एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज कार्यक्रम गर्ने
वेंङलोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर महिला विभागले प्रगतिशील तीज विषेश कार्यक्रम गर्ने भएको छ। महिला विभागले संसारका मजदूर एक हौँ। नेपाली एकता जिन्दावाद ! प्रगतिशील हरितालिका तीज कार्यक्रम सफल पारौँ ! भन्ने नारा सहित कार्यक्रम गर्न लागेको हो । उपस्थित जनसमुदायलाई कुनै प्रवेश शुल्क लाग्ने छैन । समय . दिउँसो११ बजे रहेको छ । स्थानः विल्सन गार्डेन क्लब आर नाइन्थ क्रस विल्सन गार्डेन बेंङलोर ५६००२७ ठेगान भएको छ । अखिल भारत नेपाली एकता समाज महिला विभागले महङ्गो र पश्चिमेली छाडा संस्कृति, विकृतिका विरूद्ध प्रगतिशील संस्कृतिको अभिवृद्धि गर्नु आवश्यक भएकाले प्रगतिशील गीत नृत्य प्रस्तुति गर्नु गराउन…