पुगेको छ।     मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा इजरायली सेनाको कारबाहीमा १९० प्यालेस्टाइनीको मृत्यु भएको छ भने ३४० जना घाइते भएका छन् । अक्टोबर ७, २०२३ देखि जारी इजरायल-हमास युद्धमा कम्तीमा ६३ हजार प्यालेस्टाइनी घाइते भएको…
Read More
भैसिपालनबाटै महिनामा लाखकाे आम्दानी ।

भैसिपालनबाटै महिनामा लाखकाे आम्दानी ।

माघ ९ गते । दाङको राजपुर गाउँपालिका–४ का टीकाराम यादव आठ वर्षपहिले राम्रो कमाइको आसमा साउदी पुग्नुभयो तर सोचेजस्तो आम्दानी हुन नसकेपछि  परम्परागत पेसाका रूपमा चार/पाँच वटा भैँसी पालेर गुजारा गर्ने पेसालाई व्यावसायिक रूप दिएर अहिले सन्तुष्ट हुने गरी कमाउन थाल्नुभएकाे छ ।   साउदीमा एक वर्ष इलेक्ट्रोनिक कम्पनीमा काम गर्नुभएका यादवले महिनामा ६०/७० हजारभन्दा बढी कमाइ गर्न सक्नुभएन र लगत्तै देश फिर्नुभयो । अहिले सानाठुला गरेर ७२ वटा भैँसी पाल्नुभएका उहाँले दुध र दही बिक्री गरेर २३ सदस्य परिवारका लागि खर्च जुटाउने मात्र होइन, बचत गरेर जग्गासमेत किनिसकेको बताउनुहुन्छ । यादवले पाल्नुभएका ७२ भैँसीमध्ये १७ वटा भैँसीले दुध दिन्छन् ।…
Read More
प्रधानमन्त्री प्रचण्डलाई बुझायो एमालेले ७५१ बुँदे माग

प्रधानमन्त्री प्रचण्डलाई बुझायो एमालेले ७५१ बुँदे माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूहरुले ४६ वटा क्षेत्रसँग सम्बन्धित ७५१ वटा माग तथा सुझावहरु बुझाएको जानकारी दिए । यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको उनले बताए…
Read More
नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ : प्रधानमन्त्री

नीति तथा कार्यक्रम र बजेटलाई सकेसम्म जनमुखी बनाउँछौँ : प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिएको जानकारी दिँदै त्यसलाई सकेसम्म जनमुखी बनाइने बताएका छन् । मंगलबार बिहान नेकपा (एमाले) का पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुरा गर्दै प्रधानमन्त्रीले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताएका हुन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डलले एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको हो ।…
Read More
अकर्मण्यता चिर्दै क्रान्तिको बाटोमा अघि बढौँ

अकर्मण्यता चिर्दै क्रान्तिको बाटोमा अघि बढौँ

मुलुक यतिबेला अस्तव्यस्त छ र अकर्मण्यताको सिकार बनेको छ । संसद्वादी राजनीतिक शक्तिहरूको वैचारिकी र व्यवहार झन्झन् पतनको पराकाष्टातर्फ ओर्लंदैछ भने पुनरुत्थानवादी शक्तिहरू, धार्मिक झुण्डहरू र विशेषतः प्रतिक्रियावादी शक्तिहरू संसद्वादी शक्तिहरूको अकर्मण्यताको फाइदा उठाउँदै विभिन्न नाम र बहानामा एकत्रित र सङ्गठित हुँदै गएका छन् । यद्यपि क्रान्तिकारी मालेमावादी शक्तिहरूबीच पनि एकता र ध्रुवीकरणले गति लिइरहेको छ तर क्रान्तिकारी आन्दोलन सशक्त रूपले अघि बढ्न विलम्ब हुँदा संसद्वादको असफलतालाई लोकतन्त्रको असफलता बताएर धमिलो पानीमा माछा मार्ने प्रतिगामी, यथास्थितिवादी र स्वार्थसमूहहरूको चलखेल र छट्पटी बढिरहेको छ । उत्पीडित देश र जनताका लागि यो राम्रो सङ्केत होइन । यसलाई चिरेर अघि बढ्नका लागि मालेमावादी…
Read More