काठमाडाैँ : आर्थिक बर्षको अन्तिम समयमा व्यवसायीलाई क्लोजिङ तथा लेखा परिक्षणको हतार छ । प्रत्येक आर्थिक बर्षको आन्तिममा बर्षभरीका सबै कारोबारको लेखा परिक्षण गर्नुपर्ने प्रावधान भएका कारण व्यवसायीहरु यो समयमा कर फस्यौट गर्नमा ब्यस्त देखिन्छन । कतिपय स्थानीय तहले कर फर्स्यौट गर्न ताकेता गरिरहेका छन ।
कर प्रणालीका बारेमा कतिपय व्यवसायीलाई जानकारी नहुदा आर्थिक बर्षको अन्तिममा व्यवसायीलाई बढी प्रेसरमा पर्ने गरेका छन । स्थानीय तहले व्यवसायीलाई करको दर, करको दायरा तथा अन्त शुल्कका बारेमा प्रयाप्त जानकारी दिन नसक्दा मझौला व्यवसायीले दोश्रो ब्यक्ति प्रयोग गर्न बाध्य भइरहेका हुन्छन ।
दोश्रो ब्यक्तिको प्रयोगले ब्यवसायी मारमा परिरहेको अवस्थालाई मध्यनजर राख्दै नव जागरण एकेडेमीले काठमाडौको नागार्जुन नगरपालिकासंग सहकार्य गरी व्यवसायीलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ ।
समृद्ध नागर्जुको आधार, पर्यटन सहितको पूर्वाधार भन्ने नारा सहित नव जागरण एकेडेमीको सहकार्यमा नागार्जुन नगरपालिकाले २०८१ जेठ १३ गतेदेखि जेठ १९ गतेसम्म नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम सञ्चालन गरेको हो । नगरपालिकाले प्रत्येक वडामा एक दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिका दर्ता भएका वा दर्ता गर्ने तयारीमा रहेका ब्यापारीहरुमा नैराश्यता बढने देखेपछि जनचेतना तथा अभिमुखिकरण कार्यक्रम व्यवसायीलाई उत्साही र उत्प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नगरपालिकाका बरिष्ठ अधिकृत कल्पना अधिकारीले बताउनुभयो । साथै यसै कार्यक्रम पछि व्यवसायीहरुमा जनचेतना बढ्ने तथा कानुनी दायरामा आएर काम हुने पनि उहाँको विश्वास छ ।
नव जागरण एकेडेमी एण्ट ट्रेडिङ हवको तर्फबाट निर्देशक विमल कुमार खड्काको नेतृत्वमा विभिन्न चार्टर्ड अकाउन्टेन्ट, रजिष्टर अडिटरले प्रशिक्षण दिनुभएको थियो ।
व्यवसायीलाई तर्साएर कर उठाउनुभन्दा सिकाएर करको दायरामा ल्याउनु यो कार्यक्रमको उद्धेश्य रहेको नव जागरण एकेडेमीका निर्देशक विमल कुमार खड्काले बताउनुभयो ।
निर्देशक खड्काका अनुसार यस कार्यक्रममा सहभागीहुने व्यवसायीले प्रत्यक्ष चार्टर्ड अकाउन्टेन्ट, तथा अडिटरसंग व्यवसायीहरुले आफुले भोग्दै आएका स्थानीय कर तथा संघीय कर एवं जरिवानासंग सम्बन्धित समस्याका बारेमा निशुल्क परामर्श गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
कार्यक्रममा नव जागरण एकेडेमी एण्ट ट्रेडिङ हवको तर्फबाट कार्यकारी प्रमुख सन्दिप गिरीले कार्यक्रमको उद्धेश्य तथा आवश्यक्ता र यसको प्रभाव र फाइदा बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन नगरपालिकाको अधिकृत सिता घिमिरेले गर्नुभएको थियो ।
नव जागरण एकेडेमी एण्ट ट्रेडिङ हवले देशको विद्यमान अवस्थालाई मध्यनजर गर्दै शीपमूलक शिक्षा तथा रोजगारको क्षेत्रमा काम गर्दै आएको छ ।
नव जागरण एकेडेमील लेखा तालिम, व्यक्तित्व विकास तथा भाषणकला, डिजिटल मार्केटिङ कम्प्युटर लगायत विभिन्न कक्षा तथा भाषा प्रशिक्षणका कक्षा लगायत तालिमहरु प्रदान गर्दै आएको छ । साथै अभिभावक विहिन बालबालिकाहरुलाई निशुल्क प्रशिक्षण गराउदै आएको छ । अखबरअनलाइन डट कमबाट