अन्तर्राष्ट्रिय

इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए, इरानले दिए यस्तो चेतावनी

इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए, इरानले दिए यस्तो चेतावनी

काठमाडौं : इजरायलले इरानमाथि अहिलेसम्मकै भिषण आक्रमण सुरु गरेको छ। गएराति इजरायलले गरेको भिषण हमला इरानको आणविक कार्यक्रम र वरिष्ठ सैन्य नेताहरूमाथि लक्षित गरी प्रहार गरिएको छ। र वरिष्ठ सैन्य अधिकारी र आणविक वैज्ञानीकहरू मारिएको जनाइएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो आक्रमण र युद्ध लामो समय सम्म चल्ने घोषणा गर्दै इरानलाई आणविक हतियार बनाउनबाट रोक्नका लागि थालिएको अहिले सम्मकै ठूलो कारबाही भनेका छन्। यस्तोमा मध्यपूर्वलाई नयाँ द्वन्द्व सुरु भएको छ र क्षेत्रीय शान्ति अनिश्चिततामा धकेलिएको छ। आइआरजीसी प्रमुख मारिए इजरायलको भिषण हमलामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) का प्रमुख जनरल होसेन सलामी मारिएको जनाइएको छ। उनी इरानका सबैभन्दा शक्तिशाली…
Read More
इजरायलद्वारा इरानमाथि फेरि गर्यो आक्रमण, जवाफी हमलाको डरले आपतकाल घोषणा

इजरायलद्वारा इरानमाथि फेरि गर्यो आक्रमण, जवाफी हमलाको डरले आपतकाल घोषणा

एजेन्सी : इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।  इजरायली सेनाका अधिकारीले इरान भरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले परमाणु वैज्ञानिकहरूले बताएको नतान्जमा रहेको इरानको मुख्य परमाणु विकास संरचना र इरानको ब्यालिस्टिक मिसाइललाई निशाना बनाएको बताएका हुन् ।  अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन् । इरानी प्रत्याक्रमणको आशंकामा इजरायलले आपतकालीन अवस्था घोषणा गरेको छ । इजरायलले इरानमा गरेको हमलापछि इरानले प्रतिशोध गर्ने आशंकामा विद्यालय, सामाजिक सभा र गैरआवश्यक कार्यमा प्रतिबन्ध लगाएको छ ।  इजरायलले…
Read More
महासचिव वसवराजुसहित २८जनाको हत्या विरुद्ध विश्वका ९ वटा कम्युनिस्ट पार्टीकाे संयुक्त वक्तव्य

महासचिव वसवराजुसहित २८जनाको हत्या विरुद्ध विश्वका ९ वटा कम्युनिस्ट पार्टीकाे संयुक्त वक्तव्य

कमरेड बसवराजु अमर छन् ! हामीले दुःखका साथ थाहा पायौं कि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव र अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अग्रगामी सेनामध्ये एक, नम्बल्ला केशव राव, “कमरेड बसवराजु” ले फासीवादी भारतीय सैन्य बलसँगको झडपमा २७ छापामारहरूसँगै आफ्नो ज्यान गुमाए । त्यही झडपमा परी भाकपा (माओवादी) का अर्का महत्वपूर्ण कार्यकर्ता सइजा नैस्वर रावले पनि आफ्नो ज्यान दिए । राज्यका सञ्चार माध्यमहरुले उनी युद्धभूमिमा मारिएका थिए भन्ने दाबी गरेका छन्, तर तिनीहरूले नेताहरूको मृत्युको बारेमा जनतालाई प्रायः भ्रमित गर्ने गर्छन् । विगतमा, तिनीहरूले कमरेड किसनजीलाई निर्ममतापूर्वक हत्या गरे र त्यसलाई मुठभेडमा मारिएको बताए । तर पछि त्यो नक्कली मुठभेड भन्ने साबित…
Read More
भाकपा (माओवादी) का महासचिव बासवराजुको हत्याले उब्जाएको प्रश्न

भाकपा (माओवादी) का महासचिव बासवराजुको हत्याले उब्जाएको प्रश्न

लेखकः रामबहादुर बुढा गत मई २१ का दिन भाकपा (माओवादी) का महासचिव नम्बला केशवराव (बासवराजु) सहित २७ जनालाई कथित मुठभेडको नाममा भारतीय मोदी सरकारले छत्तिसगढमा सामूहिक हत्या गरेको छ । भाकपा (माओवादी) ले सरकारसित वार्ता गर्ने प्रस्ताव अगाडि सारिरहेको परिस्थितिमा सामूहिक हत्या गर्नुले भारतमा फासिवादी शासन चलिरहेको प्रष्ट हुन्छ । यो घटनाले भारतीय शासक वर्गको कथित लोकतन्त्र माथि आमरुपमा प्रश्न उठेको छ । भारतीय कम्युनिस्ट आन्दोलनमा माओवादी आन्दोलनको विकास कसरी भयो भन्ने बारेमा संक्षिप्त जानकारी राख्दा छत्तिसगढको मई २१ को उक्त हत्याकाण्डलाई बुझ्न सजिलो हुनेछ । जसरी नेपालमा नेकपाको स्थापना १९४९ सेप्टेम्बर १५ मा भएको हो वा १९४९ अप्रिल २२…
Read More
भाकपा (माओवादी)का महासचिव वसवराजुसहित २८ जनाको हत्याकाे विराेधमा प्रदर्शन

भाकपा (माओवादी)का महासचिव वसवराजुसहित २८ जनाको हत्याकाे विराेधमा प्रदर्शन

जेष्ठ १४ , काठमाण्डौ ।क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटव्यूरो सदस्य परि थापाले भाकपा (माओवादी)का वासवराजु सहित २८ जनालाई मोदी सरकारद्वारा हत्या गरिनु नृशंस निन्दनीय र भत्र्सना योग्य घटना बताउनु भएको छ । थापाले यो घटना कम्युनिष्ट आन्दोलनमा क्षति भएको भन्दै क्षतिलाई उत्साहमा बदल्नु पर्ने आवश्यकतामाथि जोड दिनु भयो । सो कुरा थापाले राष्ट्रिय क्रान्तिकारी मोर्चाद्वारा काठमाण्डौ माइतीघरमा आयोजना गरिएको विरोध कार्यक्रममा बोल्दै बताउनु भएको हो । गत मइ २१ गते भारतीय मोदी सरकारका सुरक्षाकर्मीहरुले छत्तिसगढमा भाकपा –माओवादी महासचिव बसवराजु सहित २८ जनाको हत्या गरेका थिए । छापाहरुमा २७ जना भनिएको भएपनि भाकपा(माओवादी) २८ जनाको हत्या भएको बताएको छ । थापाले…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोले फासिबादी मोदि सरकारको गर्यो भन्डाफोर

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर ब्युरोले फासिबादी मोदि सरकारको गर्यो भन्डाफोर

प्रदिप अस्तानी/बनेपा,काभ्रे : काभ्रेको वनेपामा भाकपा(माओवादी ) महासचिव बसराजको हत्याको विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १० नम्बर व्यूरोको आयोजनामा फासीवादी मोदी सरकारको भन्डाफोर गर्दै विरोध कार्यक्रम सम्पन्न भएको छ । विरोध सभामा बोल्दै प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समिति सदस्य राम सिंह श्रीसले माओवाद अन्तर्राष्ट्रियवाद भएकोले कसैको हत्या गरेर विचार समाप्त नहुने बताउनु भयो। भारतीय कम्युनिस्ट पार्टी (माओवादी ) हाम्रो भाइचारा पार्टी भएकोले हत्याको विरोध गरेको बताउदै हत्याको विरुद्ध उभिन सबै क्रान्तिकारी जनतालार्इ आह्वान गर्नु भयो। कार्यक्रममा पार्टीका पोलिट्ब्युरो सदस्य तथा १० नम्बर ब्युराे इन्चार्ज सुरेश श्रेष्ठले भाकपा (माओवादी) महासचिव बसराजको हत्या युद्ध विरामको समयमा युद्धको नियम विपरित…
Read More
भारतीय जनयुद्धको विजययात्रालाई रोक्न सक्दैन, जनयुद्धले जित्नेछ ! – टीकेपी/एमएल

भारतीय जनयुद्धको विजययात्रालाई रोक्न सक्दैन, जनयुद्धले जित्नेछ ! – टीकेपी/एमएल

महासचिव बसवराजको हत्याविरुद्ध टर्कीको कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी)को वक्तव्य “अब दुखी हुने समय होइन, साथीहरू, आगो जस्तै उठ्ने समय हो !” (चारु मजुमदार) कामरेड बसवराजलाई रातो सलाम (लाल सलाम) !भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव र २६ माओवादी जनलहरका लडाकुहरू मे २१ मा, हामीले ठूलो क्रोधका साथ थाहा पायौं कि हाम्रो भगिनी पार्टी, भारतीय कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव बसवराज (नम्बाला केशव राव) र २६ माओवादी जनलडाकुहरूको भारतको छत्तीसगढ राज्यको अबुझमदको ग्रामीण इलाकामा माओवादी र फासीवादी भारतीय राज्यबीच भएको झडपमा हत्या गरिएको थियो । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको भावनामा, हामी भाकपा (माओवादी) को केन्द्रीय समिति, पार्टीका सदस्यहरू र लडाकुहरू, जनमुक्ति गुरिल्ला सेना…
Read More
भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिवको हत्याको विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा तीव्र निन्दा

भारतीय कम्युनिष्ट पार्टी (माओवादी)का महासचिवको हत्याको विरुद्धमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालद्वारा तीव्र निन्दा

काठमाडौं : मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माओवादी )का महासचिव क.नम्बाला केशव राव ‘वसवराज’ सहित २७ जना क्रान्तिकारी नेताहरुको यही मे २१ का दिन कायरतापूर्ण हत्या गरेको छ । सो हत्याको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले निन्दा एवम् भत्र्सना गरेको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव गौरवले पार्टीको तर्फबाट यही जेष्ठ ८ गते एक शोक वक्तव्य जारी गर्दै मोदी सरकारले कथित “अपरेशन कगार” नाम दिएर गरेको हत्याको विरोध गर्नुका साथै हत्याकाण्डमा शहादत प्राप्त सम्पूर्ण कमरेडहरुप्रति भावपूर्ण श्रद्धाञ्जली तथा सर्वहारा अन्तर्राष्ट्रिवादी लालसलाम अर्पण गर्नु भएको छ । वक्तव्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले “हाम्रो सरकार माओवादको खतरालाई निमूल पार्न प्रतिवद्ध छ”भनी सार्वजनिक…
Read More
हामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिब भाकपा (माओवादी)

हामी जनयुद्धको सफलताप्रति पूर्ण विश्वस्त छौं : बसबराज, महासचिब भाकपा (माओवादी)

(सन् १९५३ मा स्टालिनको र सन् १९७६ मा माओको मृत्यु भयो । त्यसपछि खु्स्चेवको नेतृत्वमा रुसले सारा समाजवादी मूल्यहरू ध्वस्त पार्दै सामाजिक साम्राज्यवादको बाटो समात्यो र यता चिनियाँ कम्युनिस्ट पार्टीले देङ सियाओ पिङको नेतृत्वमा  माओले अवलम्बन गरेको क्रान्तिकारी इतिहास र समाजवादी मूल्यमाथि धावा बोल्दै पुँजीवादी बाटो समात्यो ।  अहिले यसले  सामाजिक साम्राज्यवादी चीनका रूपमा विश्व कम्युनिस्ट आन्दोलनमा  परिचय बनाएको छ । अहिले विश्वमा  कहिँ पनि समाजवादी मुलुक नभए पनि मार्क्सवाद–लेनिनवाद–माओवादलाई  पथप्रदर्शक सिद्धान्त अँगालेर विश्वका क्रान्तिकारीहरू आआफ्नो देशको विशिष्टतामा साम्राज्यवाद र तिनका दलालहरूका साथै संशोधनवादी गद्दारहरूका विरुद्ध वर्गसङ्घर्ष र दीर्घकालीन जनयुद्धलाई अगाडि बढाइरहेका छन् । यसै अभियानको एउटा सशक्त प्रेरणादायी पार्टी…
Read More
भाकपा (माले) रेड स्टार युद्धको विपक्षमा

भाकपा (माले) रेड स्टार युद्धको विपक्षमा

काठमाडौं : भाकपा (मा ले ) रेड स्टार युद्धको विपक्षमा उभिएको छ । युद्धोन्मादलाई रोक लगाउन जनतासित आग्रह गरेको छ । युद्धबाट हैन जनताको एकजुटता र सामाजिक सौहार्दताबाट मात्र आतंकवादलाई परास्त गर्न सकिन्छ र एक व्यापक र शक्तिशाली युद्ध विरोधी जनआन्दोलनको निर्माण गरौं ! भन्दै उक्त पार्टीका महासचिव पी जे जेम्सले २०२५ मई ९ तारिखमा वक्तव्य जारी गरेका छन् । वक्तव्य यस प्रकार छ – “८ मई २०२५ को सर्वदलीय बैठकमा , सरकारले सैन्य कार्य अगाडि बढाउने उद्देश्य नरहेको स्पष्ट घोषणा गरेको थियो । यो पनि भनिएको थियो कि सरकार तनावपूर्ण स्थितिलाई बढ़ाउने पक्षमा छैन । तर पाकिस्तान र भारत पूर्ण…
Read More