जनवादी कलाकार उदय लागे प्रगतिशील सालैजोको तयारीमा

काठमाडौं : रक्तिम सांस्कृतिक अभियानका महासचिव लक्ष्मी रिजाल उदय नयाँ गीत सृजनामा जुटेका छन् । उनले प्रगतिशील सालैजो गीत तयार गर्न लागेका हुन् ।

कलाकार उदयले भने, ‘गीत लेखी सकेको छु । त्यसलाई अन्तिमरुप दिने तयारीमा लागेकोछु । गीत, संगीत मेरो आफ्नै हुनेछ । स्वरमा साथ दिने साथीको छिटै टुङ्गो लगाउ“छु ।’ उदयले अब आउने गीतको विषय भ्रष्टाचार र बेथितिका विरुद्धमा हुने बताए ।

कलाकार उदयले यसभन्दा पहिले राष्ट्रभक्ति र जागरणमूलक गीत प्रकाशमा ल्याइसकेका छन् । ‘यो देशलाई माया गर्ने जमात’, ‘नशा नशामा यो देशको’, ‘लेकै फुल्यो लाली गु“रास’ जस्ता देशभक्तिका गीत र पिपलु हु“ म, नछोड बाटो तिमीले, क्रान्ति योद्धा, उठ्ने छौ“ हामी लगायतका बोलका गीत उनको बजारमा आइसकेका छन् ।

रक्तिम सा“स्कृतिक अभियान नेपालको क्रान्तिकारी आन्दोलनमा एउटा सशक्त सा“स्कृतिक आन्दोलन मानिन्छ । सोही आन्दोलनबाट हुर्किएका कलाकार उदयले ल्याउने नया“ सृजना पक्कै पनि ऊर्जामय हुने आसा गर्न सकिन्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?