संयुक्त मोर्चा र राष्ट्रिय मुक्ति : मालेमावादी दृष्टिकोणमा वर्तमान परिस्थिति

संयुक्त मोर्चा : तीन जादुगरी हतियार

संयुक्त मोर्चा क्रान्तिकारी रणनीतिको आधारभूत साधन हो । यसले मुख्य शत्रु—साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पूँजीवाद—विरुद्ध श्रमिक, किसान, मध्यम वर्ग र राष्ट्रिय शक्ति समेट्ने एकीकृत मोर्चा निर्माण गर्ने रणनीतिक अवसर दिन्छ । सर्वहारा वर्गका महान गुरु कार्ल माक्र्स र एङ्गेल्सले कम्युनिष्ट घोषणा पत्रमा उल्लेख गर्नुभएको छ : “संसारका श्रमिकहरू, एकताबद्ध होऔं ! तिमीले गुमाउनुपर्ने अरु केही छैन।” यसले स्पष्ट पार्दछ कि वर्गीय ऐक्यबद्धता नै क्रान्तिको मूल आधार हो वर्गीय ऐक्यबद्धता विना क्रान्ति सम्भव हुदैन । लेनिनले यसलाई थप ब्याख्या र समृद्ध बनाउदै भन्नुहुन्छ “गतिविधिको विविध क्षेत्रमा गैर–कम्युनिस्टहरूसँग गठबन्धन बिना, कुनै पनि सफल कम्युनिस्ट निर्माणको प्रश्न नै उठ्न सक्दैन । ”
यसले देखाउँछ कि मोर्चा केवल अस्थायी युक्तिगत सहकार्य हो, विचारधारागत आत्मसमर्पण होइन । चीनियाँ क्रान्तिको क्रममा माओले संयुक्त मोर्चालाई तीन जादुगरी हतियारको रूपमा व्याख्या गर्नुभयो । उहाँले क्रान्तिकारी पार्टी, जनसेना, र संयुक्त मोर्चालाई थप बिकसित बनाउदै लेख्नुहुन्छ “साम्राज्यवाद र सामन्तवादलाई उखेल्न मजदुर वर्गको नेतृत्वमा सबै क्रान्तिकारी वर्गहरूको संयुक्त मोर्चा आवश्यक छ ।
नेपालको समाज बहुवर्गीय छ । हिजो अर्ध–औपनिवेशिक समाजका लागि यो दृष्टिकोण प्रत्यक्ष सन्देश थियो । आज नव औपनिबेशिक हाम्रो मुलुकमा क्रान्ति अपरिहार्य बन्न गएको छ । क्रान्तिकारी माक्र्सवादी सौन्र्दय चिन्तक मोहन बैद्य किरणले नेपाली क्रान्तिको आवश्यकता माथि जोड दिदै भन्नुहुन्छ “नेपालका जनता … हामीमाथि धेरै विश्वास गर्दैनन् ..मुख्यतया हाम्रो एकताको अभावका कारण । प्रतिरोधको वैकल्पिक मञ्चको रूपमा हामीमाथि जनताको विश्वास जगाउन हामी एकजुट हुनुपर्छ।”
उहाँकै नेतृत्वमा तात्कालिन नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा(मशाल) २०८१ मंसिर १३ देखि २३ सम्म एकता महाधिबेशन सम्पन्न भएका छन् । साथमा वर्तमान अवस्थामा रणनैतिक मोर्चाका रुपमा क्रान्तिकारी संयुक्त मोर्चा नेपाल, कार्यनीतिक मोर्चाका रुपमा राष्ट्रिय क्रान्तिकारी मोर्चा र ११ गैरसंसदवादी पार्टीबीचको संयुक्त मोर्चा क्रियाशिल हुदै सामाज्यवाद बिरुद्धको मोर्चा समेत निर्माणाधीन छ ।
कृष्णदास श्रेष्ठले पनि स्वाधीनता र मुक्ति बारे विश्लेषण गर्दै भन्नुहुन्छ –“राष्ट्रिय स्वाधीनता र वर्गमुक्ति संघर्षबाट मात्र सम्भव छ ” । नेपालमा २०८२ भाद्र २३ र २४ गतेको जेनजी बिद्रोह पछि राजनैतिक अवस्था निकै तरल बन्दै गएको छ । दलाल संसदीय ब्यवस्था भित्रकै शासकीय स्वरुपमा परिर्वतनको वकालत गर्दै जेनजी बिद्रोह भएको थियो ।
वर्गीय मुक्ति आन्दोलनलाई भम्र पैदा गर्न उमेर समुहमा बिभाजन गर्दै सुशासन र सामाजिक संजाल बन्द गर्ने सरकारी रबैयाको बिरुद्ध उठेको जेनजी बिद्रोहलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादले योजनाबद्ध तरिकाले उपयोग गरे । नेपालको वर्तमान राजनीतिक परिदृश्यमा सुशिला कार्की नेतृत्वको सरकार व्यवहारतः इन्डो–पश्चिमी शक्तिहरूको कठपुतली सरकारको रूपमा रहेको छ । स्वतन्त्र तिब्बतका नाममा संचालित पृथकतावादी आन्दोलनको निर्देशक अमेरिकी साम्राज्यवाद र क्षेत्रीय संरक्षक भारतीय विस्तारवाद हो । यी दुवैका रुचिहरु यस सरकारमा नांगो रुपमा देखिन्छ ।
“नेपालमा अमेरिकी तथा भारतीय विस्तारवादी शासकवर्गको स्वार्थ बाझिएको, तिनको दलाली गर्ने नेपालका विभिन्न स्वार्थ समूहहरुका बीचमा आपसी अन्तरर्विरोध रहेको र सेनाको दबाबमा पनि राष्ट्रपतिले अडान लिएका कारण तत्काल प्रतिगमनले स्पष्ट आकार ग्रहण गर्न सकेन । यस प्रकारको तरल स्थितिमा सुशिला कार्कीको नेतृत्वमा यथास्थितिवादी सरकार गठन हुन पुगेको छ । यो सरकार मुख्यतः अमेरिकी तथा भारतीय शासकवर्ग र तिनका नेपाली दलालका बिचको अन्तरिम सम्झौताको परिणाम हो । ” साथै, युरोपियन राष्ट्रहरूले आर्थिक, राजनैतिक र आईएनजिओ मार्फत हस्तक्षेप गर्दै नेपालमा आफ्नो रणनीति लागू गर्ने प्रयास गरिरहेका छन् । पछिल्लो समय बारबरा फाउण्डेसन, हामी नेपाल र टिओबी जस्ता गतिबिधि यसका प्रमाण भएका छन् ।

स्वतन्त्र तिब्बत आन्दोलन र चीनविरोधी गतिविधिहरूले नेपालको भूराजनीतिक संवेदनशीलता समेत बढाएको छ । भारत–चीन सीमाप्रदेशको रणनीतिक अवस्थिति र नेपालको भू–राजनीतिक लोकेशनले यी विदेशी गतिविधिहरूलाई अझ संवेदनशील बनाएको छ । यस्ता तमाम चुनौतीहरूलाई सम्बोधन गर्न मालेमावादी दृष्टिकोण आवश्यक भएको छ — देशभक्त, क्रान्तिकारी जनवादी र वामपन्थी शक्तिहरूबीच व्यापक संयुक्त मोर्चा, राष्ट्रिय राजनीतिक सम्मेलन र संघर्षको बलमा स्वाधीन संयुक्त सरकार गठन । यसै मार्गले वर्तमान प्रतिक्रियावादी संविधान खारेज गरी जनसंविधान निर्माणको दिशामा दृढतापूर्वक अघि बढाउन सकिन्छ । साथै, नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै बैज्ञानिक समाजवादमा लागि श्रमजिवी जनताको एकता र धुब्रीकरणमा समेत हामीले जोड दिनुपर्छ ।

निष्कर्षमा, संयुक्त मोर्चा केवल गठबन्धन होइन, यसलाई मालेमावादी दृष्टिकोणले बुझ्नु आवश्यक छ । यो जनसङ्घर्षको एक महत्वपुर्ण साधन हो । बर्तमान अवस्थामा राष्ट्रिय स्वाधीनता र वर्गीय मुक्ति आन्दोलन एक सिक्काका दुई पाटा बन्न गएको छ । हामीले आत्मगत अवस्था बृद्धि गर्दै,संसारभर भएका न्यायपुर्ण बिद्रोहका साथै जेनजी बिद्रोहको अनुभवबाट सिकेर सबै प्रकारका तयारी गर्न सके मात्र वर्तमान संकटको समाधान गर्दै अग्रगामी बाटोमा देशलाई नेतृत्व गर्न सक्छौ ।

स्रोत सूचीः

Karl Marx & Friedrich Engels, The Communist Manifesto, 1848.
I. Lenin, Left-Wing Communism: An Infantile Disorder, 1920.
Mao Zedong, Selected Works, Vol. II.
Mao Zedong, “On the New Democracy”, 1940.
Krishna Das Shrestha, Janandolan ra Vargiya Rajniti.
Mohan Baidya ‘Kiran’, Interview, org, 2018.
Human Rights Watch (2023), China and Tibet in South Asia.
ORF Analysis (2024), India–Nepal Relations and Western Aid Politics.
Le Monde (2025), Generation Z Revolt in Kathmandu.
Financial Times (2025), Foreign NGOs and Political Influence in Nepal
Analysis and synthesis of the Revolutionary Communist Party of Nepal on the GenZ Movement -Moolbato.com (2025)

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?