क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न

वसन्त बोगटी/काठमाडौ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ ।

चाबहिल-७, काठमाडौ सम्पन्न अधिवेशनले संयोजक राजु दाहाल र सह संयोजक सुमन बस्नेतको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । उक्त अधिवेशनमा महासंघका केन्द्रीय सह-संयोजकद्वय ईश्वर तिमिल्सिना, वसन्त बोगटी, ३ नम्बर प्रदेश महासंघका संयोजक कुमार घताने, सह-संयोजक सरोज न्यौपाने, निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौला, वैदेशिक मजदुर संघका संयोजक युवराज थापा, होटल मजदुर संघका संयोजक अर्जुन बोगटी, इटाभट्ट मजदुर संघका संयोजक सुजाता रोका, सह संयोजक मिलन श्रेष्ठ र संघसंस्थाका सह संयोजक लक्ष्मिराम दंगालको उपस्थिति रहेकोे थियो ।

पछिल्लो पटक १ लाख मजदुर संगठित गर्ने लक्ष्य सहित महासंघले कारखाना जाऔं अभियान सञ्चालन गरेको छ ।

यसैगरी महासंघले १३५ अन्तर्राष्ट्रिय मजदुर आन्दोलन दिवसको अवसरमा विशेष केन्द्रीकरण र धक्काको तयारी गरेको छ ।

By जन बिहानी

Related Posts