कविता

लाग्छ मलाई तिमी
अन्तु डाँडामा लालिपोतेर
निस्कदै गरेको त्यो
सुर्यको किरण झैं
प्राकृतिक सौन्दर्यले पूर्ण
माइ पोखरिमा
मुस्कुराइरहेको कमलको फूल झै
अझ भनौ
काव्य साहित्य संस्कृति र कलाका बगैंचामा
ढ्कमक्क फूलिरहेका क्रान्तिकारी फूलहरु झैं
लाग्छ मलाई तिमी
पूर्वको त्यो क्षितिजमा उज्यालो छर्ने
रत्न वान्तवाहरु झैं
त्यसैले त
लाग्छ मलाई
कहिलेकाही
त्यहीँ उज्यालोमा लपेटिएर
यो मन पखालु झैं
सँगसँगै
विश्व ब्राह्मण डुलु झैं
त्यसैले त
मैले ओठहरु खोल्दै गर्दा
तिमिलाई कहिँकतै नदुखोस
मेरा दृष्टिले तिमिलाई कहिँ कतै नधोचोस
प्रिय इलाम
थाहा छैन मलाई
तिमिलाई के लाग्छ ?
लाग्छ मलाई कहिलेकाही त
हावाको वेग झैँ उडेर जौं
त्यो हरितमय पहाडी पाखामा
न्यानो तापौं
तिम्रो त्यो सुन्दर
शान्त र शितल काखमा
लुकामारी खेलौ
अनि
क्रान्तिको भाषामा नै ओठहरु खोलौ
वर्गीय संघर्षको एउटा जुनकीरी बनौं ।