नयाँ बर्ष 2081 को शुभकामना

नेपाली दिदि बहिनी तथा दाजुभाईहरु बिक्रम संवत् 2080 लाई अतीत र इतिहासको पानामा पल्टाउदै हामी नयाँ बर्ष 2081को वर्तमानमा आई पुगेका छौं नयाँ बर्षको प्रारम्भमा हामी हाम्रा देशबासी र वाध्ताबश विदेशी भूमिमा रहनुभएका नेपाली दाजभाइ दिदी बहिनी हरूलाई संझेर सुख शान्ति तथा समुन्नतिको कामना गर्दछु।

वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु भित्ताको पात्रो फेरिएपछि जनजिवनमा स्तर बृद्धि पनि हुनु पर्दछ । तर चर्को नारा गहकिला आशा आश्वासन तथा अर्थहीन परिवर्तन वा रपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पानं सकेको छैन । चिन्ताको विषय हाम्रो यो हो प्यारो मातृभूमि नेपाल त्रिपक्षीय महाशक्तिहरुवीचको शिखर आभूषण को रुपमा रहेतापनि आफ्नै भू बनोट सामाजिक संरचना गोरवपूर्ण इतिहास मौलिक मूल्य मान्यता तथा परम्पराले गौरवान्वित रही आएको छ ।

लेखक : संजाेक थापा

सबैराष्ट्र सबै समुदाय मिलेर रहुन् कतै अशान्ति नहोस् र कोही कसैमा विभाजन विभेद नरहोस् भन्ने हाम्रो मान्यता हो छिमेकी मित्र राष्ट्रहरुप्रति हामीले अवलम्वन गर्ने नीति तथा व्यवहारले हाम्रो उन्नति प्रगतिलाई मात्र प्रभावित गदैन मुलुकको स्थायित्व शान्ति र राष्ट्रिय अस्मिता समेतमा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई संझेर हामी सदैब चनाखो हुनुपर्दछ यही भावनालाई आत्मसात गर्दै नेपाल शान्ति भूमि बन्न साकेस् भन्ने आकांक्षा हामीले राखेका हौं । तर आज नेपाल केहीसंग कतै टासिएर कसैप्रतिको दूरभाव राख्ने मागंतफ लाग्यो कि भन्ने जुन धारणा उत्पन्न भएको छ त्यो आफैमा आत्महिनताको विषय वन्न गएको छ ।

हाम्रो अर्थविद्हरु तथा उद्यमीहरुले गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएको चिन्ता गरिरहेका छन् नेपालीको घर घरमा बढ्दो महगी र थपिदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको दुखेसो छ। नेपाली सबैको भलो होस् सबै नेपालीको सपना साकार होस् र प्रयेक प्रयास उपलधिमा परिणत होस् यहि मेरो अभिलासा हो । लेखक : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता युवा नेता हुनुहुन्छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?