भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा

काभ्रे : भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ ३ गते काभ्रेको पाँचखाल पुगेर शोध यात्रा सम्पन्न गरेको छ । भारतबाट आएका दुई संगठन जात उन्मुलन आन्दोलन (कास्ट एनिहिलेशन मुभमेन्ट )
र गुरुघासी दास सेवादार संघ (जिएसएस )र नेपालको तर्फबाट एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयोजनामा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित राम्चेमा त्यहाँका स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरी दलितको वर्तमान अवस्था, जातीय विभेद तथा पहिले देखि अहिले सम्म आएको सामाजिक परिवर्तन लगायत विषयमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीको शोध यात्रा सम्पन्न
काभ्रे । भारतबाट आएका दलित उत्पीडन सम्बन्धी अध्ययन टोलीले माघ ३ गते काभ्रेको पाँचखाल पुगेर शोध यात्रा सम्पन्न गरेको छ । भारतबाट आएका दुई संगठन जात उन्मुलन आन्दोलन(कास्ट एनिहिलेशन मुभमेन्ट )
र गुरुघासी दास सेवादार संघ (जिएसएस ) र नेपालको तर्फबाट एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयोजनामा काभ्रे जिल्लाको पाँचखाल नगरपालिका स्थित राम्चेमा त्यहाँका स्थानीयहरुसँग प्रत्यक्ष भेटघाट गरी दलितको वर्तमान अवस्था, जातीय विभेद तथा पहिले देखि अहिले सम्म आएको सामाजिक परिवर्तन लगायत विषयमा छलफल कार्यक्रम सम्पन्न भएको थियो ।

तस्बिर – शोभा बिश्वकर्मा

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता सन्तबहादुर नेपाली, एकीकृत दलित मुक्ति मोर्चा का कार्यवाहक संयोजक तथा पार्टीका वैकल्पिक केन्द्रिय सदस्य टेकबहादुर विश्वकर्मा , मोर्चाका कार्यालय सदस्यहरु शोभा बिश्वकर्मा, रोशन विशुंके लगायत क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज सोमानसिंह तामाङ, जिल्ला सचिव ढोग प्रसाद अधिकारी, पार्टीको केन्द्रिय सदस्य तथा मजदुर संगठन संयोजक ईश्वर तिमिल्सिना, पार्टीको केन्द्रीय सदस्य सुरेश तामाङ उपस्थित रहेको कार्यक्रममा मित्र संगठन भारतबाट नेपाल शोध यात्राको लागि आएका जाति उन्मुलन आन्दोलनका संयोजक तुहिन तथा गुरुघासी दास सेवादार संघ जि एस एस का संयोजक लखन सुबोध सहित तेह्र जनाको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम भएको हो ।

भारतको सहिद भूमि छत्तीसगढबाट ल्याएको माटोलाई १० वर्षे जनयुद्धको क्रममा सहादत प्राप्त गर्नु भएका अनेकोटका ५ जना साँस्कृतिक सहिदको सम्झनामा निर्मित काभ्रेको पाँचखाल स्थित महान सहिद गेटमा मिसाउने र नेपाल( भारतको सहिदहरुमा सम्मान व्यक्त गर्ने कार्यक्रम सम्पन्न भयो । पार्टी तथा मोर्चाको विभिन्न तहका नेताहरुको उपस्थितिमा भएको कार्यक्रममा आम जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

तस्बिर – शोभा बिश्वकर्मा

त्यस्तै नेपालको दलित आन्दोलनमा भारतको साथ सहयोग र सहकार्य गर्ने भन्ने प्रतिबद्धताका साथ अजित मिजारको परिवारलाई भेटी अजितको बुबाले आफ्नो छोरा अजितको न्यायको लागि एकीकृत दलित मुक्ति मोर्चाको योगदान रहेको कुरा बताउदै अजितको लास अहिले पनि महाराजगन्ज शिक्षण अस्पतालमा रहेको र मुद्दा सर्बोच्चमा चलिरहेको तर न्याय पाउने आशा गर्दै बिचलित नभै लड्नको लागि साथ सहयोगको लागि आफ्नो तर्फबाट अपेक्षा रहेको बताए भने भारतको शोध यात्रामा आउनुभएको मित्र सङ्गठनको तर्फबाट तुहिन र लखन सुबोधले अन्तरजातीय प्रेम विवाह गरेको कारण ज्यान गुमाउने अजितको न्यायका लागि आफ्नो संगठनको ऐक्यबद्धता जाहेर गर्नुभयो ।

शोध यात्रामा रहेका मित्र संगठन जाति उन्मुलन आन्दोलनका संयोजक तुहिन र गुरुघासी दास सेवादार संघका अध्यक्ष लखन सुबोध लगायत तेह्र जनालाई काठमाडौ बालकुमारी स्थिति एकीकृत दलित मुक्ति मोर्चा नेपालको कार्यलयमा मोर्चाको एकीकृत दलित मुक्ति मोर्चा नेपालको झण्डा तथा मोर्चाको मुखपत्र मुक्ति संघर्ष उपहार दिएर मोर्चाको संयोजक टेकबहादुर विश्वकर्मा तथा पार्टीको नेता सन्तबहादुर नेपाली लगायत मोर्चाका नेताहरुले बिदाई गर्नुभएको थियो। यस भन्दा पहिले अध्ययन टोलीले बुटवल, चितवन र काठमाडौंमा अन्तरक्रिया सम्पन्न गरेको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?