‘जबसम्म लुटप्रेमी उत्पादन पद्धति रहन्छ तबसम्म क्रान्तिको आवश्यकता रहन्छ’

१) देशमा नयाँ संविधान निर्माण भएको ८ वर्ष पूरा भयो । ३ महिना पछि ९ वर्ष पूरा हुने वाला छ । नयाँ संविधानमा संघीय लोकतान्त्रिक संसदीय व्यवस्था कायम गरिएको छ । दुई पटक आम चुनाव पनि भयो । यस बीचमा यो व्यवस्थाको औचित्यता कति पुष्टि भयो कति पुष्टि भएन ?
–यो व्यवस्थाको औचित्य त्यतिबेलै समाप्त भएको हो जति बेला संविधान लागु भयो । किन ? किनभने संविधानले स्थापना गरेको व्यवस्था दलाल पूँजीवादी थियो, र दलाल पूँजीवादी व्यवस्थाको स्वरुप कस्तो हुन्छ र त्यसले के परिणाम ल्याउँछ भत्रे विश्वमा प्रचलनमा आएका संसदीय व्यवस्थाहरु र पूँजीवादी उत्पादन सम्बन्धको ऐतिहासिक विकाश क्रममा स्पष्ट भइसकेको थियो । त्यसो गर्दा जतिपटक चुनाव भएपनि, जतिपटक सरकार बत्रे र भत्कने खेलहरु भएपनि देशको राजनीतिक अस्थिरताको समस्या समाधान हुने छैन । संसदीय व्यवस्था विश्वमा असफल भैसकेको छ । नेपालमा नेपालीजनताको अहिलेको आवश्यकता सुहाउँदो पनि भएन ।
२) यदि यो व्यवस्था देश र जनताको व्यवस्था होइन भने नेपालको लागि सुहाउँदो व्यवस्था कुन व्यवस्था हो ?
–अब नेपाली जनताले बिना हिच्किचाहट आफ्ना आवाजहरु बुलन्छ गर्नु पर्छ ः नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था चाहिन्छ । यो वैज्ञानिक समाजवाद भनेको देशको राजनीतिक हिसावले नवऔपनिवेशिक अवस्थाबाट मुक्त गरेर स्वाधिन राष्ट्र निर्माण गर्ने हो र आर्थिक हिसावले दलाल नोकरशाही पूँजीवाद अन्त्य गरेर राष्ट्रिय अर्थतन्त्र विकाश गर्ने हो ।
३) तपाईले भने जस्तो व्यवस्था प्राप्त गर्ने उपाय के हुन सक्दछ ?
–हामीले भने जस्तो व्यवस्था प्राप्त गर्ने उपाय जनताको आन्दोलन हो । नेपाली जनता अब एकपटक जनआन्दोलनमा आउनु पर्छ ।
४) आजको युगमा क्रान्ति सम्भव छैन । पूँजीवाद माक्र्स, लेनिनको पालाको जस्तो छैन । पूँजीवादले आफूलाई परिष्कृत गरिसक्यो । पूँजीवादले पनि मजदुरमैत्री कानुन बनायो । बरु यही व्यवस्था भित्र संघर्ष गरेर पूँजीपति र मजदुरको समन्वयमा चल्ने व्यवस्था आवश्यक छ भनेको पनि सुनिन्छ । यस बारे तपाईको धारणा के छ ?
–भत्रेहरुले गरेका यी कुरा सही हो कि माक्र्स, लेनिन र माओको जस्तो युग अहिले छैन । पूँजीवादले धेरै विकाश गरिसकेको छ । तर हामीले यो तथ्यमा ध्यान दिनु आवश्यक हुन्छ कि पूँजीवादी उत्पादन सम्बन्ध भएको अहिलेको विश्वमा कुलिन पूँजीपतिहरुद्वारा श्रमिक जनतामाथि गरिने शोषण उत्पीडन माक्र्स, लेनिन, माओको समयमा जुन थियो त्यो अहिले छ र अतिरिक्त मूल्यको दोहन त्यतिबेलाको भन्दा अत्यधिक छ । त्यसो भएपछि जतिसुकै मजदुर प्रेमी कानुनहरु बनाए पनि जबसम्म लुटप्रेमी उत्पादन पद्धति रहन्छ तबसम्म क्रान्तिको आवश्यकता रहन्छ, परिवर्तनको आवश्यकता रहन्छ ।

धर्मेन्द्र बास्तोला
सहसंयोजक, क्रान्तिकारी कम्युिनस्ट पार्टी, नेपाल

५) तपाईहरूले एम.सी. सी.नेपालको हितमा छैन भनिरहनु भएको छ । तर भर्खरै नेपाल स्थित अमेरिकी दूतावासले निकालेको विज्ञप्तिमा “नेपालमा शान्तिपूर्ण, समृद्ध, उत्थानशील र लोकतान्त्रिक समाज” देख्न चाहेको भनेर कामना गरिएको छ । नुवाकोटमा रोकिएको सवस्टेशन निर्माण कार्यमा पुनः ठेक्का लागेको कुरा आएको छ । यसबारे के भन्नुहुन्छ ?
–उनीहरुले चकलेट जतिसुकै गुलियो छ भनेर प्रचार गरे पनि सबै तथ्यहरुले पुष्टि गरेको कुरा हो, एमसीसी दीर्घकालिक हिसाबले नेपालको हितमा छैन र त्यो परियोजना नेपालमा लागू हुन पनि सक्दैन ।
६) प्रधानमन्त्री प्रचण्ड उनको यस कार्यकालमा दुई पटक भारत भ्रमण गइसके तर उनले चुच्चे नक्सा, इपिजी प्रतिवेदन ,सीमा समस्या ,१९५० को सन्धि जस्ता राष्ट्रिय हितका कुनै पनि मुद्दा उठाएको देखिदैन । तपाइँको पार्टीको तर्फबाट सरकारलाई दुई देश बीचको समस्या समाधान गर्न दबाब दिनु पर्ने होइन र ?
–हो । हामीले यो काम गरी पनि रहेका छौ । जहाँसम्म प्रधानमन्त्रीहरुका भारत भ्रमणको कुरा छ त्यो भ्रमण नभएर भेटी जस्तो हुने गरेको छ । जतिपटक भारत भ्रमण भयो त्यतिपटक के राष्ट्रघात भयो भनेर नेपाली जनता चिन्तित हुने गर्छन । तपाईले उठाउनु भएका विषयहरुमा हाम्रो पार्टीले निरन्तर संघर्ष गरिरहेको छ ।
७) नेपालका लागि बि.आर. आई. र आई. पि. एस. भनेको उस्तै उस्तै हो भन्ने सुनिन्छ ।के कुरा त्यस्तै हो र ?
–जहाँसम्म हामीले बुझेको कुरा छ, शर्तबन्दी कस्ता गरिएलान भत्रे विषय छाडेर, विआरआई नेपालको आर्थिक विकाससँग सम्बन्धित छ, त्यसले नेपाली जनताको जीवन सकारात्मक दिशातिर परिवर्तन गर्न मदत गर्छ । तर आईपीएस भनेको सैन्य नीतिसँग सम्बन्धित कुरा हो जहाँ एकातिर देश वैदेशिक ऋणमा फँस्दै जान्छ र अर्कोतिर नेपालको सुरक्षा संयन्त्र विशेषत नेपाली सेना साम्राज्यवादी मुलुक र ती देशका सैनिक गुटहरुको भाडाको सेना बत्र पुग्ने हुन्छ । यसले आईपीएस नेपालकालागि हानिकारक छ ।
८) तपाईं सुर्खेत जिल्लामा विद्यार्थी राजनीति गर्नु भयो, २०४६ मै तत्कालीन नेकपा ( मशाल) र पछि नेकपा एकताकेन्द्रको जिल्ला सेक्रेटरी बन्नु भयो । संक्षिप्तमा सुर्खेत जिल्लाको कम्युनिस्ट आन्दोलनको इतिहास बताउनु हुन अनुरोध छ ।
–यो छोटो अन्तरवार्तामा सुर्खेत जिल्लाको पुरै इतिहास त सम्भव नहोला । तर, सुर्खेत जिल्लाको कम्युनिष्ट आन्दोलन, पंचायतका विरुद्धको प्रतिरोध र नेपालको परिवर्तनको दिशामा जनयुद्ध, जनसंघर्ष, जनआन्दोलन जस्ता संघर्षको क्षेत्रमा सुर्खेत जिल्लाको ठूलो योगदान छ । ३६ सालमा रामघाट हत्याकाण्ड पंचायतले गरेको थियो, त्यो पंचायत विरुद्धको विद्रोहको द्योतक थियो । त्यस्तै तमाम आन्दोलन, संघर्ष र जनयुद्धमा भूमिका रहेको छ, यो जिल्लाको ।
९) तपाईले २०५१ पछि नेकपा (माओवादी)को विदेश विभागमा रहेर काम गर्नु भयो । विदेश विभागमा रहँदाका महत्वपूर्ण अनुभव के छन् ?
–यो पनि छोटो अन्तरवार्तामा सम्भव नहोला । तर, संयोगको कुरा हो, अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा काम गर्दा हजारौ क्रान्तिकारीहरुसँग छलफल भयो, दर्जनौ राजनीतिक कार्यदिशाहरु, उनीहरुका रुझानहरुको बारेमा जानकारी हुन पायो । त्यसले एक प्रकारको अनुभव हुने नै भयो ।
१०) पोहोर साल नेकपा( बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) र यस वर्ष क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा( मशाल) का बीचमा पार्टी एकता भयो । यो एकताका चुनौतीहरू के के छन् ?
–हामीले नेपालको क्रान्तिकारी आन्दोलनलाई विकास गर्दै नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्न एकता गरेका हौ । यद्यपि हामीले एकता गर्ने समयमा नयाँजनवादको खुटकिलो पार गर्दै वैज्ञानिक समाजवादमा जाने भनेका थियौ । तथापि अहिले हामी महाधिवेशनमा छौ । अब हाम्रो चुनौती भनेको क्रान्तिकारी कार्यदिशा स्पष्ट गर्ने हो ।
११) एकतालाई दिगो बनाउन र नेपालको क्रान्तिकारी आन्दोलनलाई सुदृढ गर्न के गर्नु पर्दछ ?
–यसमा पहिलो कुरा कार्यदिशाकै कुरा हो । क्रान्तिकारी सिद्धान्त विना क्रान्तिकारी आन्दोलन असम्भव हुन्छ भनेजस्तै क्रान्तिकारी कार्यदिशा विना क्रान्ति असम्भव हुन्छ । त्यसकारण एकतालाई दिगो बनाउन क्रान्तिकारी कार्यदिशा निर्माण गर्न सक्नु हो ।
१२)क्रान्तिकारी र गैर क्रान्तिकारीका बीचका मूलभूत भिन्नताहरू के के हुन् ?
–यो प्रश्न अलि दार्शनिक प्रकृतिको भएकोले लामो छलफलको माग गर्छ । तर, संक्षेपमा भत्रे हो भने क्रान्तिकारी त्यही हो जसले जनतालाई वैचारिक, राजनीतिक र साँस्कृतिक दृष्टिले क्रान्ति प्रति, नयाँ भविस्य प्रति र नयाँ विश्व प्रति आशावादी बनाउँछ, उसले जनताका मस्तिष्कहरुलाई वैचारिक रुपले सुसज्जित बनाउँछ । तर गैर क्रान्तिकारीले सबै क्षेत्रमा जनताको मस्तिष्कलाई निशस्त्रीकरण गर्छ । जसले जनताका विचार र भावनाहरुलाई क्रान्ति र परिवर्तनतर्फ निशस्त्रीकरण गर्छ त्यो क्रान्तिको पुजारी भएर पनि गैर क्रान्तिकारी हो ।
१३) वैशाख १९ गते पार्टी एकता घोषणा सभामा तपाईले माओका तीन गर र तीन नगर , संशोधन वादलाई होइन, माक्र्सवादलाई लागू गर भन्ने भनाई राख्नु भएको थियो । नेपालको सन्दर्भमा माओका ती भनाइहरूको औचित्य के छ ?
–यसको धेरै ठूलो औचित्य छ । धेरै ठूलो महत्व छ । त्यसको पुरै व्याख्या असम्भव होला । तर, यसबारे प्रशिक्षणहरुमा हामीले विस्तारपूर्वक र आवश्यकता अनुसार प्रकाश पार्दै आएका छौ ।
१४) पार्टीका आगामी कार्यक्रमहरू के छन् ?
–आगामी कार्यक्रमको कुरा गर्दा हामी महाधिवेशनको प्रक्रियामा लागेका छौँ । त्यसलाई सम्पत्र गर्ने कुरा नै हाम्रो लागि ठूलो पर्वको विषय बनेको छ ।
१५) हाँक साप्ताहिक मार्फत थप केही छ कि?
–हाँक साप्ताहिक नेपाली क्रान्तिको इस्क्रा जस्तै बनोस् । क्रान्तिकारी आन्दोलनको संवाहक बनोस् । लेनिनले क्रान्तिकारी पत्रिका प्रचारकर्ता, आन्दोलनकर्ता हुनु पर्छ भत्रु भएको थियो । वास्तवमा अहिले संचार क्षेत्र क्रान्तिका लागि प्रचारकर्ता, आन्दोलनकर्ता, संगठनकर्ता र अनुसन्धानकर्ता पनि हुनु पर्छ । यो भूमिका हाँकले निर्वाह गरोस ।
दोश्रो कुरा, नेपालको राजनीतिक संकट अत्यन्त गहिरो बनेको छ । संसदीय व्यवस्थाले त्यसको समाधान दिन सक्दैन । नेपाली जनताले एकपटक फेरी आन्दोलन गरोस् । अवको आन्दोलनले नेपालमा वैज्ञानिक समाजवाद स्थापना गर्ने छ ।
धन्यवाद !

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?