टेकहरि न्यौपाने
मिलेर बसेकोलाई लडाउँछ
दंगा फसाद जसले मन पराउँछ
कहिले धर्मको नाममा लडाउँछ
कहिले जातजातिको नाममा लडाउँछ ।
मान्छे मान्छेमा काटाकाट गराउँछ
उसले सधै दंगा फसाद नै मन पराउँछ
मिलेर बसेकोसँग डराउँछ
कहिले चोकचोकमा कराउँछ ।
धर्मको नाममा जातको नाममा
विष वमन गर्ने खेती गराउँछ
बृद्धि, विवेकलाई खाली गराउँछ
खोक्रो दिमागमा गोबर भराउँछ ।
मिलेर बसेको देखि सहन्न
समाजमा उसले रक्तपात गराउँछ
त कालो त गोरो भनेर लडाउँछ
त चुच्चो त थेप्चो भनेर लडाउँछ ।
त चुच्चो त थेप्चो भनेर लडाउँछ
अग्लो र पुडको भनेर लडाउँछ
खाने र लगाउने बाहनामा लडाउँछ
सीमा पारीबाट डलर मगाउँछ ।
समाजसेवी बनेर लफडा गराउँछ
मिलेको समाजमा दंगा गराउँछ
मिलेको समाजमा दंगा गराउँछ
जात र धर्मको खेती गराउँछ ।
पारीबाट भाडाका टटुहरु आउँछन्
मिलेको समाजलाई रक्तम्मै पार्दन्
लोभ र लालचका पोकाहरु बाँड्छन्
समाज बिगारेर डलर डर्करछन् ।
यस्ताले कहाँ राम्रो काम गर्छन्
मिलेर बसेकोलाई बिगार्न थाल्छन्
यस्ता कुकुरहरु विदेशीले पाल्छन्
पालेका भूस्याहाले बिगार्न थाल्छन् ।
विष वमन गर्छन् आगो बाल्छन्
मिलेको समाजलाई रक्ताम्मै पार्छन्
शही र राम्रोलाई यिनले बिगार्छन्
मान्छे मार्छन न लास स्वीकार्छन् ।
न त जिम्मा लिन यिनीहरु तयार छन्
मिलेर बसेकोलाई यिनले बिगार्छन्
काट मार फसादमा सधै तयार छन्
धर्म र जातको खेतीपाती गराउँछन् ?
आफू रमाउँछन् अरुलाई मराउँछन्
हस्पीटलमा डक्टरले रगत चढाउँछन्
विभिन्न ग्रुपको रगत मगाउँछन्
आपतको बेलामा कसको मगाउँछौं ?
धर्मको चढाउँछौं कि जातको चढाउँछौं
भन त अपराधी कस्को खुन चढाउँछौं ।
गोराको चढाउँछौं कि कालाको चढाउँछौं
चुच्चेको चढाउँछौं कि थेप्चेको चढाउँछौं ?
अग्लोको चढाउछौंकी थेप्चेको चढाउँछौं
अग्लोको चढाउँछौंकी पुड्केको चढाउँछौं
आपतको बेलामा त्यही नै मगाउछौं
डाक्टरले लेखेको ग्रुप नै चढाउँछौं ?
फेरि किन जात र धर्ममा लडाउँछौं
डलर खाई र रक्तपात गराउँछौं
दंगा फसाद समाजमा किन गराउँछौं
भन त अपराधी कुन रगत चढाउँछौं ?
जातको चढाउँछौकि धर्मको चढाउँछौं
कालाको चढाउँछौ कि गोरोको चढाउँछौं
महिलाको चढाउँछौं कि पुरुषको चढाउँछौं
समाजमा किन दंगा फसाद गराउँछौं ?