दुवई,युएई : युएई नेपाली एकता समाजको पाँचौ भेला ४ अगस्त २०२४ का दिन दुवईको सिल्भर स्पून रेस्टुरेन्टमा सम्पन्न भएको छ । भेलाको अध्यक्षता चन्दनी रेग्मीले गर्नु भएको थियो। अतिथिको आसन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाई शब्दबाट उपेन्द्र नेपाली र संगितबाट रक्तिम साँस्कृतिक अभियानद्वारा स्वागत गरिएको थियो।
प्रमुख अतिथि अन्तर्राष्ट्रिय नेपाली एकता समाजका प्रतिनिधि तथा आयोजक समितिका संयोजक बाबुराम रेग्मीले मैनबत्ती प्रज्वलन गरेर तालीको गडगडाहटमा पाँचौ केन्द्रीय भेलाको उद्घाटन गर्नु भएको थियो।
उहाँले भेलाको औचित्यताबारे प्रस्ट पार्दै उपल्लो समितिमा रहेका केही अराजक, अनुशासन विहीन तत्वहरुले आफ्नो दक्षिणपंथी अभिष्ट पुरा गर्नको लागि विभिन्न बहानामा विधान विपरीत काम गरेर संगठनलई छिन्न भिन्न बनाउने काम गरेको तितो यथार्थ बताउनु भयो। कार्यक्रममा पूर्व महासचिव टिकाराम नेपालीले भन्नू भयो,ू आउनुहोस एकता समाजको गौरवमय इतिहासलाई जोगाऔ। युएई नेपाली एकता समाज युएई स्थित श्रमजीवी नेपालीहरुको संगठन हो । उपल्लो समितिका केही अराजक प्रवृत्ति बोकेका अराजकहरुको कुरा नसुनौ भन्दाभन्दै केही साथीहरू आत्तिएर एउटा गुट बनाउन जानुभयो। एकता समाजको विधान अन्तर्गत रहेर एकता समाजको गौरवशाली इतिहास कायम राख्ने उद्देश्यले विधि र प्रक्रिया अन्तर्गत ऐतिहासिक पाँचौ भेला सम्पन्न हुँदैछ । उहाँहरूले अनेकौं भ्रम छर्ने असफल प्रयत्न गर्नु भयो । उहाँहरुले आफैले आफैलाइ झन नंग्याउनुभयोू। उहाँले अगाडि थप्नु भयो,ू एकता समाजलाइ बारमबार भत्काउने तहसनहस पार्नेहरूलाइ एकता समाजको नाम ,लोगो र झन्डा प्रयोग गर्ने अधिकार छैन ।ू उहाँले पाँचौ भेलाको मूल नारा माथि चर्चा गर्दै स्वास्थ र शिक्षामा निजीकरण बन्द गरी राज्यले तिनलाई आफ्नो हातमा लिएर गुणस्तरीय शिक्षा र स्वास्थ राम्रो प्रबन्ध गर्ने हो भने देशका युवा शक्तिहरुको विदेश पलायन रोक्न सकिने बताउनु भयो । विश्व भरी छरिएर रहेका संपूर्ण श्रमजिबी नेपालीहरुलाइ आ(आफ्नो ठाउँबाट सरकारलाई दबाब बढाउन आह्वान गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि सगरमाथा साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष तथा साहित्य बार्ता स्रष्टा र सृजनाका संयोजक, साहित्यकार,चित्राकार कवि जीवित खड्का मगरले भेला सफलताको शुभकामना दिनुको साथै कम्युनिस्टहरु भौतिकवादी हौ कि अध्यात्मवादी छुट्टाउन सकिन भन्ने भावको कविता वाचन गर्नुभएको थियो।
अतिथि कवि गजलकार, व्यवसायी तथा केमरामेन नवीन कोइराला (कल यात्री ) ले पनि भेला सफलताको शुभकामना दिनुका साथै कविता वाचन गर्नुभएको थियो। त्यस्तै अन्य अतिथिहरु बाग्लुङ सेवा समाजका केन्द्रीय संरक्षक रत्न बिक, समाजसेवी यादव श्रेष्ठ , बुद्धिजीवी दिलघर्ती , पूर्व केन्द्रीय सदस्य शोब बहादुर परियार,रक्तिम कलाकार वसन्त सुनार,पूर्व केन्द्रीय सद्स्य रमेश सुनार,महिला समाज सेवी सुस्मा नेपाली लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो।
कार्यक्रममा देश विदेशबाट आएका शुभकामना पत्रहरु पढेर सुनाइएको थियो । युएई नेपाली एकता समाजका पूर्व अध्यक्ष मान बहादुर थापा, पूर्व अध्यक्ष कमल गिरि, पूर्व महासचिव देवेन्द्र बस्याल, अखिल भारत नेपाली एकता समाजका महासचिव महेन्द्र बस्याल, साउदीबाट जेबि फौजा मगर, कोरियाबाट कृष्ण पौडेल , बेल्जियमबाट राज बेल्बासेले शुभकामना सन्देश पठाउनु भएको थियो।
भेलामा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पूर्व महासचिव टिकाराम नेपालीले प्रस्तुत गर्नुभएको थियो भने सल्लाहकार जीवित खड्का मगरले प्यानल प्रताव प्रस्तुत गर्नुभएको थियो। भेलाले बावुराम नेपालीको अध्यक्षतामा १३ पूर्ण ५ वैकल्पिक र ३ सल्लाहकार गरी २१ सदस्यीय युएई नेपाली एकता समाज केन्द्रिय समितिको चयन गरेको छ।
अध्यक्ष (बाबुराम रेग्मी, उपाध्यक्ष ( दिल बहादुर घर्ती, उपाध्यक्ष ( रमेश सुनार, महासचिव (टीकाराम नेपाली, सचिव (उपेन्द्र नेपाली,सह सचिव ( वसन्त सुनार, कोषाध्यक्ष (नारायण केसी, सह कोषाध्यक्ष ( चम्पा रेग्मी, सदस्यहरू यादव श्रेष्ठ , राजेश रेग्मी, मिठु परियार, रमेश नेपाली, चन्द्र बहादुर बिक, वैकल्पिक सदस्यहरू लेखनाथ अधिकारी, प्रेम नेपाली, लब्ली खड्का २ स्थान रिक्त रहेका छन। सल्लाहकारहरू ( भानु शर्मा,जीवित खड्का मगर र रबिन कोइराला रहनु भएको छ । सबै समितिका सदस्यहरुको तर्फबाट अध्यक्ष बाबुराम रेग्मीले इमानदारिता र कर्तव्य निस्ठताको सफत लिनुभएको थियो भने नयाँ समितिलाई जीवित खड्का र रविन कोइरालाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो। कार्यक्रमको सन्चालन टिकाराम नेपालीले गर्नु भएको थियो ।