समाज

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा

काठमाडौँ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो (आज) आइतबार देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उनले बताए । मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्षअघि नै सुरु भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको…
Read More
परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?

परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?

परिश्रम र पसिनाको मूल्य के हो ? यो कुरालाई मैले जिन्दगीमा गहिरोसँग अनुभव गर्दै आएको छु । सन् २०१८ देखि मैले दक्षिण कोरियामा मजदुरी गर्दै आएको छु । यसभन्दा पहिले मैले १७ वर्ष कै उमेरदेखि भारतको चेन्नैमा रोजगारी गरेको थिएँ । शूरुमा सत्यबामा युनिभर्सिटीमा मेशमा काम गरें । पछि त्यही युनिभर्सिटीमा सेक्युरिटी गार्डमा काम गरेको थिएँ । मेरो पुख्र्यौली घर गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका साविक खड्गकोट रम्फै हो । म त्यही जन्में । पछि रुपन्देही बसाइसराई गरिया । आफ्नै गाउँ रुपन्देहीको रुद्रपुरमा २ वर्ष जति मःमः बनाएर बिक्री पनि गरेको थिएँ । अहिले मैले दक्षिण कोरियाको ख्याङ्गिदो इछन–सी भन्ने ठाउँमा…
Read More
बजारलाई बुझौं

बजारलाई बुझौं

अहिले बजारीकरणको बढवा भएको समय हो । बजारीकारणले आफ्नो नाफा कमाउने तरिका जानेको हुन्छ । नाफा विना बजार टिक्न सक्दैन । अहिले जे कुराको पनि बजारीकरण भैरहेको छ । बजारमा राम्रोसंग बिक्री हुन नसक्दा बजारले सबैकुराको विज्ञापन गर्दछ विज्ञापनमा भर परेर समानहरु धेरै बिक्री गर्ने चलनको विकास भएको छ । बजारको विकास वस्तु विनिमयको शुरुवातसंगै भएको हो । पूँजीवाद बजारविना विस्तार हुन सक्दैन ।पूँजीवाद बजारमा टिकेको छ । समानको अत्यधिक उत्पादनले बजारको माग गर्दछ । बजार नभएमा उत्पादनको कुनै काम हुँदैन । बजारले यातायातको पनि माग गर्दछ । यातायात सेवा सुविधाको विकास पनि बजारले नै गराएको हुन्छ । बजारको लागि…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे दीपक ओलीको निधनप्रति श्रद्धाञ्जली

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे दीपक ओलीको निधनप्रति श्रद्धाञ्जली

काठमाडाैँ : गत आइतबार अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या गरिएकोमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय संयोजक क. किरणव्दारा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँकी श्रीमति र छोरी लगायत सम्पूर्ण परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्दै एक प्रेस वक्तव्य प्रकाशित गर्नु भएको छ । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–१० सेजे निवासी दीपक ओलीलाई अमेरिकाको टेक्सास शहरमा गोली हानी हत्या गरिएको थियो ।वक्तव्यमा उहाँले उक्त घटनाको अविलम्ब छानवीन गरी दोषीमाथि हदैसम्मको कारवाही र पीडित परिवारका लागि उचित क्षतिपूर्ति प्रदान गर्नका लागि हाम्रो पार्टी अमेरिकी सरकारसँग विशेष माग गर्दछ भन्नु भएको छ ।प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ
Read More
बाढी पहिरोबाट रुकुम पश्चिममा चार जनाको मृत्यु, २६९ परिवार विस्थापित

बाढी पहिरोबाट रुकुम पश्चिममा चार जनाको मृत्यु, २६९ परिवार विस्थापित

अधिकांश बिस्थापित परिवार आफन्तको आश्रयमारुकुम पश्चिम : यस वर्षको मनसुन सुरु भएयता भएका विपदजन्य घटनाको कारण रुकुम पश्चिममा चार जनाको मृत्यु भएको छ भन २६९ परिवार बिस्थापित भएका छन् ।जिल्ला प्रशासनका कार्यालयले शुक्रबार सार्वजनिक गरेको विपद् बुलेटिनका अनुसार विपद्का कारण आठबिसकोट नगरपालिका वडा नम्वर १२ मा एक पुरुष र तीन जना महिलाको मृत्यु भएको छ । त्यसैगरी बाढी पहिरोको कारण आठविसकोट नगरपालिका, मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाका २६९ घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार आठबिसकोट नगरपालिका वडा नम्वर ९, १०,११, १२, १३ र १४ का २५०…
Read More
रामेछापको फर्पुमा पहिरोले घर पुरिँदा ३ किशोरीको मृत्यु

रामेछापको फर्पुमा पहिरोले घर पुरिँदा ३ किशोरीको मृत्यु

रामेछाप : रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका वडा नं ६ का वडाध्यक्ष चन्द्र सुनुवारले जनाकारी दिनुभयो । वडाध्यक्ष सुनुवारका अनुसार तीनै जना किशोरीहरू दिउँसो खेतमा काम गरेर फर्केपछि साँझमा नुहाएर घरमा आराम गरेर बसेको बेला आएको पहिरोले उनीहरूलाई पुरेको हो । लगातारको वर्षाले घरको कुलेसो तर्फबाट झरेको पहिरोले घरको भित्तोमा क्षति…
Read More
२४ वर्षमा २६ वटा जहाज दुर्घटना, ४१० जनाले गुमाए ज्यान

२४ वर्षमा २६ वटा जहाज दुर्घटना, ४१० जनाले गुमाए ज्यान

काठमाडौं : आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरको जहाज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसरमा दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । जहाजमा सवार १९ मध्ये १८ जनाको दुःखद निधन भएको हो । यससँगै नेपालमा पछिल्लो २४ वर्षमा २६ वटा जहाज दुर्घटना भएको छ भने ४१० जनाले ज्यान गुमाउनु परेको छ । गत वर्ष मात्रै दुई वटा जहाज दुर्घटना भएका थिए । सन् २०२३ मे १५ मा यती एयरको जहाज कास्कीमा दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । मे ५ मा सिम्रिक एयरको जहाज संखुवासभामा दुर्घटना हुँदा एक जनाको मृत्यु र चार जना घाइते भए । त्यस्तै, सन्…
Read More
बाढीले बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध ।

बाढीले बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध ।

मनाङ, साउन ६ गते  । असार १८ गते आएको बाढीले बेँसीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने विभिन्न ठाउँमा सडक अवरुद्ध भयो ।अवरुद्ध बेँसीसहर–चामे सडक अझै खुल्न सकेको छैन ।  बाढीले चामे गाउँपालिका–१, तिमाङ खोलाको काठेपुल र तिमाङ ठुलो छहराको पक्की मोटरेबल पुल बगाएपछि निकै कठिन रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ ।  २०७८ साल असार महिनामा आएको बाढीले बेलिब्रिज बगाएपछि तिमाङखोलामा काठेपुल राखेर सवारी सञ्चालन हुँदै आएको थियो । त्यस्तै दुई वर्षअघि मात्र सो स्थानमा पक्की मोटरेबल पुल निर्माण गरेर सञ्चालनमा आएको थियो । अहिले मनाङीलाई बेँसीसहर हुँदै काठमाडौँ, पोखरा, चितवन जानलाई र सो स्थानबाट आउनलाई समस्या भएको छ । सडक खुलाउन सडक विभागले प्रयास गरेको भए पनि पानीका कारण…
Read More
पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले पार्टीलाई एकताबद्ध राख्न समग्र पार्टी पंक्ति, जवस मोर्चालाई अनुुरोध गर्नु भएको छ । संयोजक किरणले गुटवाद र फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध राख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्नु भएको छ । २०८१ श्रावण १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) ले एकता प्रक्रिया असफल भएको घोषणा गरेपछि संयोजक किरणको उक्त अनुरोध सहितको वक्तव्य प्रकाशित भएको हो । २०८१ श्रावण २ गते पार्टीका संयोजक किरणले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः“अनुकूल…
Read More
जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले प्राकृतिक प्रकोपबाट पीडित जनताले सरकारबाट अभिभावकत्वको अुनुभूति गर्न नपाएको उल्लेख गर्दै पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्नुभएको छ । प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रेस वक्तव्यमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै, घर पहिरोमा पुरिएपछि त्यसबाट बचेकाहरुको बसोबास तथा खानपानको अविलम्ब व्यवस्था गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “हिजो असार ३० गतेसम्म बाढी–पहिरो लगायतका विपदमा परी देशभरिबाट १०८ जना नेपालीले आफ्नो ज्यान गुमाएका छन् र घाइते हुनेको कुनै लेखाजोखा छैन । सिमलताल…
Read More