क्रान्तिकारी कम्युनिस्ट पार्टी ३ नंं. प्रदेशले गर्याे धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको सम्पन्न एकता महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समिति सदस्यद्वय अमीर महर्जन आकाशकी आमा तथा शारदा महत सरुकी सासुआमा धनमाया महर्जनको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । पार्टीको ३ नंं मृतक महर्जनको निवासमा आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको हो । पार्टीका बरिष्ठ नेता सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता पार्टीका प्रदेश ३ का संयोजक चन्द्रहरि सुवेदी अटलले गर्नुभएको थियो भने सञ्चालन पार्टीका केन्द्रीय सदस्य तथा ललितपुर इन्चार्ज कृष्णभक्त महर्जन कगेन्द्रले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि सीपी गजुरेलले मृतक धनमाया महर्जनले नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्दै पार्टीका हरेक नेता…