अन्तर्राष्ट्रिय

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस्ताे पारित गर्याे १२ बुँदे समसामयिक प्रस्तावहरु

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले यस्ताे पारित गर्याे १२ बुँदे समसामयिक प्रस्तावहरु

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन आयोजक समितिको यही २०८१ साल वैशाख २६ देखि २९ गते सम्म काठमाण्डौँमा सम्पन्न भएको आकस्मिक बैठकले निम्नलिखित समसामयिक प्रस्तावहरु पारित गरेको छ । अन्तर्राष्ट्रिय सन्दर्भ मोहन वैद्य 'किरण', संयाेजक, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १. प्यालेस्ताइनी जनताहरुप्रति ऐक्यवद्धतागत २०८० असौज २० गते तदनुसार २०२३ अक्टोबर ०७ तारिखदेखि शुरु भएको हमास र इजायलका बीचमा चलेको युद्ध निरन्तर कायम रहेकोछ । शुरुवातमा हमासद्वारा इजरायलका विरुद्ध आक्रमण गरिएको भएता पनि त्यसपछि इजरायलले प्यालेस्ताइनी राज्यको एक क्षेत्र गाजापट्टीमा व्यापक सैन्य कारवाही चलाएर प्यालेस्ताइनी जनताहरुमाथि आमहत्या चाइरहेको छ र हजारौँ सर्वसाधारणको हत्या भएको छ । हाम्रो पार्टीले…
Read More
लक्ष्मी लेवट एरिया समिति गठन

लक्ष्मी लेवट एरिया समिति गठन

करण दयाल/बेङ्गलोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत लक्ष्मी लेवट एरिया समितिको पुर्नगठन मिति १५ अगष्ट २०२४ का दिन भएको छ । अखिल भारत नेपाली एकता समाज लक्ष्मी लेवटसमितिका पूर्व सदस्य गजेन्द्र पार्किको पहलमा र अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गणेश वि. क को विशेष उपस्थितिमा समितिको पुर्नगठन भएको हो । जसमा अध्यक्ष दिपक लुहार, उपाध्यक्ष मन्जु पार्कि, सचिव मिना वि. सहसचिव अजय सुनार,कोषाध्यक्ष गिता सुनार,सदस्यहरूमा , गजेन्द्र पार्कि, सुनिता सुनार, जानकी तिरूवा ,लक्ष्मी तिरूवा ,राम तिरूवा ,अविनाश लुहार, दिपक लुहार ,करन पार्कि, बिक्रम तिरूवा , हिमाल लुहार ,नवीन लुहार र दिपक पार्कि…
Read More
एकता समाजको भतुर एरिया संगठन समिति गठन

एकता समाजको भतुर एरिया संगठन समिति गठन

बैङ्गोलर, भारत : मिति ११ अगष्ट २०२४ का दिन अखिल भारत नेपाली एकता समाज बेङ्गलोर पूर्व नगर संगठन समिति अन्तरगत भतुर एरिया संगठन समिति गठन गरेको छ।अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य राजेश बिष्ट र तिल्सरा बिष्टको बिशेष पहलमा र अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव राम सिह बि क केन्द्रीय सदस्य गणेश बि क पूर्व नगर समितिका अध्यक्ष नारायण देवकोटा को बिशेश उपस्थितिमा व्हाइट फिल्डमा कार्यरत नेपाली हरुको बिच भेलागरि भतुर एरिया संगठन समिति निर्माण गरिएको छ ।जसमा१) अध्यक्ष बिक्रम बराल२) उपाध्यक्ष बसन्त जोशी३) सचिव बिजय बिश्वकर्मा४) सहसचिव अस्मिता महतरा५) कोषाध्यक्ष सोभा बराल६) सदस्य…
Read More
साम्यवाद किन उत्पन्न भयो ?

साम्यवाद किन उत्पन्न भयो ?

संसारमा विनाकारण कुनै काम हुन सक्दैन । पुँजीवाद पनि तब उत्पन्न भएको थियो, जब त्यसलाई उत्पन्न गराउने चीज उत्पन्न भएको थियो– अर्थात् (१) थोरै मेहनत या विना मेहनत धनी हुने मानिसको स्वभाविक इच्छा, (२) मेशिनहरुको आविष्कारद्वारा थोरै मेहनतबाट धेरै चीजहरु तयार गरेर सस्तो मोलमा बेचेर त्यसबाट फाईदा उठाउने सुविधा (३)मेशिनद्वारा बनेका चीजहरुद्वारा बजारमा प्रतिस्पर्धा गर्न नसक्नुको कारण स्वतन्त्र कालीगढको प्रतियोगिता खत्तम हुनु, (४) बढी जानकारीको आवश्यक नभइकन असहाय व्यक्तिहरुले पनि मेसिनद्वारा राम्रा चीजहरु बनाउन सक्नु । यस्तै प्रकारले साम्यवाद जसबाट यहाँ हाम्रो मतलव वैज्ञानिक साम्यवादसँग छ ः तव प्रकट भयो, जब त्यसलाई उत्पन्न गर्नेचाहिं कारण मौजुद भए ।जुन वस्तुमा मानिसको…
Read More
क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद

क्रान्तिकारी लफ्फाजीभित्र दक्षिणपंथी संशोधनवाद

“लुतो एउटा पिडादायी रोग हो । जब मानिसहरु क्रान्तिकारी लफ्फाजीको लुतोले ग्रसित हुन्छन् तब यो रोग देख्नेबित्तिकै असह्य पीडा हुन्छ”– लेनिन, लुतो– १९१८, प्रगति प्रकाशन मास्कोद्वारा १९६५ मा प्रकाशित लेनिन संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ २७, पृ.३६ । लेनिनले ब्रेष्टलितोभ्स्तक सन्धीका सन्दर्भमा ट्राट्स्कीपंथीहरुलाई लागेको क्रान्तिकारी लफ्फाजीको लुतोबारे चर्चा गर्दा माथि उद्धृत उद्धरण संश्लेषण गर्नुभएको थियो । ट्राट्स्की र बुखारिन रुपमा त क्रान्तिकारी तथा रुसको एक इन्च जमिन पनि जर्मनीलाई नदिएर सन्धी गर्न चाहने राष्ट्रवादी थिए भने सारमा जर्मनेली शासकहरुसँग मिलेर वैज्ञानिक समाजवादको शिशु हत्या गर्न चाहन्थे । लेनिन र स्टालिन सारमा क्रान्तिकारी हुनुहुन्थ्यो भने रुपमा तत्काल रुसको केही भू–भाग गुमाएर…
Read More
बंगलादेशमा प्रदर्शनकारीद्वारा देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण

बंगलादेशमा प्रदर्शनकारीद्वारा देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण

ढाका : बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ । देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ वा बीपीएसएले नचाहेर पनि आन्दोलनकारीमाथि दवावमा गोली चलाउनुपरेको जनाएको हो। बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गर्न अधिकारीलाई जिम्मेवार ठहर गरेको छ । बंगलादेशमा हजारौं प्रहरीको संगठन बीपीएसएले भनेको छ, 'देशले कानुन बनाउँछ र हामी लागू मात्र गर्छौं। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालन गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध।' शेख हसिनाले सोमबार राजीनामा दिएपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले…
Read More
युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

युएई नेपाली एकता समाजको पाँचौ केन्द्रीय भेला सम्पन्न

दुवई,युएई : युएई नेपाली एकता समाजको पाँचौ भेला ४ अगस्त २०२४ का दिन दुवईको सिल्भर स्पून रेस्टुरेन्टमा सम्पन्न भएको छ । भेलाको अध्यक्षता चन्दनी रेग्मीले गर्नु भएको थियो। अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाई शब्दबाट उपेन्द्र नेपाली र संगितबाट रक्तिम साँस्कृतिक अभियानद्वारा स्वागत गरिएको थियो। प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका प्रतिनिधि तथा आयोजक समितिका संयोजक बाबुराम रेग्मीले मैनबत्ती प्रज्वलन गरेर तालीको गडगडाहटमा पाँचौ केन्द्रीय भेलाको उद्घाटन गर्नु भएको थियो। उहाँले भेलाको औचित्यताबारे प्रस्ट पार्दै उपल्लो समितिमा रहेका केही अराजक, अनुशासन विहीन तत्वहरुले आफ्नो दक्षिणपंथी अभिष्ट पुरा गर्नको लागि विभिन्न बहानामा विधान विपरीत…
Read More
जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

जनताको मुक्तिको एकमात्र बाटो नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवाद हो : संयाेजक किरण

काठमाडाैँ : गत २०२२ को श्रीलंकाको जनविद्रोहलाई स्मरण गराउने गरी बांग्लादेश विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहका रुपमा विकसित भएपछि त्यहाँको सरकारका प्रधानमन्त्री शेख हसिना वाजेदले राजीनामा दिएर सेनाकै हेलिकप्टरमा भारत पलायन भएकी छन् र त्यहाँ तत्कालका लागि सेनाले सत्ता आफ्नो हातमा लिएको छ । सेना प्रमुखले विद्यार्थीका मागलाई संबोधन गर्ने, सर्वदलीय सरकार गठन गर्ने र त्यसैको नेतृत्वमा निर्वाचित हुने सरकारलाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका छन् । हुनत आन्दोलनको सुरुआत बंगलादेशको १९७१ का “स्वतन्त्रता” सेनानीका सन्तानलाई सरकारी सेवामा ३० प्रतिशत आरक्षण दिने संवैधानिक व्यवस्थाका विरुद्ध भएको थियो तर आन्दोलनमाथि सरकारको दमनका कारण भडकिएको विद्यार्थी आन्दोलनले देशव्यापी जनविद्रोहको रुपधारण गर्न पुग्यो ।…
Read More
‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस’

‘दक्षिण एसियाका शासकलाई बंगलादेशको सन्देश : जनतालाई तुच्छ र मूर्ख नठान्नुस’

‘विद्यार्थीले परिपक्व व्यवहार गरेका छन । हसिनाजस्ता शक्तिशाली व्यक्तिलाई त यसरी बाहिर निकाल्न सकिन्छ भने यो त भविष्यका सबै शासकहरूका लागि समेत एउटा पाठ हुनुपर्छ ।’ शाहिदुल आलमकाठमाडौँ : शाहिदुल आलम बंगलादेशका प्रख्यात फोटोपत्रकार तथा सामाजिक अभियन्ता हुन । उनलाई सन् २०१८ मा शेख हसिना नेतृत्वको सरकारले झुटो आरोपमा गिरफ्तार गरेको थियो । सडक सुरक्षाको सवालमा भएको विद्यार्थी आन्दोलनमा सरकार निर्मम रूपमा प्रस्तुत भएको आरोप लगाउँदै उनले अल जजिरा टीभीमा अन्तर्वार्ता दिनुका साथै फेसबुकमार्फत सरकारको विरोध गरेका थिए । त्यही निहुँमा उनलाई गिरफ्तार गरिएको थियो । उनै शाहिदुल आलमसँग बंगलादेशको पछिल्लो राजनीतिक अवस्थाबारे गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएकाे छ । तपाईंहरू बंगलादेशमा लोकतन्त्र, प्रेस…
Read More
चे ग्वेभाराको विद्रोही जीवन

चे ग्वेभाराको विद्रोही जीवन

चे ग्वेभारा विश्व विख्यात गोरिल्ला योद्दा हुन् । उनी संसारभरिका शोषितपीडित वर्गका लागि महान प्रेरणाका स्रोत हुन् । उनको नाम लिँदा पनि जनताका दुष्मनहरूको मुटु काँप्दछ । उनी एक महान अन्तरराष्ट्रवादी हुन् । उनले अर्जेन्टिनामा जन्मिएर क्युबाको क्रान्तिलाई सफल बनाएर बोलिभियामा लड्दा लड्दै ज्यान गुमाएका थिए । चेको जन्म १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भएको थियो । चे सानै देखि चिकित्सक बन्ने आकांक्षा बोकेका थिए । उनी अध्ययनका क्रममा चिकित्सक बने । समाजमा व्याप्त रोग,भोक,अन्याय ,अत्याचार देखेर उनी चिकित्सक पेशामा सीमित हुन सकेनन् । स्वास्थ्य सेवामा लागेर भन्दा अन्यायका…
Read More