काठमाडौं : क्रान्तिकारी सुकुमबासी संघ, नेपालको दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित पार्टी कार्यालयमा सम्पन्न भेलाले तिलक विकको संयोजकत्वमा २१ सदस्यीय राष्ट्रिय सम्मेलन आयोजक समिति निर्वाचित गरेको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव हरिभक्त कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले सहसंयोजकमा पवन गुरुङ र सचिवमा धनमाया निरौलालाई निर्वाचित गरेको छ ।

सदस्यहरुमा हिमलाल वाग्ले, मंगल तामाङ, लक्ष्मी शेर्पा, लघुमाया गोले, शेरबहादुर परियार लगायतलाई निर्वाचित गरेको हो ।
भेलाले अन्य सदस्यहरुलाई पछि थप गर्ने निर्णय गरेको छ ।

तिलक विकको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन धनमाया निरौलाले गर्नुभएको थियो भने स्वागत मन्तव्य पवन गुरुङले राख्नुभएको थियो ।
उद्घाटन सत्रमा प्रमुख अतिथि हरिभक्त कँडेल, विशेष अतिथि सीताराम तामाङ, पार्टीको ९ नं ब्यूरोका इन्चार्ज दिनेश शर्मा, नेपाल राष्ट्रिय प्राध्यपाक संगठनका अध्यक्ष प्रा।डा। जगदीशचन्द्र भण्डारी, क्रान्तिकारी किसान महासंघका महासचिव धनेश्वर पोखरेल, क्रान्तिकारी महिला संगठनकी संयोजक शारदा महतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा पार्टीका स्थायी समिति सदस्य इन्द्रमोहन सिंग्देल, अखिल नेपाल जनजाति महासंघका संयोजक पवनमान श्रेष्ठ, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हिरामणि दुःखी, क्रान्तिकारी युवा संघ, नेपालका संयोजक दोर्जी शेर्पा लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
उद्घाटन सत्र लगत्तै बसेको बन्द शस्त्रको अध्यक्षता तथा सञ्चालन तिलक विकले गर्नुभएको थियो भने क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव हरिभक्त कँडेल र स्थायी समिति सदस्य सीताराम तामाङको विशेष उपस्थिति रहेको थियो । बन्द सत्रमा संगठनका सल्लाहकार इन्द्र राउतले प्रस्तुत गर्नुभएको प्रतिवेदन छलफलसहित पारित गरियो । विधानलाई पनि राष्ट्रिय सम्मेलनसम्ममा केही फेरबदल गर्ने गरी पारित गरियो ।
बन्द सत्रमा सल्लाहकार इन्द्र राउतले प्रस्तुत गर्नुभएको २१ सदस्यीय प्यानल प्रस्ताव सर्वसम्मत रुपमा पारित गरियो । नवनिर्वाचित कमिटिको पहिलो बैठकले संयोजकमा तिलक विक, सहसंयोजकमा पवन गुरुङ र सचिवमा धनमाया निरौलालाई निर्वाचित ग¥यो । र, नवनिर्वाचित कमिटिलाई सल्लाहकार राउतले शपथ ग्रहण गराउनु भयो भने नवनिर्वाचित कमिटिको तर्फबाट संयोजक तिलक विकले प्रतिबद्धता मन्तव्य राख्नुभयो । संगठनका फ्र्याक्सन इन्चार्ज समेत रहनुभएका नेता सीताराम तामाङले दिएको बधाई मन्तव्यसँगै बन्द सत्रको समापन गरियो ।
नवनिर्वाचित कमिटिको पहिलो बैठकले देशैभर संगठन विस्तार गर्ने र सुकुम्बासी तथा अव्यवस्थित बसोबासी, मुक्त कमैया, कम्हलरीहरुलाई स्थायी विकल्प विना गरिएको विस्थापनका विरुद्ध काठमाडौं उपत्यका लगायत देशव्यापी संघर्ष उठान गर्ने निर्णय गरेको छ ।