उमाकुण्डमा किसानका लागि अनुदानमा रासायनिक मल वितरण सुरू

रामेछाप : रामेछाप जिल्लाकाे उमाकुण्ड गाउँपालिकामा रहेकाे किसानहरूको सहुलियतका लागि रासायनिक मलको वितरण थालिएको समाचार प्राप्त भएकाे छ । किसानकाे समस्या समाधानकाे लागि उक्त पालिका चर्चा कमाइरहेकाे यूथ भिजन कृषि सहकारी संस्था लिमिटेडलाई सुचिकृत गरिएको छ ।

सहकारीले किसानहरूलाई अनुदानमा उपलब्ध गराइने डीएपी र युरिया मल निश्चित मूल्यमा विक्रीवितरण गर्नेछ । मलको मूल्य सूची: डीएपी मल प्रति बोरा २,९०० रुपैयाँ । युरिया मल प्रति बोरा १,४५० रुपैयाँ ।

सहकारी संस्थाले मल व्यवस्थापन समितिको मूल्य निर्धारणअनुसार यो सेवा उपलब्ध गराउने जनाएको छ । किसानहरूले मल प्राप्त गर्नका लागि आफ्नो नागरिकता र मल प्रयोग गर्ने जग्गाको लालपुर्जा पेश गर्नुपर्नेछ ।

सहकारीका सचिव रूपक श्रेष्ठले सबै किसानहरूले यो अवसरलाई सदुपयोग गर्न आग्रह गर्नुभएको छ । यस सूचना सार्वजनिक भइसकेको छ, र किसानहरूलाई छिटोभन्दा छिटो आवेदन दिन अनुरोध गरिएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?