मोहन वैद्य किरणको आदर्श व्यक्तित्व
काठमाडौं । मोहन वैद्य ‘किरण’ले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिवबाट राजिनामा दिंदै नेतृत्व हस्तान्तरण गरेपछि नेपाली सञ्चारमाध्यममा उहाँको राजनीतिक व्यक्तित्वको उचाइले राम्रै चर्चा पाएको छ । प्रायः सबै सञ्चारमाध्यमले उहाँको राजिनामा तथा नेतृत्व हस्तान्तरणलाई सकारात्मक रुपमा महत्व दिएर विचार र समाचार सम्प्रेषण गरेका छन् । ‘किरणले बालेको राजनीतिक नैतिकताको टर्चलाइट’ (अनलाइन खबर÷सुुदर्शन खतिवडा), संघर्ष, सिद्धान्त र सरलताको पर्यायः मोहन वैद्य ‘किरण’ (नेपाल प्रेस÷रामप्रसाद आचार्य), ‘वैद्य बा’को ‘राजीनामा’मा रमाइरहेको देश (नेपालभ्यूज) आदि केही प्रतिनिधिमूलक विचार र समाचारका शीर्षक हुन् । सुदर्शन खतिवडाले लेखेका छन्, “खासगरी कम्युनिस्ट राजनीतिमा आजीवन नेतृत्वमा टाँसिएर बस्ने अभ्यास संस्कृति नै बनेको छ । यही पृष्ठभूमिमा वैद्यले जीवनका विभिन्न चरणमा नैतिकताको…