रामेछापको चारघरे भञ्ज्याङ्मा लालकृष्ण श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
बुवाको सम्मानमा युवा नेता प्रज्वलले गर्यो ३ वटा कार्यक्रम घोषणा काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रामेछाप जिल्ला समितिको आयोजनामा समाजसेवी तथा शिक्षाप्रेमी लालकृष्ण श्रेष्ठको ७औं दिनमा आयोजित श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । आज २०८२ बैशाख १३ गते शनिबार दिउँसो ४ बजे सुरू भएको उक्त कार्यक्रम रामेछाप जिल्लाको रामेछाप नगरपालिका-५ साबिक (रामपुर-२) स्थित चारघरे भञ्ज्याङ् कोलन्जोर स्थित चारघरे बजारमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य झनक श्रेष्ठ "प्रज्वल"ले बुवा लालकृष्ण श्रेष्ठले समाजमा, शिक्षा क्षेत्रमा र माओवादी आन्दोलनमा गर्नुभएको महत्त्वपूर्ण भूमिकाहरुको चर्चा गर्नुभयो । उहाँले परम्परागत चल्दै आएको रितिरिवाज नमानी यो…