राष्ट्रिय

चितवनमा मनाइयाे १५५औं लेनिनको जयन्ती तथा पार्टीको ७६औं स्थापना दिवस

चितवनमा मनाइयाे १५५औं लेनिनको जयन्ती तथा पार्टीको ७६औं स्थापना दिवस

काठमाडौं : रुसी क्रान्तिका नेता तथा सर्वहारा वर्गका गुरु लेनिनको १५५औं जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवस क्रान्तिकारी कम्युनिस्ट पार्टी, चितवन जिल्ला समितिले एक कार्यक्रमको आयोजना गरी मनाएको छ । पार्टीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी महिला संगठन, नेपालका केन्द्रीय संयोजक अम्बिका मुडभरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य तथा चितवन जिल्ला संयोजक बिकासले गर्नु भएको थियो । कार्यक्रममा चितवन जिल्ला इन्चार्ज ध्रुब, सहिद परिवारका तर्फबाट सहिद अनिस कुवरका बुवा खड्ग बहादुर कुवर, केन्द्रीय सल्लाहकारहरु दिवाकर न्यौपाने , बाबुराम प्यासी परियार , जिल्ला सल्लाहकार समितिको अध्यक्ष इश्वरी ओझा सहितका नेता कार्यकर्ता सहभागी कार्यक्रममा लेनिनका योगदानहरुको चर्चा गरिएको…
Read More
क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

क्रान्तिप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे प्रतिबद्धता

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गरेको छ । वक्तव्यमा नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता व्यक्त गरिएको छ ।पार्टी प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा भनिएको छ, “लेनिनको जन्म दिवस तथा पार्टी स्थापना दिवसको अवसरमा हामी देश, जनता, माक्र्सवाद–लेनिनवाद–माओवाद, नेपाली क्रान्ति तथा आमूल परिवर्तनप्रति प्रतिबद्ध रहँदै यी कठिन कार्यहरुलाई पुरा गर्न प्रतिबद्ध छौ । पार्टी स्थापनाका स्थापित प्रतिबद्धतालाई पुरा गर्ने र नेपाली जनताको पूर्ण मुक्ति नहुँदासम्म संघर्षरत रही नयाँ व्यवस्था स्थापना गर्ने प्रण गर्दछौं ।” यस्तो छ वक्तव्यको पूर्णपाठ :“विक्रम सम्बत २००६ साल वैशाख १० गते लेनिन दिवसको अवसरमा…
Read More
‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

‘साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया भाेली हुने

लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको अन्तरक्रिया कार्यक्रम काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १५५ औं लेनिन जयन्ती तथा ७६ औं पार्टी स्थापना दिवसको सन्दर्भ पारेर अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । बैशाख १० गते अर्थात् अप्रिल २२ मा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले “साम्राज्यवादी युृगमा लेनिनवादी दर्शनको महत्व’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको हो । पार्टी कार्यालय कुपण्डोलमा दिनको १२ बजेदेखि सुरु हुने कार्यक्रमलाई पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ लगायत शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टीले प्रत्येक वर्ष बैशाख १० अर्थात् अप्रिल २२ मा विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरी लेनिन जयन्ती…
Read More
अखिल (क्रान्तिकारि)ले शिक्षा निर्देशिका विपरीत शुल्क लिएकोप्रति २४ घण्टे अल्टिमेटम

अखिल (क्रान्तिकारि)ले शिक्षा निर्देशिका विपरीत शुल्क लिएकोप्रति २४ घण्टे अल्टिमेटम

सुर्खेत ; क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अनेरास्ववियु क्रान्तिकारी ले शिक्षा निर्देशिका विपरीत शुल्क लिएको प्रती अनेरास्ववियुले २४ घण्टे अल्टिमेटम दिएको हो । नयाँ शैक्षिकसत्र सुरुवात भए संगै तमाम खाले विकृती विसंगति भएको ठहर गर्दै अनेरास्ववियु क्रान्तिकारीले सच्चिन अल्टिमेटम दिएको जनाएको छ । बुधबार अनेरास्ववियु क्रान्तिकारी ६ नम्बर प्रदेश समितिले एक प्रेस बिज्ञपति जारी गर्दै चेतावनी दिएको हो । शिक्षा आमनागरिकको मौलिक र नैसर्गिक अधिकार भएको ले यसको पुर्ण दायित्व राज्यले बेहोर्नु पर्ने स्पष्ट धारणा हुदाहुदै विभिन्न बाहानामा संस्थागत बिध्यालयहरुले प्रत्येक बर्स भर्ना शुल्क लिने , टाइ बेल्ट ड्रेस र किताबमा कमिसन खाएर एउटै ठाउँबाट किन्न बाध्य पार्ने जस्ता विषयले…
Read More
सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

सहकारी ठगको संरक्षणमा प्रधानमन्त्री प्रचण्ड सरकार

काठमाडौँ : जनसर्वसाधारणले निकै दुःख कष्ट गरेर खाइ नखाइ सहकारीमा बचत गरेको रकममा व्यापक हिनामिना, अपचलन, दुरुपयोग र ठगी गरिएको छ । पीडितहरुले आफ्नो बचत फिर्ता गराइदिन हारगुहार गरे, चरणबद्ध आन्दोलन गरे तर राज्य पीडितलाई न्याय दिलाउन होइन, पीडकहरुकै संरक्षणमा उत्रिएको छ । यतिबेला पीडकमध्येका एक मानिएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने सरकारको उपप्रधान तथा गृहमन्त्री छन्, उनैको संरक्षण सरकार लागेको छ । सहकारी पीडितहरु महिनौदेखि सडक संघर्षमा छन्, तर सरकार उनीहरुको आवाज सुन्दैन । सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद् अधिवेशन अन्त्य गरिदिएको छ । सत्तास्वार्थका लागि एमाले, माके…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी २ नं. प्रदेशकाे जातीय मोर्चाहरुको प्रदेश-जिल्ला समितिहरु गठन

क्रान्तिकारी कम्युनिस्ट पार्टी २ नं. प्रदेशकाे जातीय मोर्चाहरुको प्रदेश-जिल्ला समितिहरु गठन

बर्दिबास : प्रदेश नं. २ को महोत्तरी जिल्लाको बर्दिबासमा क्रान्तिकारी कम्युनिस्ट पार्टी समर्थित अखिल नेपाल आदिवासी जनजाति महासंघको छाता संगठन अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा र अखिल नेपाल थारु राष्ट्रिय मुक्तिमोर्चाको २ नं. प्रदेश स्तरीय संयुक्त भेला सम्पन्न भयो ।उक्त भेला अखिल नेपाल आदिवासी जनजाति महासंघको केन्द्रिय कोषाध्यक्ष भरत बुर्जा मगरको प्रमुख आतिथ्यतामा समपन्न गरिएको थियो । महासंघको केन्द्रिय सदस्य तथा २ नं.प्रदेश संयोजक तुन बहादुर बलम्पाखीको अध्यक्षता र संचालनमा सम्पन्न गरीएको उक्त भेलाले निम्न अनुसारको अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चाका प्रदेश कमिटी निर्माण गरेको छ, जसमा संयोजकः– इन्द्र बहादुर जर्धा मगर र सदस्यहरुमा लालकृष्ण रानामगर, नरमाया राना…
Read More
संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

संसदीय राजनीतिमा किन फर्किए विप्लव ?

काठमाडौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले वैशाख १५ गते इलाम–२ मा हुन लागेको उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गर्‍यो । चैत २४ गते उम्मेदवार मनोनयन दर्ताको दिन एमाले, माओवादी, नेकपाको जिल्ला समितिले नेम्वाङलाई समर्थन गर्ने भन्दै संयुक्त वक्तव्य जारी गरेको थियो । हाल विप्लव नेतृत्वको नेकपा संसदीय राजनीति बाहिर छ । २०६९ साल असारमा तत्कालीन एकीकृत नेकपा (माओवादी)बाट मोहन वैद्यसँगै विप्लव अलग भएका थिए । त्यसयता संसदीय निर्वाचन बहिष्कार गर्दै आएको नेकपाले संसद्वादी दल एमालेका उम्मेदवारलाई समर्थन गरेपछि विप्लव र नेकपाको आगामी यात्राबारे विश्लेषण हुन थालेको छ । अहिले विप्लव माओवादीसहित चार दलीय समाजवादी मोर्चाका संयोजक…
Read More
रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

रविको सहकारी ठगी प्रकरणमा संसदमा नौटंकी

काठमााडौं : रवि लामिछाने पहिलोपटक गृहमन्त्री हुँदा दोहोरो नागरिकता र दोहोरो पासपोर्ट काण्डमा चोख्याइए । दोस्रो पटक गृहमन्त्री हुँदा अहिले सर्वसाधारण जनताले सहरकारीमा जम्मा गरेको करोडौ रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछानेलाई चोख्याउन एमाले–माओवादीका नेताहरु मात्रै होइन, सिंगै राज्यसंयन्त्रको दुरुपयोग गरिएको छ । यहाँसम्म कि संसदको प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्करणमा संसदीय छानबिन समिति बनाउन माग गर्दा पनि सत्तारुढ एमाले माओवादी पार्टीका नेताहरु तयार देखिएका छैनन्, रवि लामिछाने नेतृत्वको रास्वपाको त परको कुरा । यति धेरै विवादित हुँदा पनि रवि लामिछानेले नैतिकताको आधारमा राजिनामा दिन आवश्यक ठानेका छैनन् । उनले राजिनामा दिए सत्ता ढल्ने सबैभन्दा ठूलो पीर एमाले–माओवादी…
Read More
सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन अध्यक्ष किरणकाे आव्हान

सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध हुन अध्यक्ष किरणकाे आव्हान

नेपालगन्ज,बाँके : बाँकेकाे नेपालगन्ज स्थित स्वस्तिक कटेज सुर्खेत रोड पुगेर एउटा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मोहन वैद्य किरणले नवउदारवादी नीतिलाई अँगालेर समाजवादको कुरा गर्नेहरु कम्युनिस्टको आवरणमा बदमास भएको टिप्पणी गर्नुभएको छ । उहाँले नवउदारवादी नीतिलाई अँगालेर कम्युनिस्टहरुले भन्ने गरेको वैज्ञानिक समाजवादमा पुग्न नसकिने स्पष्ट विचार व्यक्त गर्नुभएको छ । कमरेड हर्कबहादुर शाहीको स्मृति दिवसको सन्दर्भ पारेर “जनआन्दोलन दिवस र कम्युनिस्टहरु’ शीर्षकमा राखिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष समेत रहनु् भएका कमरेड किरणले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले संयुक्त जनआन्दोलन गरेर पञ्चायतलाई ढाल्ने, दीर्घकालीन किसान आन्दोलन गर्नुपर्ने लगायतका नीति र कार्यक्रमहरु कमरेड पुष्पलालका सही भएको…
Read More
हामी दुध बेच्छाैँ र काेकाेकला खान्छाैँ यही हाे दलाल पुँजीवाद : सुदर्शन, भिडियाेसहित

हामी दुध बेच्छाैँ र काेकाेकला खान्छाैँ यही हाे दलाल पुँजीवाद : सुदर्शन, भिडियाेसहित

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालय सदस्य तथा ३ नं. प्रदेश इन्चार्ज हेमन्त प्रकाश ओली 'सुदर्शन'ले बन्दुकले टिकेको राज्यसत्ता फाल्नका लागि बन्दुक नै उठाउन जरुरी रहेकाे बताएका छन् । चैत २४ अर्थात ३५औं जन आन्दोलन दिवसकाे अवसरमा पार्टीले काठमाडाैँकाे जनबहालमा आयोजना गरेकाे जन सभामा उक्त कुरा बताएका हुन् । उनले भने, 'तत्कालीन प्रधानमन्त्री प्रचण्डले प्रधानसेनापति रूक्माङ्गद कटवाललाइ हटाउन खाेजेकाे थियाे त्याे हटाउन सकेन बरू रूक्माङ्गद कटवालले चण्डलाइलाइ नै हटाइदियाे त्यसैले राज्यसत्ता नै परिवर्तण गर्नु पर्छ ।' भिडियाेसहित https://www.youtube.com/watch?v=2YexG1BUZPo
Read More