क्रान्तिकारी कम्युनिस्ट पार्टीले यसकारण गर्याे ३ जना सचिवालय सदस्यलाई कारबाही
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका विरुद्ध गुटबन्दीमा संलग्न तीन जना सचिवालय सदस्यलाई कारबाही गरेको छ । पाार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक चलिरहेको बेला एक प्रेस वक्तव्य जारी गरी कारबाही गरेको जनाउनु भएको छ । जारी प्रेस वक्तव्यका अनुसार गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले केन्द्रीय सचिवालय सदस्यहरु संकुल, भाष्कर र वसन्तलाई पार्टीको केन्द्रीय समितिबाट एक महिनाको लागि निलम्बन गरिएको छ । वक्तव्यका भनिएको छ, “एकता महाधिवेशन आयोजक समितिको आकस्मिक वैठक चलिरहेको बेला बैठकबारे सुसुचित हुँदाहुँदै पनि बैठकमा अनुपस्थित रहनु भएको र गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले…