भारतीय लोकसभा निर्वाचन : भाजपाको लोकप्रियता घट्यो
काठमाडौँ : भारतीय लोकसभा निर्वाचन–२०२४ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटमा भएको निर्वाचनमा सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)को लोकप्रियता घटेको देखिएको छ । २०१९ मा सम्पन्न निर्वाचनमा ३०३ सिट जितेको भाजपाले हाल केवल २४० सिटमा मात्र विजयी भयो । पार्टीले गएको चुनावको तुलनामा ६३ सिट गुमाएको हो । बहुमत गुमाए पनि भाजपा पहिलो दल बन्न भने सफल भएको छ । साथै भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई भने बहुमत प्राप्त भएको छ। यो गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ। गठबन्धन कायमै रहेमा मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ । यता प्रमुख…