नो किङ्गको व्यानरमा अमेरिका आन्दोलित

लेखक : सिपि शर्मा

संसारभरी एकछत्र दादागिरीको नाइके बन्ने अभिप्राय बोकेको ट्रम्प नेतृत्वको अमेरिका(युएसए) यतिबेला आफै आन्दोलनको चपेटामा परेको छ । करिव दुई साता अघिबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिविरुद्ध क्यालिफोर्निया राज्यको लसएन्जलसबाट शुरु भएको आन्दोलन यतिबेला ५० वटै अमेरिकी राज्यमा फैलिएको छ । अमेरिकी संघीय राजधानी वाशिंटन डि.सी., न्यूयोर्क, शिकागो, फ्लोरिडा, कोलोराडो न्यूजर्सी, पेन्सीलभजिया सियाटल, सनफ्रान्सीस्को, एटलान्टा, भर्जिनिया सहित देशका अधिकांश ठूूला शहरहरुमा व्यापक प्रदर्शनहरु हुने गरेका छन् । यो दुई साताको अवधिमा ५० वटै राज्यमा साना ठूला गरेर दुई हजार भन्दा बढी विरोध प्रदर्शनका कार्यक्रमहरु भएका छन् । उक्त विरोध प्रदर्शनमा लागेका मूल नाराहरु यस्ता छन् ःनो किङ्स,हेट वील नट मेक अस ग्रेट ,डिफेन्ड इमिग्रेसन फ्यामिलियर ।

यसबाहेक हजारौं प्लेकार्ड बोकेका नागरिकहरु दैनिक जसो ट्रम्पको विरोधमा प्रर्दशन गरिरहेका छन् । विरोध प्रदर्शन कार्यक्रममा राजनीतिक पार्टीहरु (अमेरिकी कम्युनिस्ट पार्टी, डेमोक्रेटिक पार्टी लगायत) टे«ड युनियन, अधिकारकर्मीहरु र ठूलो संख्यामा आप्रवासीहरुको सहभागिता रहेको देखिन्छ । प्रदर्शनमा अमेरिकी बाहेक मेक्सिकन झण्डाको अत्यधिक प्रयोग भएको पाइन्छ । प्रदर्शनकारीहरु विरुद्ध सुरक्षाकर्मीले रवरको गोली, अश्रुग्याँस र बलप्रयोग गरेर तितरवितर पार्ने र ठूलो संख्यामा गिरफ्तार गर्दै आएको छ । अहिलेसम्म एक हजारभन्दा बढीको गिरफ्तारी भैसकेको अवस्था प्रदर्शनकारीहरुले पनि प्रहरीमाथि ढुंगा, पानीको बोतल प्रहार गर्दै सडकमा आगजनी गरेर प्रदर्शन गर्दै आइरहेका छन् । प्रदर्शनकारी प्रहरीमाथि जाइलाग्ने गरेको अवस्था छ । अहिले पनि आन्दोलनमा केन्द्रविन्दु लसएन्जलस रहेको छ । यसैबीच मिनीसोटा राज्य सिनेटरको गोली हानी हत्या गरिएको छ । हत्या गरिएका सांसद डेमोक्रेटिक पार्टीका हुन । उक्त गोली प्रहारबाट उनका श्रीमानको पनि हत्या भएको छ । अरु २ जना घाइते भएका आन्दोलनको क्रममा अहिलेसम्म मानवीय क्षति भने नभएको भन्ने बुझिएको छ ।

जुन १४डिसीकोआर्मी परेड

सन् १७७५ मा अमेरिकी सेनाको स्थापना भएको र त्यसयता अमेरिकामा कुनै राज्य नभएको । ट्रम्पले आफूलाई संविधान । ऐन कानुन भन्दा माथि सम्झेर राजा हुन खोजेको जस्ता विषयलाई लक्षित गरेर प्रदर्शनकारीहरुले अमेरिकी सेनाको २५० औं वर्षगाँठको अवसर पारेर नो किङ्स सिन्स १७७६ भन्ने व्यानर समेत प्रयोग गरेको पाइयो ।जुन १४ कोडिसीको प्रदर्शनमा करिव २ लाख मान्छे सहभागी भएको अनुमान गरिएको छ ।

ट्रम्पको निरंकुशता, स्वेच्छाचारिता विरुद्ध सतहमा आन्दोलनमा नारा लागेतापनि यसको अन्तर्यमा अमरिकामा बढ्दो आर्थिक संकट, आप्रवासी समस्या स्वास्थ्य समस्या लगायतका विषयहरु प्रमुख रुपमा रहेको पाइन्छ । सतहमा हेर्दा डेमोक्रेटिक र रिपब्लिकनबीचको दुरी बढेर समस्या निम्तिाएको जस्तो देखिए । धनी र गरिबबीचको आर्थिक खाडल बढ्दै गैरहेको आम नागरिक स्वास्थ्योपचारमा घट्दो पहुँच, रोजगारीको समस्या लगायत मुद्दाहरुले अमेरिकी समाजलाई नयाँ ढंगबाट आन्दोलित हुन प्रेरित गरिरहेको छ ।
अहिलेको लगभग ३३ करोड जनसंख्यामध्ये ४ करोड गरिबीको रेखामुखी रहेका छन् । लगभग २ करोड अमेरिकीहरु स्वास्थ्य बिमाबाट बञ्चित रहेको अवस्था छ ।
हाल यु.एस.ए.

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?