अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा क्रान्तिकारी महिला सङ्गठन प्रदेश ६ को भेला

सुर्खेत : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला सङ्गठन, नेपालले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भ पारेर प्रदेश ६ को एकता भेला सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न भेलाले लक्ष्मी चौलागाईंको संयोजकत्वमा १९ सदस्यीय प्रदेश समिति निर्वाचित गरेको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश संयोजक हिमालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले संयोजकमा लक्ष्मी चौलागाई, सहसंयोजकमा कोहिला बिस्ट र सदस्यहरूमा जानकी चन्द, सुमित्रा बस्याल, मिना बिक, हनिफा बेगम, गङ्गा न्यौपाने, बिमला सुनार, शुस्मा लामिछाने, ममता नेपाली, निर्मला धमला, झरना सेर्पाली, लिला ज्ञावाली, रैमाया गुरुङ, ममता गौतम, चन्द्रा रोकाय मगरलगायतलाई निर्वाचित गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि हिमाल, अतिथिहरू विनोद लामा लगायतले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए । लक्ष्मी चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जानकी चन्दले स्वागत मन्तव्य राखेकी थिइन् ।

By जन बिहानी

Related Posts