क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालकाे सन्धुलीमा विरोध कार्यक्रम सम्पन्न
सिन्धुली : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुली जिल्ला संगठन समितिको आयोजनामा सिन्धुलीमाढी मा विरोध सभा सम्पन्न भएको छ ।सिन्धुली माढीस्थित लोकतान्त्रिक चौतारीमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्ष तथा ,महंगी, कालाबजारी, तस्करी, भ्रष्टाचार र असमान सन्धि सम्झौता र राष्ट्रघाती एमसीसीको विरुद्ध भण्डाफोर गर्न विरोध सभा सम्पन्न भएको हो । विरोध सभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राष्ट्रिय एकता महाधिवेशन आयोजक समिति सदस्य सिन्धुली जिल्ला इन्जार्च जीवनले नेपालको सबै समस्याको जड दलाल पँुजिवादी सामन्तवादी व्यवस्था रहेको बताए । यसको संरक्षक सवै संसदीय पार्टीहरू हुन त्यसैले संपूर्ण नेपाली जनता एक भै यो व्यवस्थालाई अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादमा…