लक्ष्मी लेवट एरिया समिति गठन

करण दयाल/बेङ्गलोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत लक्ष्मी लेवट एरिया समितिको पुर्नगठन मिति १५ अगष्ट २०२४ का दिन भएको छ । अखिल भारत नेपाली एकता समाज लक्ष्मी लेवटसमितिका पूर्व सदस्य गजेन्द्र पार्किको पहलमा र अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गणेश वि. क को विशेष उपस्थितिमा समितिको पुर्नगठन भएको हो ।

जसमा अध्यक्ष दिपक लुहार, उपाध्यक्ष मन्जु पार्कि, सचिव मिना वि. सहसचिव अजय सुनार,कोषाध्यक्ष गिता सुनार,सदस्यहरूमा , गजेन्द्र पार्कि, सुनिता सुनार, जानकी तिरूवा ,लक्ष्मी तिरूवा ,राम तिरूवा ,अविनाश लुहार, दिपक लुहार ,करन पार्कि, बिक्रम तिरूवा , हिमाल लुहार ,नवीन लुहार र दिपक पार्कि रहेका छन् ।

समिति गठन पछि अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गणेश वि.क. ले एकता समाजको लक्ष्य उदेश्य बारेमा स्पष्ट पार्दै अखिल भारत नेपाली एकता समाजको झण्डामा गोलबन्द हुनु आह्वान गर्दै प्रशिक्षण दिएका थिए । र नव निर्वाचित समितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?