ज्ञान र व्यवहारबारे क्रान्तिकारी दृष्टिकोण
भक्तबहादुर श्रेष्ठ ज्ञान र व्यवहारबारे प्रस्ट नभइकन हामीले कुनै पनि क्रान्ति सफल पार्न सक्दैनौं । ज्ञान र व्यवहारको घनिष्ठ संयोजनद्वारा नै क्रान्तिकारी दिशालाई अघि बढाउन सक्छौ। त्यसोभए ज्ञान भनेको के हो र यो कसरी प्राप्त हुन्छ ? प्रायः गरेर मानिसहरू ज्ञान भन्ने कुरा देवी देनबाट प्राप्त हुन्छ भन्ने कुरा मान्दछन् । दैवीज्ञान प्राप्त मानिसहरू नै विद्वान र बुद्धिमान हुन्छन्, तिनीहरूहरूले नै समाजलाई विकास गराउँछन् भन्ने पनि कतिपयको धारणा छ। अर्का थरी चाहिँ वस्तु अथवा पदार्थद्वारा नै विचार बन्दछ र त्यसैअनुरूप कालान्तरमा स्वतःस्फूर्त रूपमा ज्ञानको विकास हुँदैजान्छ भन्छन्। उनीहरू विचार र ज्ञानलाई वस्तुको यान्त्रिक प्रतिछायाँ बनाउँछन् । यो धारणा यान्त्रिक भौतिकवादी…