एकता समाजका केन्द्रीय सदस्य मनोहर पौडेलको विदाई कार्यक्रम सम्पन्न
हैदरावाद : अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिको आयोजनामा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रिय समितिका सचिवालय सदस्य मनोहर पौडेलको आफुले काम गर्ने कम्पनीबाट अवकाश लिएर सदाकोलागि स्वदेश जानुहुने भएकोले मिति २०२५ डिसेम्बर ७ का दिन विदाइ कार्यक्रम सम्पन्न भएको छ ।विदाई कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मध्य दक्षिण क्षेत्रिय समितिका सदस्य केदारनाथ शर्माले गर्नु भएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई मध्य दक्षिण क्षेत्रिय समितिका उपाध्यक्ष राजेन्द्र धिमालले शब्द द्वारा स्वागत मन्तव्य राख्नुभएको थियो। मनोहर पौडेललाई माल्यार्पण गर्नु हुनेमा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज…