रत रह संघर्ष में जीवन संघर्ष है ।
या कुर्वान हो जा देश पे, यही तो उत्कर्ष है ।।
दब के ना रहना कभी, यही तो निष्कर्ष है ।
वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।।
उक्त कवितांश २०४७ को नव वर्षको सन्दर्भमा सिन्धुली कारागारमा रहेको बेला क.रामवृक्ष यादवद्वारा रचित एक गीति कविताबाट लिइएको हो । यो कवितांशमा जीवनलाई संघर्षमय मानिएको छ र त्याग, वीरता तथा बलिदानको एक ओजस्वी सन्देश सशक्त रुपमा मुखरित भएको छ । त्यो सन्देश हो– ‘वह वक्त ही महान् है, जहाँ उत्सर्ग है ।’ वास्तवमा, क. यादवले शहादत प्राप्त गरेको समय महान् जनयुद्धको तयारीको समयका रुपमा धेरै नै महान् र भव्य रहेको छ ।
महान् जनयुद्धको तयारीको प्रक्रियामा सत्तासीन नेपाली कांग्रेसका गुण्डाहरुद्वारा २०५१ साल भाद्र २ गते क.रामवृक्ष यादवको जघन्य हत्या गरिएको थियो । क.रामवृक्ष यादवले शहादत प्राप्त गर्नु भएको अहिले एक दशक पूरा हुँदैछ । यो एक दशक सिंगो नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनको इतिहासमा त्याग, वीरता र बलिदानको एक अद्वितीय दशक बन्न गएको छ । यो एक दशकका एक अग्रणी वीर योद्धाका रुपमा क.रामवृक्ष यादव तमाम देशभक्त, जनवादी तथा वामपन्थीहरु र ने.क.पा. (माओवादी)का लागि अविस्मरणीय रहन गएको छ । कमरेड यादवले २००३ सालमा धनुषा जिल्लाको बर्मझिया गाउँको एउटा किसान परिवारमा जन्मिई आइ.ए.सम्म उतीर्ण हुने अवसर पाउनु भएको थियो । वहाँ गरीबी, रुढिवादी सामाजिक परम्परा र सामन्ती उत्पीडनका विरुद्ध निरन्तर संघर्ष गर्दै आउनु भयो । उहाँमा सामन्त, शोषक र जमीन्दारहरुप्रति असीम घृणाको भावना थियो । त्यसैले त उहाँ जीवनभर सामन्तवर्गका विरुद्धको संघर्षमा लगातार संलग्न भैरहनु भयो । उहाँले सामन्तवाद, साम्राज्यवाद र विस्तारवादविरोधी जनआन्दोलनमा एक सशक्त योद्धाको भूमिका निर्वाह गर्नु भएको थियो । यिनै संघर्षका बीचमा वहाँ पटक–पटक जेलमा पनि पर्नु भयो । एक पटक वहाँ दुश्मनलाई छलेर जेलबाट मुक्त हुन पनि सफल हुनु भएको थियो । नेपाल कम्युनिष्ट पार्टी एकीकृत चौथो महाधिवेशन कालदेखि नै क.यादव संगठन र संघर्षमा संलग्न हुँदै आउनु भएको थियो । वहाँ विभिन्न जनवर्गीय संगठनहरुका कामहरुमा पनि सरिक रहँदै आउनु भयो । वहाँले पार्टीमा छँदा सांगठनिक, राजनीतिक र वैचारिक फाँटमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । पार्टी केन्द्रमा चल्ने जटिल र भीषण दुई लाइन संघर्षहरुमा वहाँ सदैव गलत चिन्तन, विचार, प्रवृत्ति तथा कार्यदिशाको विरोध र सही चिन्तन, विचार, प्रवृत्ति तथा कार्यदिशाको पक्षमा उभिनु भयो । तमाम प्रकारका सुधारवादी, अराजकतावादी र विर्सजनवादी विचलनहरुका विरुद्ध संघर्ष गर्दै नयाँ ढंगको पार्टीको रुपमा ने.क.पा.(माओवादी)लाई विकसित गर्ने प्रक्रियामा केन्द्रीय समितिको एक जिम्मेवार सदस्यको हैसियतले वहाँको उल्लेखनीय भूमिका रह्यो । साथै वहाँले संयुक्त जनमोर्चा नेपालको केन्द्रीय समितिमा रहेर समेत महत्वपूर्ण कामहरु गर्नुभयो ।
एक प्रबुद्ध राजनीतिक नेताका साथै क.यादव प्रखर सा“स्कृतिक योद्धा पनि हुनुहुन्थ्यो । वहा“को गायन, वादन र नृत्यको क्षेत्रमा पनि राम्रो दखल थियो । वहा“ले मैथिली भाषामा कैयौं गीति कविताहरु रच्नु भयो र तिनमा संगीत भर्ने काम पनि स्वयं नै गर्नु भयो । वहा“ले रचेका विभिन्न गीति कविताहरुमा “पेरु में लाल झण्डा फहराइ रे“ शीर्षक रचना निकै महत्वपूर्ण रहेको छ । यसमा सर्वहारा अन्तर्राष्ट्रियतावादी भावना सशक्त रुपमा अभिव्यक्त हुन गएको छ । मधेसमा जनवादी सा“स्कृतिक आन्दोलनलाई विकसित तुल्याउने र मैथिली भाषाको गरिमालाई अगाडि बढाउने काममा वहा“को उल्लेखनीय योगदान रहेको छ । क.यादव बाहिर र भित्र दुवै ठाउ“मा देखिने तमाम षड्यन्त्र, छलछाम, पाखण्ड र अन्यायका विरुद्ध जिन्दगीभर लडिरहनु भयो । वहा“ दृढता र साहसका धनी हुनुहुन्थ्यो । आफ्नो कार्यक्षेत्रमा रह“दा पार्टीका निर्णय र भावनाहरुको कार्यान्वयन गर्ने काममा वहा“ सदैव दृढ रहनु हुन्थ्यो । वहा“ तलका सामान्य विवाद र झगडामा कहिल्यै फ“स्नु हुन्नथ्यो । वहा“ले हरेक चिजलाई माथिबाट हेर्ने प्रयास गर्नु हुन्थ्यो । वहा“ मृदुभाषी, प्रष्ट वक्ता, सरल र गम्भीर प्रकृतिको हुनुहुन्थ्यो । जनताको बीचमा जाने र भिज्ने काममा वहा“ निकै कुशल हुनुहुन्थ्यो । त्यसैले वहा“ जनमानसमा मास्टर सा‘वको नामले सुपरिचित एक लोकप्रिय नेताका रुपमा स्थापित हुन पुग्नु भएको थियो । वहा“को व्यक्तित्वका धेरै पाटा छन् । देश, जनता र क्रान्तिका निमित्त समर्पित एक वीर क्रान्तिकारी कम्युनिष्ट योद्धा हुनु नै वहा“को व्यक्तित्वको प्रमुख पाटो हो ।
नेपाली नया“ जनवादी क्रान्ति र कम्युनिष्ट आन्दोलनका एक प्रभावशाली नेता तथा महान् वीर योद्धा क.रामवृक्ष यादवको संघर्षमय जीवन र गौरवमय व्यक्तित्वबाट हामीले सिक्नुपर्ने अमूल्य शिक्षाहरु धेरै छन् । ती मध्ये त्याग, वीरता र बलिदानी भावको उदात्त शिक्षा नै हाम्रा लागि एक सर्वोत्कृष्ट शिक्षा हो । आउनुहोस्, अमर शहीद क.रामबृक्ष यादवले देखाएको त्याग, वीरता र बलिदानको बाटोमा निरन्तर अगाडि बढ्दै जाऔं † क. रामवृक्ष यादवको सम्मान र सम्झनामा फेरि पनि लाल सलाम अर्पण गरौं †† क. रामवृक्ष यादव, न्यानो लाल सलाम ††† (क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयाेजक किरणको यो लेख शहीद रामबृक्ष यादवको स्मृति दिवसका सन्दर्भमा ‘उत्सर्ग’ नामक पुस्तकबाट लिइएको हो ।)