समाज

मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

मजदुर महासंघको ‘कारखाना आऔं’ अभियान तीव्र

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले घोषित अभियानलाई तिब्र बनाएको छ। ‘कारखानामा जाऔं’ भन्ने नाराका साथ महासंघ देशैभरि अभियानमा जुटेको छ ।चार महिने अभियानको क्रममा महासंघले औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुसँग भेट गर्ने, छलफल चलाउने र सदस्यता बितरण समेत गरिने महासंघका नेताहरुले जानकारी दिएका छन् । यसैबीच, अभियानको क्रमामा आज (२०८०–१०–१२) गते बिहान काठमाडौको श्वयम्भू क्षेत्रमा कार्यरत निर्माण श्रमिकहरुसँगसँग भेटघाट–छलफल भएको छ । सो क्रममा महासंघको घटक संगठन अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ अन्तर्गतको इकाइ कमिटी समेत निर्माण गरिएको छ। अभियानले शोनाम शेर्पाको अध्यक्षतामा पन्ध्र १५ सदस्यीय इकाइ कमिटी…
Read More
कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

कारखाना जाऔं अभियानमा जुट्न गरियाे यस्ताे अपिल

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ कार्यालयको विस्तारित बैठक सम्पन्न भएको छ । प्रदेश संयोजक कुमार घतानेको अध्यक्षतामा सम्पन्न बैठकले कारखाना जाऔं अभियानमा जुट्न सम्पूर्ण प्रदेश कमिटी, जिल्ला महासंघ तथा प्रदेश र जिल्लाका पेशागत घटकहरुलाई अपिल गरेको छ । बैठकमा महासंघका संयोजक दिनेश शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हेमन्त प्रकाश वलि सुदर्शन, सचिवालय सदस्य शरद रसाइली र महासंघका सह संयोजक वसन्त बोगटीको उपस्थिति रहेको थियो । बैठकलाई प्रशिक्षित गर्दै संयोजक दिनेश शर्माले यो व्यवस्था धराशायी तर बलियो मुक्का प्रहार गर्न नसक्दा टिकेको बताउँदै मजदुरहरुलाई एकगठ गर्न सके त्यसको बलियो तागतले यसलाई धुलोपिठो गर्ने स्पष्ट गर्नुभयो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

क्रान्तिकारी कम्युनिस्ट पार्टीले टाँस्याे धनगढी उपमहानगरका मेयरको घरमा कालो व्यानर

धनगढी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको घरमा कालो ब्यानर टाँसेको छ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बुधवार मेयर हमालको घरमा कालो ब्यानर र झन्डा टाँसेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बाजुरा इन्चार्ज केशव उपाध्यायले उपमहानगरपालिकालाई जनजीविका, जनतन्त्र र जनअधिकारका विषयमा सम्बोधनका लागि हुलाकमार्फत अल्टिमेटम पठाउँदा समेत समाधानतर्फ ध्यान नदिएको भन्दै चेतावनी दिएका थिए ।
Read More
दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

दैनिकी र अवस्थालाई सुधार गर्न मनकारी सहयोगी आवश्यक

माघ १० गते ।  सिन्धुपाल्चाेक जिल्लाकाे बलेफी गाउँपालिका–५ गुर्दुम गाउँको एक झुपडी घर । उक्त घरमा सदा झैँ चार बालकले बुबाआमा बिताएको पीडा र एक वृद्ध हजुरआमा छोरा बुहारीको निधनले स्तब्ध रहिरहन्छन् । बुबाआमाको निधनले शोकाकुल चार नाबालक र छोराबुहारी गुमाएकी आमाको आँखा कहिल्यै ओभानो हुन सकेको छैन ।  टिकाराम तामाङ नाबालक छोराहरू र वृद्ध आमाको जिउने आधार थिए । तर माघ ४ गते तामाङको क्षयरोगका कारण एक्कासि निधन भएपछि छोराहरू र वृद्ध आमाको बिचल्ली भएको छ । गत साउन ४ गते टिकारामकी श्रीमती लालमाया तामाङको क्यान्सरले मृत्यु भएको थियो । श्रीमतीको मृत्यु पश्चात् टिकारामले चार जना छोराहरूको शिक्षा, दीक्षा…
Read More
ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित ३ जना पक्राउ

काठमाडौं : नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जना घुससहित पक्राउ परेका छन् । नापी सर्भेक्षक रामविर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई २ लाख ५० हजार घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरू तीनजना मंगलबार नापी कार्यालय परिसरबाट पक्राउ परेका हुन् । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
Read More
आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि  नयाँ नियम लागु

आजदेखि भिजिट भिसामा विदेश जानेहरुका लागि नयाँ नियम लागु

काठमाडौं : भिजिट भिसामा विदेश जान आजदेखि नयाँ नियम लागु भएको छ । भिजिट भिसामा विदेश जानेहरु ठगिने र कतिपय विदेशमै लुकेर बस्ने गरेपछि अध्यागमन विभागले ट्राभल एडभाइजरीसँगै ६ बुँदे नयाँ नियम लागू गरेको हो । गृह मन्त्रालय मातहतको अध्यागमन विभागका अनुसार अब भिजिट भिसामा विदेश जानेहरुसँग कम्तिमा ६ महिनाको वैद्य अवधि भएको राहदानी (पासपोर्ट) हुनुपर्ने छ । साथै गन्तव्य देशको भिसा, दुईतर्फी टिकट, भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाणपत्र वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र समेत बुझाउनु पर्ने छ । साथै भ्रमणको सम्पूर्ण खर्त व्यहोर्ने सरकारी तथा…
Read More
मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

मिजारको न्यायको लागि दलित संगठनहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षसम्म

काठमाडौं : अन्तर जातिय प्रेम सम्बन्धका कारण ८ वर्ष अघि हत्या गरिएका काभ्रेका अजित मिजारको न्यायकको लागि विभिन्न दलित संगठनहरुले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउनेदेखि सडक संघर्षका कार्यक्रम सार्बजनिक गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले अजितिले न्याय नपाए हदैसम्मको संघर्षमा उत्रने चेतावनीसमेत दिएका छन् । पत्रकार सम्मेलनमा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शन कुमार नेपालीले वर्तमान व्यवस्थाका लागि ठूलो बलिदान गर्ने दलित समुदायले अझै पनि अमानविय ब्यवहार झेल्नु दुःखत भएको बताए । संयोजक नेपालीले सोति घटनाका दोषीहरुले सजाय पाउनु उदाहरणिय भए पनि एथेस्ट प्रमाण हुँदा पनि अजित मिजारका हत्याराहरुले उन्मुक्ति पाउनुले आक्रोषित तुल्याएको…
Read More
लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न  अबदेखि पाउने

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न अबदेखि पाउने

काठमाडौँ : सवारी चालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा व्यक्तिले आफ्नै सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था मिलाउन राष्ट्रिय सतर्कता केन्द्रले निर्देशन दिएको छ । केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो । केन्द्रको माघ ५ गते बसेको सचिवस्तरीय बैठकले यसबारे निर्णय गर्दै सोको कार्यान्वयनसम्बन्धी जानकारी केन्द्रलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ । लाइसेन्स ट्रायलमा प्रशिक्षक केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासाका बिच केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई फाइदा पुग्ने अपेक्षा गरिएको छ । ‘सवारी चालक अनुमति पत्रको…
Read More
जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

जाजरकोटमा भुकुम्प प्रभावितका दस हजारमाथि अस्थायी आवास निर्माण 

माघ ८ गते । जाजरकाेटमा कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले घरमा क्षति भइ घरवारविहीन दस हजार १५९ प्रभावितका अस्थायी आवास निर्माण गरिएको हो । जिल्ला विपत् व्यवस्थापन कोषबाट एक अर्ब तीन करोड ४१ लाख ७५ हजार शुक्रबारसम्म निकासा भएको छ । ४२ हजार ५२४ लाभग्राहीको सङ्ख्या कायम भएकामध्ये अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरे पनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवास बनाउन पहिलो किस्ता रकम पाएका छन् ।  स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेकोमध्ये स्थानीय तह तथा नेपाल सरकारबाट नौ हजार ६३७ वटा विभिन्न विकास साझेदार…
Read More
तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँमा मिनी ट्रक पल्टिँदा २ जनाको मृत्यु

तनहुँ : तनहुँमा आइतबार राति मिनी ट्रक पल्टिँदा ट्रकमा सवार दुई जनाको मृत्यु भएको छ । तनहुँ देवघाट गाउँपालिका-२ कोटबैदी भोक्टेनीस्थित भित्री सडक खण्डमा दमौलीबाट छिपछिपेतर्फ जाँदै गरेको ग १ ख ४१८१ न.को मिनी ट्रक सडकदेखि अन्दाजी ५०० मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिनी ट्रकमा सवार चालकसहित ३ जनामध्ये २ जना घाइतेहरूको उद्धार गरी उपचारको लागी दमौली अस्पतालमा पठाइएको थियो । सोमबार बिहान २:३० बजे चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीको भनाई छ । मृत्यु हुनेमा जिल्ला तनहुँ देवघाट गाउँपालिका-३ दगारा बस्ने ६५ वर्षीय नरबहादुर गुरुङ र ४५ वर्षीया बिमाया गुरुङ रहेका छन् ।…
Read More