रुकुमबाट काठमाडौँ आउँदै गरेको बस बागलुङमा दुर्घटना,२३ जना घाइते

काठमाडौ : रुकुमबाट काठमाडौँ आउँदै गरेको ना ८।ख ८४१४ नम्बरको बस बागलुङको निसिखोला ६, जाउलेपानीमा बुधबार दुर्घटना भएको छ । बसमा करीव ४० जना यात्रु छन् ।

दुर्घटनाबारे हाँक टुडेले बागलुङको इलाका प्रहरी कार्यालय बुर्तिबाङ सित जानकारी लिदा अहिले सम्म कुनै पनि व्यक्ति मृत्यु नभएको ,करीब २३ जना घाइते भएको र करीव पाँच जना गम्भीर घाइते भएको जानकारी गराएकोछ ।

अहिले उद्दार कार्य चलिरहेको र अन्तिम रिपोर्ट आउन बाँकी रहेको बुर्तिबाङ इलाका प्रहरी कार्यालयले जनाएकोछ । यस भन्दा पहिले गत साल चैत्रमा निसी खोलामै बस दुर्घटना हुँदा ९ जना यात्रुको मृत्यु भएको थियो ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?