सहकारी पीडितहरुको त्यो माग सही छ : वरिष्ठ नेता,सि.पि. गजुरेल (गौरव)
सहकारी पीडितहरुको आन्दोलन प्रति हाम्रो पार्टीको समर्थन छ सि.पि. गजुरेल (गौरव)वरिष्ठ नेता, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल० कान्तिपुर पत्रिकाले गृहमन्त्री रवि लामिछानेले सहकारीमा करोडौं ठगी गरेको भनेर लगातार समाचार सम्प्रेषण गरिरहेको छ । गृहमन्त्री रवि लामिछाने मातहतको प्रहरी प्रशासनले कान्तिपुरका प्रोपाइटर कैलाश सिरोहियालाई किर्ते नागरिकताको अभियोगमा गिरफ्तार गरेको छ । यो घटनालाई कसरी हेरिरहनु भएको छ ?–यो घटनाको पछाडि आन्तरिक र बाह्य कारण छन् भन्ने लाग्छ । आन्तरिक कारणमा कान्तिपुरले रवि लामिछानेले सहकारीमा गरेको घोटाला, रकम हिनामिनाबारे लगातार समाचार सम्प्रेषण गरिरहेको छ । रवि लामिछाने यसबाट चिढिएर उनले त्यो पत्रिकाका मालिक वा संचालकलाई बदला लिन खोजिरहेका थिए । त्यो समाचार सम्प्रेषणबाट…