क्रान्तिकारी किसान महासंघको वडा समितिहरु गठन

नुवाकोट : नुवाकोट जिल्ला बेलकोटगडी न पा को दुई वडामा क्रान्तिकारी किसान महासङको वडा समितिहरु गठन भएको छ ।९ नम्बर वडाको वडा भेला २०८२ पौष ८ गते सम्पन्न भएको छ । भेलाले सुरेन्द्र सुनार सन्योजक रहने गरी राम कृष्ण तामाङ ,सुकु तामाङ, जयराम भट्ट र राधिका सुनार रहेको किसान कमिटी निर्माण भएको छ ।

उक्त दिन नै ४ नम्बर वडाको वडा भेला पनि सम्पन्न भएको छ । भेलाले सोमान तामङ सन्योजकत्वमा १० सदस्य रहेको क्रान्तिकारी किसान महासंघ गठन गरेको छ जसका सदस्यहरु क्रमस शेर बहादुर तामाङ , सुक मान तामाङ सेदलाल तामाङ , कान्छी माया तामाङ , फुर्के तामाङ , सुवास तामाङ काइली माया तामाङ आइत माया तामाङ रहेका छन् ।
यी दुवै भेलामा पार्टीको तर्फ बाट ८ नम्बर क्षेत्रीय सचिव दिपक र क्रान्तिकारी किसान माहासघ नुवाकोटको संयोजक.धुन्दिराज न्यौपाने सहभागी थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?