क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला समितिको बैठक सम्पन्न

ग्याञ्जा लामा / काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हिजो मिति २०८१/४/१९ गते काभ्रे जिल्ला समितिको बैठक बसेको छ।

बैठक को प्रमुख अथिति क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रिय सचिवालय सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सोमान तामाङ रहनु भएको थियो भने बैठकको अध्यक्षता पार्टी केन्द्रिय सदस्य एबम जिल्ला संयोजक ढोक प्रसाद अधिकारीले गर्नु भएको थियो ।

बैठकमा सम्पुर्ण जिल्ला कमीका सदस्य हरुले अ आफ्नो रिपोर्टिङ राख्नु भएको थियो ।

बैठक मा जिल्ला सदस्यहरुले नेकपा बहुमत पार्टीबाट बहिरगमित हुनुको जिज्ञासा लगायतका अन्य जिज्ञासा बारे प्रमुख अथिति काभ्रे जिल्ला इन्चार्ज सोमन तामाङले भाव सम्प्रेषण गर्नु भएको थियो।

बैठकले प्रत्येक नगर र गाउँ पालिका भेला गर्ने निर्णय साथै मिति २०८१ साल भदौ १२ र १३ गते जिल्ला अधिवेशन गर्ने र त्यहि अधिबेशनबाट प्रतिनिधि छनोट गर्ने निर्णय गर्दै बैठक सौहर्द पुर्ण सम्पन्न भएको घोषणा जिल्ला संयोजग ढोक प्रसाद अधिकारिले गर्नुभयो

By जन बिहानी

Related Posts