जनयुद्ध एक विष्लेषण
नेपाली समाजको आमूल परिवर्तनको निम्ति आजभन्दा करीव ३ दशक अघि जनयुद्ध थालिएको २८ वर्ष पुरा हुँदैछ । नेपाली इतिहासकै सवैभन्दा व्यवस्थित योजनाबद्ध विद्रोह थियो जनयुद्ध जसको लक्ष्यले पूर्णता नपाउँदै पराजयको सामना गर्नपुग्यो । जनयुद्ध थालनीयता ३ काल स् जनताको विजय र उत्साहकाल ९२०५२–२०६२०, शान्तिसम्झौता काल ९२०६२–२०७२० र प्रतिक्रान्ति काल ९२०७२–२०८०० राजनीति, समाज, राष्ट्रिय स्वाधीनताको दृष्टिले नेपाली समाजले गुजारिसकेको छ । आफ्नो महान् थालनीमा ‘‘ प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ ।’’, ‘‘राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरौँ ।’’ भन्ने नाराका साथ आम जनसमुदायलाई विद्रोहको अधिकार प्रयोग गर्न आदेश गर्ने मूल नेतृत्व (प्रचण्ड–बाबुराम) ले जुन…