राजनीति

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडौँ : सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइ गर्न आदेश दिएको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले गत फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।
Read More
संयुक्त संघर्ष समिति नवलपरासीद्वारा कोणसभा एवं घरदैलो सम्पन्न

संयुक्त संघर्ष समिति नवलपरासीद्वारा कोणसभा एवं घरदैलो सम्पन्न

सुकुम्बासी बस्तीमा बहिष्कारको लहर ! नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेकपा ( बहुमत ) सहित चारदल सम्मीलित संयुक्त संघर्ष समिति नवलपरासीले बहिष्कारको अपिल गर्दै कोण सभा एवं घरदैलो सम्पन्न गरेको छ । बुधबार सुस्ता-१ फेचुहाको ठुलो टोलामा कोण सभा एवं घर दैलो गरिएको संयुक्त संघर्ष समिति नवलपरासीले जनाएको छ । उक्त सुकुम्बासी भुमिहीनहरुको बस्तीमा संघर्ष समितिको जिल्ला संयोजक रवि पाण्डेयको अगुवाईमा क्राकपा नेपालका सुस्ता संयोजक सोम बहादुर बिश्वकर्मा , गोबिन्द बहादुर साठीघरे , क्रान्तिकारी संयुक्त मोर्चाका कमल हरिजनलगायतको सक्रियतामा गाउँमा कोण सभा र बहिष्कारको अपिल सहित घरदैलो कार्यक्रम भएको हो । सो अवसरमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय…
Read More
जहाँ दमन हुन्छ त्यहाँ अवश्य पनि प्रतिराेध हुन्छ : प्रवक्ता सुदर्शन

जहाँ दमन हुन्छ त्यहाँ अवश्य पनि प्रतिराेध हुन्छ : प्रवक्ता सुदर्शन

गिरफ्तार कमरेडहरुलाई विनाशर्त तुरुन्त रिहागर्न माग गर्दछौं काठमाडौं : शान्तिपूर्ण रुपमा गरिएको निर्वाचन बहिस्कार आन्दोलनमाथि व्यापक दमन र धरपकड गरेपछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले प्रतिरोधको चेतावनी दिएको छ । सुर्खेतमा पार्टीका तीन केन्द्रीय सदस्यहरुलाई कार्यालयबाटै गिरफ्तार गरेपछि पार्टीका प्रवक्ता सुदर्शनले एक वक्तव्यमार्फत् यस्तो चेतावनी दिनुभएको हो । वक्तव्यमा भनिएको छ, “आज सुर्खेतबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य क. कर्णबहादुर बी.सी. तथा वैकल्पिक केन्द्रीय सदस्यहरु क. नारायण न्यौपाने र क. रत्न ओली साम्राज्यवादको कठपुतली सुशीला कार्की सरकारद्वारा गिरफ्तार गरिनुभएको छ । निर्वाचनको शान्तिपूर्ण बहिष्कारका कार्यक्रम गर्दा र निजी काममा हिँडिरहेको बेला पार्टीका नेता तथा कार्यकताहरुलाई कायरतापूर्ण ढङ्गले गिरफ्तार गर्नु भनेको…
Read More
दुई केन्द्रीय सदस्यहरू पौडेल र पुन प्यूठानबाट गिरफ्तार, अबिलम्ब रिहा गर : समिर

दुई केन्द्रीय सदस्यहरू पौडेल र पुन प्यूठानबाट गिरफ्तार, अबिलम्ब रिहा गर : समिर

प्यूूठान : आज फागुन १३ गते दिउँसो क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका दुई केन्द्रीय सदस्यहरू टिकाराम पौडेल र वीरबहादुर पुनलाई प्रहरी प्रशासनले प्यूठानको बिजुवारबाट गिरफ्तार गरेको छ। पार्टीका ४ नम्बर ब्युरो सेक्रेटरी समिरले एक प्रेस वक्तव्य प्रकाशित गर्दै दुवैजना केन्द्रीय सदस्यहरूलाई अविलम्ब रिहाई गर्न माग गर्नुभएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका ४ नम्बर ब्युरो सेक्रेटरी समिरले २०८२ फागुन १३ गते जारी गरेको वक्तव्य यस प्रकार छ,“आज हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज कमरेड टिकाराम पौडेल र पार्टीका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला सेक्रेटरी वीरबहादुर पुन पार्टी कामको सिलसिलामा प्यूठान नगरपालिका विजुवार बजारबाट बिना कारण अपहरण शैलीमा गिरफ्तार गरेको छ।कार्की…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सल्यानका नेता बस्नेत गिरफ्तार, अबिलम्ब रिहा गर

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, सल्यानका नेता बस्नेत गिरफ्तार, अबिलम्ब रिहा गर

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , जिल्ला समिति सल्यानका सचिवालय सदस्य गिरिधाल बस्नेत प्रहरीको गैर न्यायिक गिरफ्तारिमा पर्नु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला समितिका सचिव उज्ज्वलले एक वक्तव्य जारी गरी २०८२ फागुन १३ गतेका दिन सो कुराको जानकारी गराउनु भएको हो । वक्तव्यमा भनिएको छ,“आज मिति २०८२ /११ /१३ गतेका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सल्यान जिल्ला समितिका सदस्य शारदा नगरपालिका वडा नम्बर १३ बस्ने गिरिधाल बस्नेतलाई माथिबाट ट्रेपिङ आदेश आएको छ भन्दै मुख्ला बजारमा खाजा खाइरहेको बेलामा सादा पोशाकमा आई गुण्डागर्दी शैलीमा पक्राउ पुर्जी बिना गिरफ्तार गरी बन्दी बनाएकोले सुशिला कार्कीको कठपुतली सरकारको निन्दनीय…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन केन्द्रीय सदस्य सुर्खेतबाट गिरफ्तार, अविलम्ब रिहाइ गर

क्रान्तिकारी कम्युनिस्ट पार्टीका तीन केन्द्रीय सदस्य सुर्खेतबाट गिरफ्तार, अविलम्ब रिहाइ गर

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका तीन केन्द्रीय सदस्यलाई प्रहरीले सुर्खेतबाट गिरफ्तार गरेको छ । सम्बद्ध पार्टी स्रोतका अनुृसार केन्द्रीय सदस्यहरु नारायण न्यौपाने, कर्ण बिसी र रत्न वलीलाई प्रहरीले गिरफ्तार गरेको हो । प्रतिक्रियावादी संविधानले प्रदान गरेको वाक तथा प्रेस स्वतन्त्रताको समेत धज्जी उडाउँदै गरिएको गिरफ्तारीको घोर विरोध गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गिरफ्तार नेताहरुको अविलम्ब विनाशर्त रिहाइको जोडदार माग गरेको छ । नेताहरु गिरफ्तारीमा परे लगत्तै पार्टीका ब्यूरो सेक्रेटरी प्रकाशउर्जाले एक प्रेस वक्तव्य जारी गरी गिरफ्तार नेताहरुलाई अविलम्ब विनाशर्त रिहाइ गर्न जोडदार रुपमा माग गर्नुभएको हो ।
Read More
नेताकार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन सुदर्शनकाे आह्वान

नेताकार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन सुदर्शनकाे आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले एक प्रेस वक्तव्य जारी गर्दै गिरफतार नेता एवम् कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्नुभएको छ । १३ फागुनमा जारी गरिएको वक्तव्यमा भनिएको छ, “पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य क. सोमानसिंह तामाङ तथा दाङ जिल्ला समिति सदस्य क. मानवहादुर ओलीको यथाशीघ्र रिहाइको जोडदार माग गर्दछौँ । साथै हामी मानव अधिकारवादी, नागरिक समाज तथा आम जनसमुदायलाई गिरफतार नेता एवम् कार्यकर्ताको रिहाइ र कठपुतली सरकारको विरोधमा आवाज उठाउन पनि आह्वान गर्दछौँ ।” वक्तव्यमा सामाजिक सन्जाल तथा केही सन्चार माध्यमहरुमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता गौरवको नामबाट प्रसारित वक्तव्यलाई हाम्रो पार्टीका…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चन गाउँपालिकामा निर्वाचन बहिस्कार कार्यक्रम

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कञ्चन गाउँपालिकामा निर्वाचन बहिस्कार कार्यक्रम

रुपन्देही : रुपन्देहीको कञ्चन गाउँपालिकाको हनुमान नगर ,हरैया, वागेश्वरी चोक लगायतका स्थानहरुमा कोण सभा पर्चा वितरण र जनभेटघाट कार्यक्रमसहित निर्वाचन बहिस्कार कार्यक्रम सञ्चालन गरिएको छ । कोण सभाहरुमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका रुपन्देही जिल्ला सचिव लक्ष्मीकान्त पौडेल र क्रान्तिकारी महिला संगठनका सचिवालय सदस्य लक्ष्मी न्यौपानेले सम्बोधन गर्नु भएको थियो ।कोणसभाहरुको सञ्चालन पार्टीका जिल्ला सदस्य मनिराम सापकोटाले गर्नु भएको थियो ।
Read More
मनबहादुर ओलीलाई बिनासर्त तत्काल रिहा गर : दिप

मनबहादुर ओलीलाई बिनासर्त तत्काल रिहा गर : दिप

दाङ : क्रान्तिकारी कम्युनिष्ट पार्टी दाङ जिल्ला समितिले मन बहादुर ओलीको गिरफ्तारीको घोर निन्दा एवम् भत्सर्ना गरेको छ । समितिका सेक्रेटरी दीपले फागुन १२ गते एक प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीको निन्दा एवम् भत्सर्ना गर्नु भएको हो । उहाँको गिरफ्तारीपछि जनताका मौलिक हक समेत कुण्ठित हुन पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ र उहाँलाई विना शर्त तत्काल रिहाइको माग गरिएको छ । विज्ञप्तिको पूर्ण पाठ यसप्रकार छ –क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ निवासी एवम् क्रान्तिकारी कम्युनिष्ट पार्टी नोल तुलसीपुर उपमहागरपालिका सेक्रेटरी कमरेड मान बहादुर ओलीलाई आफ्नै पसलमा बसिरहेको अवस्थामा वर्तमान कठपुतली सरकारले गिरफ्तार गरेर लिएर…
Read More
धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ सर्वोच्चकाे आदेश

धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ सर्वोच्चकाे आदेश

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडाैँ : नेकपा बहुमतका महासचिव धर्मेन्द्र वास्तोलाको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायधीश हरिप्रसाद फुयाँलको एकल इजलासले २०८२ फागुन ११ गते सो आदेश जारी भएको हो । आदेशमा निवेदकको बन्दी प्रत्यक्षीकरणको आदेश के कति कारणले आदेश जारी हुनु नपर्ने हो आदेश जारी हुनु नपर्ने भए कारण सहित बाटोका म्याद बाहेक २४ घण्टाभित्र महान्याधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न प्रत्यर्थी काठमाण्डौ उपत्यका अपराध कार्यालय टेकुसमेतलाई आदेश दिइएको छ । म्यादभित्र लिखित जवाफ परे वा नपरे नियमानुसार गर्न आदेश आदेश दिइएको छ ।निवेदक सावित्री कुमारी वलीको तर्फबाट उपस्थित विद्वान…
Read More