राष्ट्रिय

‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

‘कञ्चन समूहले दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन अवलम्बन गरेकोले पार्टीबाट निष्कासन’

धर्मेन्द्र बास्तोला 'कञ्चन' काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले शनिबार एक प्रेस वक्तव्य जारी गरी ‘कञ्चन समूह’लाई दक्षिणपन्थी संशोधनवाद परस्त चिन्तन तथा प्रवृत्ति अवलम्बन गरेको भन्दै पार्टीबाट निष्कासन गरेको जनाएको छ । वक्तव्यमा कञ्चन समूहले दावी गरेजस्तो पार्टी एकता असफल नभएको समेत स्पष्ट पारेको छ । पार्टी संयोजक किरणले जारी गरेको वक्तव्यमा भनिएको छ, “पार्टी एकतामा केही अवरोध पैदा भए पनि कमरेड कञ्चनले भनेझैं पार्टी एकता असफल भएको छैन । कतिपय कमरेडहरुले बहिर्गमनको बाटो पकडे पनि पूर्व नेकपा (बहुमत) को एउटा महत्वपूर्ण हिस्सा अर्थात् केन्द्रीय कार्यालयदेखि सचिवालय तथा एकता महाधिवेशन आयोजक समिति हुँदै प्रदेश, जिल्ला तथा पालिका तहसम्मका जिम्मेवार कमरेडहरु…
Read More
बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, कर्णाली र…
Read More
आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

आज पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी, बागमती, लुम्बिनी कर्णाली र…
Read More
उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने ।

उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने ।

काठमाडौँ, साउन ८ गते । ट्रङ्क तथा डेडिकेटेड लाइन उपयोग गरेबापत उद्यमीले तिर्नुपर्ने महसुल असुल हुने प्रधानमन्त्री केपी ओलीले बताउनुभएको छ । प्रधानमन्त्री ओलीले प्रयोग गरेको रकम असुल गर्नुपर्नेमा सरकार कुनै दुविधामा नरहेको बताउनुभएको छ ।  प्रतिनिधि सभामा जवाफका क्रममा ओलीले व्यवसायी र नेपाल विद्युत् प्राधिकरणबिचको विवाद संवादका माध्यमबाट टुङ्गो लगाउनुपर्ने पक्षमा सरकार रहेको पनि प्रस्ट पार्नुभयो । ओलीले आफूले मिनाहाको पक्षमा कुनै अभिव्यक्ति नदिएको समेत बताउनुभयो ।  विद्युत् महसुल मिनाहाको पक्षमा धारणा राखेको भन्ने भनाइ भ्रामक रहेको प्रधानमन्त्रीको भनाइ थियो । “विद्युत् महसुल ट्रङ्क लाइनसम्बन्धी अथवा डेडिकेटेड लाइनसम्बन्धी महसुल तिर्नुपर्ने र नतिर्नुपर्ने तर्क भइरहेका छन् । उद्यमी, व्यवसायी र विद्युत् प्राधिकरणबिचको…
Read More
म्याग्दीमा पहिराले माेटरसाइकल पुर्याे ।

म्याग्दीमा पहिराले माेटरसाइकल पुर्याे ।

म्याग्दी, साउन ६ गते । कालीगण्डकी कोरिडोरअन्तर्गतको अन्नपूर्ण गाउँपालिका–७ महाभिरमा शनिबार राती खसेको पहिरोले मोटरसाइकल पुरेकाे छ । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने सडकमा खसेकाे पहिरोले मोटरसाइकलमा क्षति पुर्याएकाे छ भने चालक सकुशल रहनुभएको छ । म्याग्दी सदरमुकाम बेनी देखि अन्नपूर्ण गाउँपालिका–५ शिखरतर्फ जाँदै गरेको ध २ प ६०३३ नम्बरको पल्सर कम्पनीको २२० सिसिको मोटरसाइकल गुडिरहेको अवस्थामा एक्कासि पहिरो खसेर पुरिएको थियो । मोटरसाइकलका चालक अन्नपूर्ण गाउँपालिका–५ का ४४ वर्षीय बाबुराम गर्बुजा भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ । प्रहरीका अनुसार पहिरो झर्न थालेपछि मोटरसाइकल त्यहीँ छाडेर चालक भागेका थिए । 
Read More
राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठक सम्पन्न

राष्ट्रिय क्रान्तिकारी मोर्चाको बैठक सम्पन्न

काठमाडौं : राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको बैठक अध्यक्ष सन्तबहादुर नेपालीको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । देशमा प्राकृतिक प्रकोपबाट मृत्यु भैरहेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति तथा घाइतेहरुको स्वास्थ्य उपचारको माग गरेको छ । त्यस्तै गरी समयमै जनताको जीउधनको सुरक्षाको लागि सरकारको ध्यानाकर्षण गराएको छ । अमेरिकी सहयोगमा इजरायलले प्यालेस्टाइनी जनता तथा भूमिमाथि भैरहेको आक्रमणको घोर भत्र्सना गर्नुका साथै त्यसको विरोधमा श्रावण १३ गते काठमाडौंमा विरोध कार्यक्रमको आयोजना गरेको छ । बैठकले वर्तमान राजनीतिक परिस्थितिका बारेमा निर्णय गरेको संयोजक सन्तबहादुर नेपालीद्वारा श्रावण १ गते जारी प्रेस विज्ञप्तीमा जनाइएको छ । विज्ञप्तीमा अगाडि भनिएको छ–राष्ट्रिय…
Read More
पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

पार्टी एकता कायम राख्न र विचारधारात्मक संघर्षबाट नभाग्न कञ्चनलाई किरणकाे अनुरोध

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समितिका संयोजक मोहन वैद्य किरणले पार्टीलाई एकताबद्ध राख्न समग्र पार्टी पंक्ति, जवस मोर्चालाई अनुुरोध गर्नु भएको छ । संयोजक किरणले गुटवाद र फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध राख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्नु भएको छ । २०८१ श्रावण १ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सहसंयोजक धर्मेन्द्र बास्तोला (कञ्चन) ले एकता प्रक्रिया असफल भएको घोषणा गरेपछि संयोजक किरणको उक्त अनुरोध सहितको वक्तव्य प्रकाशित भएको हो । २०८१ श्रावण २ गते पार्टीका संयोजक किरणले जारी गरेको वक्तव्यको पूर्ण पाठ यस प्रकार छ ः“अनुकूल…
Read More
जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

जनगणतान्त्रिक संविधान निर्माणका लागि आवाज बुलन्द गर्न मोहन वैद्य किरणको आव्हान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका संयोजक मोहन वैद्य किरणले प्राकृतिक प्रकोपबाट पीडित जनताले सरकारबाट अभिभावकत्वको अुनुभूति गर्न नपाएको उल्लेख गर्दै पछिल्लो विकसित राजनीतिक परिस्थितिबारे पार्टीको धारणा सार्वजनिक गर्नुभएको छ । प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै प्रेस वक्तव्यमा घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । साथै, घर पहिरोमा पुरिएपछि त्यसबाट बचेकाहरुको बसोबास तथा खानपानको अविलम्ब व्यवस्था गर्न र घाइतेहरुको निशुल्क उपचार गर्न नेपाल सरकारसँग जोडदार माग गर्नुभएको छ । वक्तव्यमा भनिएको छ, “हिजो असार ३० गतेसम्म बाढी–पहिरो लगायतका विपदमा परी देशभरिबाट १०८ जना नेपालीले आफ्नो ज्यान गुमाएका छन् र घाइते हुनेको कुनै लेखाजोखा छैन । सिमलताल…
Read More
तोकिएको समयमा फर्किएका श्रमिक पुनः जान पाउने ।

तोकिएको समयमा फर्किएका श्रमिक पुनः जान पाउने ।

काठमाडौँ, असार ३१ गते ।इपिएस मार्फत दक्षिण कोरिया गई तोकिएको समयमा फर्किएका श्रमिक पुनः जान पाउने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचना प्रकाशित गरेर कोरिया गएर फर्केका श्रमिकलाई पुनः काममा पठाउनका लागि आवेदन आह्वान गरेको हो । इपिएसमार्फत कोरिया गएको र सन् २०१० जनवरी १ पछि भिसा अवधिभित्रै स्वैच्छिक रूपमा नेपाल फर्केकाले मात्रै आवेदन दिन पाउने छन् । त्यस्ता श्रमिकले कोरियाको उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा जान पाउने छन् । उत्पादनमूलक क्षेत्रमा फाराम भर्न चाहनेले फाराममा उल्लेख भएका आठ वटा समूहमध्ये जुन उपसमूहमा फाराम भर्ने हो सोही उपसमूहसँग सम्बन्धित आठ वटा प्रश्नको उत्तर दिनुपर्ने…
Read More
केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

केपीओलीको मन्त्रिपरिषद्मा नयाँ अनुहारका मन्त्री ।

चाैथाे पटक प्रधानमन्त्री बनेका केपी शर्माओलीको मन्त्रिपरिषद्मा अनुभवी तथा नयाँ अनुहारका मन्त्रीहरूले स्थान पाएका छन् । कांग्रेसले पठाएका १० जना मध्ये ५ जना पुराना र ५ जना नयाँ मन्त्री पठाएको छ । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरेका प्रकाशमान सिंह पहिले पनि उपप्रधानमन्त्री बनिसकेका व्यक्ति हुन उनी उपप्रधानमन्त्री सहित शहरी विकासमन्त्री बनेका छन् । अहिलेको कांग्रेस-एमाले गठबन्धन बनाउन कांग्रेसको तर्फबाट भूमिका खेलेका पात्र हुन गृहमन्त्री बनेका रमेश लेखक । सो भूमिका खेलेपछि उनी मन्त्री बन्ने निश्चितप्राय: थियो । उनी यसअघि राज्यमन्त्री र मन्त्री भइसकेका थिए ।    देउवापत्नी आरजु राणाले परराष्ट्रमन्त्रालयको जिम्मेवारी पाएकी छिन् । ऊर्जा मन्त्री दीपक खड्का राज्यमन्त्री बनीसकेका व्यक्ति हुन् ।…
Read More