अमेरिकालाई रूसले दिए परमाणु पोसाइडन टोरपीडोको परीक्षणबाट जबाफ

काठमाडौँ : रूसले अर्को नयाँ परमाणु क्षमतायुक्त टोरपीडो ‘पोसाइडन को सफल परीक्षण गरेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो हतियारले समुद्रमा रेडियोएक्टिभ (रेडियोधर्मी) लहरहरू पैदा गर्न सक्ने र त्यसबाट तटीय क्षेत्रमा बसेका ठूला शहरहरू पलभरमै बसोबास गर्न लायक नरहने गरी ध्वस्त पार्न सक्ने दाबी गरेका छन्।

यो टोरपीडो पनडुब्बीबाट छोडिन्छ, जुन पूर्ण रूपमा स्वचालित हुन्छ र आणविक हतियार बोक्न सक्छ।

राष्ट्रपति पुटिनले पोसाइडनको शक्ति रूसको सबैभन्दा शक्तिशाली मिसाइल ‘सरमत’ भन्दा पनि बढी रहेको जिकिर गरेका छन्।

उनले युक्रेन युद्धमा घाइते सैनिकहरूसँगको भेटमा यसको जानकारी दिँदै विश्वमा यस्तो अर्को कुनै हतियार नभएको दाबी गरे।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?