
१९५० को सन्धिलाई आधार बनाएर भारत नेपालको सम्प्रभुत्तामाथि यति खेलेको छ कि भनेर गनेर साध्य छैन । छिमेकी देश, छिमेकी मुलुक, रोटीबेटीको सम्बन्ध भनेर के गर्ने ? हामीमाथि अर्थात नेपालमाथि गर्नुसम्म गरेको छ । आपूmलाई दुःख पर्दा फेरी नेपालीलाई गुहार्छ । आफ्नो समस्या समाधान भएपछि नेपालले लगाएको गुन बिर्सन्छ अनि फेरि फर्केर टोक्न थाल्छ । टोक्नेको पनि सीमा हुन्छ अति नै टोकाइ भयो भने कसले सहन्छ । अन्तमा बाध्यताले त्यसको प्रतिरोध गर्न पर्छ । भारतीय जनता शान्तिप्रिय छन् अरुको पीर मर्का बुझ्छन् । दुःखमा साथ दिन्छन् अनि हामीलाई ज्यादा पीडा भएमा आँसु बहाउँछन् । तर, दुःखको कुरो सत्तामा बस्नेहरु बहुला छन् । लगाएको गुन बिर्सन्छन् ! आपूmभन्दा जान्ने मान्ने अरु कोही छैन भन्छन् । हामीलाई पाठ सिकाउँछन् । नमानेमा थर्काउँछन् । मुढै पेल गर्छन् । प्रजातन्त्रको मसिहा आपूmलाई थान्छन् । हामीलाई प्रजातन्त्रको पाठ सिकाउँछन् । मौका कुरेर बस्छन् । कति मौका कुर्ने हो कुर ! कति शोषण गर्ने हो गर ! बिचार पु¥याउनु त्यस्तो दिन नआवस तिम्रा दुःखहरु हामी हात बाँधेर हेर्न नपरोस् ।
उनको देशको सीमा रक्षा गोरखाली फौजले गरिदिनु पर्छ । उनीहरुको सीमा रक्षा गरिदिदा हत्केलामा ज्यानको बाँजी थापेर लडनु पर्छ । सीमा रक्षा गरिदिंदा कैयौ गोरखालीहरुले जीव संगिनीको सिरको सिन्दुर खाली गरि दिएका छन् । कलिलै उमेरमा ज्यान होमेका छन् । आमाबाबुको काख नचाहेर पनि रित्तो पारी दिएका छन् । कतिपय छोराछोरीहरु टुहुरा र टुहुरी बनेका छन् । कतिपय दिदीबहिनीहरुको सिन्दुर पुछिएको छ । आलो घाउमा लागेको चोट नबिर्सिदा भरि रुनु परेको छ । कसैलाई रहर छैन कलिलै उमेर खाली सिउँदो राखेर रुन ! लडाई परेमा गोरखाली वीर हुन्छन् भने पहिलो मोर्चामा अगाडि सार्छ । शत्रु सेनाले पहिलो निशानि गोरखालीलाई बनाउँछ । लडाईको पहिलो मोर्चामा नै गोरखाली सेनालाई मार्न लगाउँछ । आफ्ना सेनाहरु पछिबाट पठाउँछ । आफ्ना सेनाहरु शत्रु सेनाबाट बचाउन लगाउँछ । पाकिस्तानसँगको लडाई, चीनसंगको लडाईको पहिलो मोर्चामा नै गोरखाली सेना खटाएको थियो । जम्मुकाश्मिरको लडाई, सुवर्ण मन्दिरको सीखको लडाईमा पनि पहिलो मोर्चामा गोरखाली सेना खटाएको थियो । पहिलो मोर्चामा ढल्ने नेपाली थिए ।
नेपालको दक्षिणतर्पmको सीमा भारतले मिच्दै आएको छ । जसको कारण नेपालको सीमा सुरक्षा खुम्चिदै आएको छ । ठाउ–ठाउमा जंगे पीलर कतै सारिएको छ भने कतै उखेलेर फालिएको छ । यसरी सीमा मिच्नुमा मूख्य हात भारतीय सीमा सुरक्षा दस्ताको छ । नेपालको सीमाभित्र रहेर नेपालीले कुनै अग्लो घर बनाउनु प¥यो भने पारीपट्टि भारतीय चेकपोष्टका मानिसहरुसंग सोधेर मात्र घर बनाउन पाइन्छ । भारतीय भूमिबाट ज्याला मजदुरी गरेर कुनै नेपाली नेपाल छिर्न थालेमा बाटोमा नै नेपाली लुटिन्छन् । कतिपय ठाउँमा कुटिन्छन् । उता भारतीय सीमा सुरक्षाको लागि गोरखाली फौज छातिमाथि गोली थापेर लडिराखेका हुन्छन् भने यतातिर भारतीय सुरक्षा दस्ताले नेपालको सीमामाथि वितण्डता मच्चाई राखेको हुन्छ । भारत देशको सुरक्षाको लागि जम्मुकाश्मिरमा गोरखाली सेना उग्रवादीको छातिमाथि बुट बजार्छन भने यतातिर उनै गुन लगाउने गोरखाली फौजका आमाबाबु, दाजुभाइ, दिदीबहिनीमाथि भारतीय सीमा सुरक्षा दस्ता लात बजार्छन् । यस्ता व्यवहारले गर्दा अन्तराष्ट्र क्षेत्रमा भारत गन्हाइराखेको छ तैपनि उसले थाहा पाउँदैन । यस विषयमा नेपाली जनता निरिह छन् किनकी भारतीय शक्तिको अगाडि हाम्रो केही लाग्दैन । सत्ता र शक्तिको भरमा भारतले नेपाललाई हेपिराखेको छ ।
सत्तामा बस्ने भारतीय शासकहरुलाई शक्तिको आडमा सायदः यो थाहा नपाएर होला ठूलो देशले सानो देशलाई हेप्न पाइदैन । अन्तराष्ट्रिय नियम कानूनअनुसार कुनै पनि स्वतन्त्र देशको सम्प्रभुत्तामाथि एक अर्काले सम्मान गर्नुपर्छ भन्ने कुरा ! भारतले नेपालको भूमि जति मिचेपनि चुप लागेर भने नेपाली जनताहरु बसेका छैनन् । बल मिचाईको विरुद्ध हतियार नउठाएको मात्र हो । बेलाबेलामा भारत विरुद्ध नारा, जुलुस, धर्ना, विरोध प्रदर्शन, अन्तराष्ट्रि अदालतमा मुद्दा दायर, भारतीय नेताहरुको पुत्ला दहन नगरेको होइन, गरेकै हो, मात्र भारतले नटेरेको हो । नेपालको शासन सत्तामा बस्ने दलाली नेताहरुको व्यवहारले गर्दा पनि हो बारम्बार भारतले नेपाललाई कुल्चिरहनुको कारण ! इतिहास कोट्याउँदै दसी, प्रमाणहरु देखाउदै गर्दा पनि केही नलागेपछि अब भारतको विरुद्ध हतियार उठाउनु सिवाय अरु केही उपाय नलाग्ने रहेछ भनेर विद्धानहरु बताउँछन् । उदाहरणको लागि लिपु लेक, कालापानी, लिम्पियाधुरालाई केही प्रतिनिधि पात्रको रुपमा लिन सकिन्छ । यो क्षेत्रलाई नेपालले भरखर मात्र आफ्नो भनेर दावी गरेको भनेर बर्तमान भारतीय शासकहरु भन्ने गर्छन् । त्यसो हो भने सम्वत् १९९७ साल मंसिर २७ गते (सन् १९४०) सम्ममा छाङरु, टिङ्गर, गुञ्जी, कुटी, नाभी, गब्र्याङ, नव्याल गाउँको तिरेको तिरोले के भन्छ त ? यो प्रमाण त बैतडी मालपोत कार्यालयमा सुरक्षित रहेको कागजातबाट थाहा हुन्छ ।
बर्तमान भारतीय शासकले कि होइन भनेर प्रमाणसहित प्रति उत्तर दिन प¥यो, नत्र त्यो प्रमाणको आधारमा मान्न प¥यो । यस बिषयसम्बन्धि अन्वेषक तथा अध्यता श्रmषिराज लुम्सालीले दार्चुला जिल्लाको मालपोत कार्यालयमा गएर पुराना मोठ, स्रेष्ता केलाएर हेर्दा फेला पारेको १९९७ मङ्सिर २७ गतेको खड्ग निशाना उल्लेखित मोठ तथा तिरो तिरेको रसिदले के प्रमाण देखाउँछ भने त्यसबेलासम्म त्यस भेगका जनताहरु नेपाल सरकारको मातहतमा थिए भन्ने जनाउँछ । माथि उल्लेखित यतिमात्र प्रमाण होइन, विभिन्न प्रमाणहरु तेर्साउदा पनि भारतले हेलचेक्राइ गरे हाम्रो के लाग्यो ?