क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरले दिए लालकृष्णप्रती हार्दिक श्रद्धाञ्जली

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, भक्तपुर जिल्ला समितिले पार्टीका केन्द्रीय सदस्य झनक श्रेष्ठ “प्रज्वल” र जिल्ला समिति सदस्य प्रेम बाबु श्रेष्ठ बुवा लालकृष्ण श्रेष्ठप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । भक्तपुर जिल्ला सेक्रेटरी विवेकले शोक विज्ञप्ति २०८२ साउन ७ गते जारी गरि यस्तो बताउनु भएको हो ।

हार्दिक श्रद्धाञ्जली !
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय सदस्य प्रज्वल श्रेष्ठ तथा जिल्ला सदस्य प्रेम श्रेष्ठका पूजनीय पिता तथा रामेछाप जिल्लाको रामपुर -२(रामेछाप नपा-५) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर घर भएका पूर्व प्रधानपन्च र श्री जनता माविको जन्मदाता तथा पछी उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले घोषणा गरेको महान १० वर्ष चलेको जनयुद्धमा आफ्नो मृत्युलाई पनि जितेर आउनु भएको लालकृष्ण श्रेष्ठको २०८२ बैशाख ७ गते दिउँसो १:३० बजे काठमाडौं जिल्लाको लाजिम्पाट स्थित माइलो छोरा मीनबहादुर श्रेष्ठको डेरामा निधन भएको छ । मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?