बेंगलोर : अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत बेंगलोरको पूर्वी भागमा अखिल भारत नेपाली एकता समाजको पूर्व नगर समिति गठन भएको छ । नेपाली मजदूरहरूकोबीचमा ४ अगस्त २०२४ का दिन राजेश विष्ट र तिलसरा विष्टको पहल तथा समाजका केन्द्रीय सचिव राम सिंह विक र सदस्य शेरसिह विकको विशेष उपस्थितमा भेला सम्पन्न भई समिति गठन भएको हो ।

समितिमा अध्यक्ष नारायण देवकोटा रहेको ३१ सदस्यीय बेंगलोर पूर्व नगर समितिको निर्माण भएको छ । जसमा , उपाध्यक्ष चन्द्र पाण्डे, सचिव कृष्ण बटला, सह सचिव रतनपूरा हमाल, कोषाध्यक्ष जानकि न्यौपाने, सदस्यहरु राजेश बिस्ट, तिल्सरा बिस्ट, नरेस न्यौपाने, बन्सत जोसि, शान्ती न्यौपाने, सुसिला पाथा, यसोदा हमाल, गायत्री पाण्डे, कृष्ण पाण्डे, सरास्वती पोखरेल, शाराधा पोखरेल, नरेस विक, गोयल सापकोटा, दिपा रावल, लक्ष्मी रिजाल, शाराधा शाही, भुमिसरा शर्मा, हेमराज बिस्ट, जगत देवकोटा, कलसा हमाल, लक्ष्मी पोखरेल राम पोखरेल, निशा रावल, कल्पना पोखरेल, करन विक, भीम सोडारी र विक्रम बराल शाही रहेका छन्।
नव गठित समितिलार्इ केन्द्रीय सचिव रामसिंह विक, केन्द्रीय सदस्य सेर सिह विक , क्षेत्रीय सदस्य राजेश विस्ट र क्षेत्रीय सदस्य तिल्सरा बिस्टले बधाई दिएका थिए ।
सो अवसरमा सचिव राम सिंह विकले एकता समाजको सदस्यता वितरण गर्नुका साथै समाजको लक्ष्य र उद्देश्य बारे संक्षिप्तमा प्रशिक्षण पनि दिएका थिए ।