Blog

कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । प्रदेश संयोजक कुमार घतानेको अध्यक्षतामा सम्पन्न बैठकले कारखाना जाऔं अभियानमा जुट्न सम्पूर्ण प्रदेश कमिटी, जिल्ला महासंघ तथा प्रदेश र जिल्लाका पेशागत घटकहरुलाई अपिल गरेको छ । बैठकमा महासंघका संयोजक दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश वलि सुदर्शन, सचिवालय सदस्य शरद रसाइली र महासंघका सह संयोजक वसन्त बोगटीको उपस्थिति रहेको थियो । बैठकलाई प्रशिक्षित गर्दै संयोजक दिनेश शर्माले यो व्यवस्था धराशायी तर बलियो मुक्का प्रहार गर्न नसक्दा टिकेको बताउँदै मजदुरहरुलाई एकगठ गर्न सके त्यसको बलियो तागतले यसलाई धुलोपिठो गर्ने स्पष्ट गर्नुभयो ।…
Read More
नौ महिनाका बालकमा देखियो विश्वकै दुर्लभ रोग

नौ महिनाका बालकमा देखियो विश्वकै दुर्लभ रोग

काठमाडौँ: पाल्पाका नौ महिने बालकमा विश्वमै दुर्लभ मानिने ‘स्पाइनल मस्क्युलर एट्रोपी’ रोग देखिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ बाझाकी सृजना भट्टराई बिष्ट र महेन्द्र बिष्टका नौ महिने छोरा सृजम बिष्ट उक्त रोगबाट ग्रस्त भएका छन । बालक सृजम चार महिनाको हुँदासम्म कुनै समस्या नरहेको र त्यसपछि बिस्तारै समस्या देखिन थालेपछि परीक्षणको क्रममा धेरै अस्पतालहरुमा लगिएको र दिल्लीस्थित बिएलके म्याक्स अस्पतालमा परीक्षणको क्रममा उक्त रोग लागेको पत्ता लागेको परिवारिकले जनाएको छ । यो रोगको उपचार नेपालमा सम्भव नभएकाले उपचारका लागि अमेरिका लैजानुपर्ने र खोपकै लागि नेपाली २८ करोड रुपैयाँ खर्च हुने बुवा महेन्द्र विष्टले बताए । उनको रोग पहिचानकै लागि बिभिन्न…
Read More
काठमाडौंको न्यूनतम आजको तापक्रम ३ डिग्री

काठमाडौंको न्यूनतम आजको तापक्रम ३ डिग्री

काठमाडौं : काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्रीमा झरेको छ । त्यसैले अघिल्ला दिनको तुलनामा आज बढी चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बेलुका गरेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस रहेको जनाएको छ । यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै कम तापक्रम हो । यसअघि यही माघ ८ गते साँझ काठमाडौंको न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियस मापन भएको थियो । आज शुक्रबार बिहान पौने ६ बजे भने काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस छ । महाशाखाले तापक्रमको पछिल्लो अपडेट हरेक दिन बिहान पौने ९ बजे र बेलुका पौने ६ बजे सार्वजनिक गर्दछ…
Read More
सङ्घर्ष र बलिदानको अजम्मरी गाथा :‘सङ्घर्ष र बलिदान’

सङ्घर्ष र बलिदानको अजम्मरी गाथा :‘सङ्घर्ष र बलिदान’

पुस्तक समीक्षायुद्ध भनेको अन्य उपायद्वारा राजनीतिको निरन्तरता हो । सबै युद्धहरू त्यसलाई पैदा गर्ने राजनीतिक व्यवस्थाहरूबाट अभिन्न रहन्छन् । कुनै खास राज्यले, उक्त राज्यभित्रको कुनै खास वर्गले युद्धभन्दा पहिले लामो समयसम्म जुन नीतिको अनुसरण गरेको हुन्छ, त्यही नीतिलाई सो वर्गले युद्धका बेलामा अनिवार्य रूपले जारी राख्छ र खालि कार्यको रूप मात्र फेरिन्छ ।– भ्ला. इ. लेनिनक्रान्तिकारी युद्ध जनसमुदायको युद्ध हो । जनतालाई सङ्गठित गरेर र उनीहरूमाथि भर परेर मात्र यसलाई चलाउन सकिन्छ ।– माओ त्सेतुङ ‘सङ्घर्ष र बलिदान’ समाजको आमूल परिवर्तनका लागि आधारभूत आवश्यकता तथा मान्यता हुन् र त्यसका लागि वर्गयुद्धको अनिवार्य आवश्यकता पर्छ भन्ने विषय लेनिन र माओका यी…
Read More
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स को छैठौं वार्षिक साधारण सभा सम्पन्न

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स को छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौं : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०७८।०७९ को छैठौं वार्षिक साधासानिमा रिलायन्स लाईफ इन्स्योरेन्स को छैठौं वार्षिक साधारण सभा सम्पन्न र रण सभा हिजाे बिहीबार आम्रपाली बैंक्वेट, नक्साल, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री तारा चन्द केडियाज्यूको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षज्यूले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेश गर्नु भयो । कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८÷७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८÷०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आ.व.०७८…
Read More
वैदेशिक रोजगारी : खाडीबाट युरोपतिर मोडिंदैछ श्रम गन्तव्य

वैदेशिक रोजगारी : खाडीबाट युरोपतिर मोडिंदैछ श्रम गन्तव्य

काठमाडौं : दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए । कतारमा ८ वर्ष भवन बनाउने मजदुरको रुपमा काम गरेका उनले त्यहाँ बगाएको पसिनाले ६ जनाको परिवारको जीविका चलाए । रेशमका बाबुमात्र हैन, उनका दुई काका प्रेम र जीतबहादुर मगरले पनि खाडीमै बगाएको पसिनाले सन्तानको शिक्षादीक्षा र खानपानको बन्दोबस्त गरे । ११ कक्षा पढेपछि रेशमले पनि बुबा र काकाकै जस्तो विदेश जाने बाटो पछ्याए । तर उनले गन्तव्य चाहिँ फरक रोजे । ८ महिनायता उनी युरोपको क्रोएसियामा छन् । ‘खाडीमा बुबाले पाएको दुःख सुनेर त्यहाँ जान मन नै भएन, उनले भने, ‘राम्रो देशमा अवसर पनि राम्रो…
Read More
नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनु पर्छ

नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनु पर्छ

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । नेपाल सुपर सिक्समा पुग्न अफगानिस्तानलाई हराउनु पर्छ । अथवा वर्षाको कारण खेल रद्द हुनुपर्छ । नेपाल पराजित भएको खण्डमा सुपर सिक्स यात्रा समाप्त हुन्छ र नेपालले १३ औं देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने समीकरण छ । गत डिसेम्बरमा यूएईमा सम्पन्न एसिया कपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो । युवा ब्याटर अर्जुन कुमालले ९१ रनको इनिङ खेले पनि अन्य खेलाडीको साथ नपाउँदा २६१ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८८ रनमा अल आउट भएको थियो । पछिल्लो एक दशक यता नेपालले…
Read More
नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्दै

नेपालले यू–१९ विश्वकपमा पहिलो पटक अफगानिस्तानसँग खेल्दै

काठमाडौं : नेपालले आईसीसी यू–१९ विश्वकप २०२४ मा आफ्नो समूह चरणको अन्तिम खेल शुक्रबार अफगानिस्तानसँग खेल्दैछ । नेपाल र अफगानिस्तानबीचको खेल दिउँसो १:४५ मा बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा पुग्नेछ । नेपाल न्युजिल्यान्डसँग ६५ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अफगानिस्तान पाकिस्तानसँग १८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । दक्षिण एसियाका दुई चर्चित यू–१९ टोली नेपाल र अफगानिस्तानले हालसम्म विश्वकपमा भने प्रतिस्पर्धा गरेका छैनन् । त्यसैले शुक्रबार यी दुई टोलीबीच यू–१९ विश्वकपमा पहिलो पटक भेट हुनेछ । अफगानिस्तानले २०१० देखि लगातार यू–१९ विश्वकप खेल्दै आएको छ…
Read More
राष्ट्रियसभामा फेरियो दलीय हैसियत

राष्ट्रियसभामा फेरियो दलीय हैसियत

काठमाडौँ : आगामी फागुन २१ पछि राष्ट्रिय सभामा दलीय हैसियत फेरिने भएको छ । फागुन २१ मा पदावधि सकिने मनोनीत बाहेक १९ सांसदका लागि आज भएको निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाको गठबन्धनले १८ सिट जितेको छ । जसमा कांग्रेसका १०, माओवादीका ५, नेकपा एकीकृत मसाजवादीका २ र जनता समाजवादी पार्टीका १ जना निर्वाचित भएका छन् । कोशी प्रदेशमा गठबन्धनमा भोटक्रस हुँदा एक सांसद गुमाएपनि राष्ट्रियसभामा सत्तारुढ माओवादी केन्द्र पहिलो दलका रूपमा स्थापित भएको छ । राष्ट्रियसभामा माओवादीका हाल उपाध्यक्षसहित (एक मनोनीत) १६ सांसद रहेका छन् । आगामी फागुन २१ मा ३ जनाको पदावधि सकिने भए पनि निर्वाचनबाट ५…
Read More
क्रान्तिकारी युवा संगठन नेपाल ४ नम्बर प्रदेशले गर्याे ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

क्रान्तिकारी युवा संगठन नेपाल ४ नम्बर प्रदेशले गर्याे ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा

पाेखरा : माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे सहायक संगठन, क्रान्तिकारी युवा संगठन,नेपाल ४ नम्बर प्रदेश संगठन समितिले पाेखरामा पत्रकार सम्मेलन मार्फत ८ बुद्दे संघर्षका कार्यक्रम घाेषणा गरेकाे छ ।बिहिवार संगठनले पत्रकार सम्मेलन गर्दै ८ बुँदे संघर्षका कार्यक्रम घाेषणा गरेको हाे। संगठनले नीतिगत हुने भ्रष्टाचार र भ्रष्टाचारीका विरुद्धमा जनसंघर्स गरीने छ ।, विकास निर्माणका कार्यहरू अलपत्र पार्ने, ढिलासुस्ती गर्ने, कमसल वनाउने जस्ता कार्यका विरुद्ध जनसंघसं गरिने छ ।, विभिन्न सेटिङमा भईरहेको प्राकृतिक स्रोतसाधन र सार्बजनिक सम्पत्तिको अतिक्रमण, दोहन, चोरीपैठारी, निकासी गर्नेका विरुद्ध जनसंघर्स गरिने छ ।, वित्तीय सस्था, मिटरव्याजी पीडितको न्यायको लागि जनपरिचालन सहित जनसंघर्स गरिने छ ।, करोडौको…
Read More