बेङ्गलोरको बिध्यारानीपुरामा अखिल भारत नेपाली एकता समाजकाे संगठन विस्तार

बेङलोर : बेङ्गलोर बिध्यारानीपुरा एरियामा कार्यरत नेपाली श्रमजीवीहरूको बीच अखिल भारत नेपाली एकता समाज ईजिपुरा एरिया समितिका सचिव मोहन लाल परियार एवं ईजिपुरा एरिया समिति का अध्यक्ष तथा नगर सदस्य स्याम बहादुर परियारको पहलकदमी र अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक र केन्द्रीय सचिव रामसिंह विक केन्द्रीय सदस्य तथा नगर अध्यक्ष राम दत्त पाण्डे को विशेष उपस्थितिमा २९ जुन २०२५ का दिन बृहत भेला सम्पन्न भएको छ। उक्त भेलाको अध्यक्ष गोरख परियारले गर्नुभएको थियो भने सञ्चालन गजेन्द्र परियार गर्न भएको थियो। कार्यक्रमका अतिथहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिक, केन्द्रीय सचिव रामसिंह विक, नगर अध्यक्ष राम दत्त पाण्डे,नगर सदस्य स्याम बहादुर परियार बोम बहादुर परियार रहनु भएको थियो । अथिति आशन ग्रहण पश्चात देश र जनताको निमित्त ज्यानबलिदान दिनुभएका सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। मौनधारण पछि उपस्थित जनसमुदायलाई शब्द बाट गोविन्द सोनारले स्वागत गर्नुभएको थियो। भेलामा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष किसन बहादुर बिकले भेलाको औचित्य बारे स्पष्ट पार्दै भारत स्थित नेपालीहरूको समस्या बारेमा अखिल भारत नेपाली एकता समाजको दृष्टिकोण बारे स्पष्ट पार्दै अखिल भारत नेपाली एकता समाजले भारत स्थित नेपालीहरूलाई दुइ भागमा वर्गीकरण गरेको छ जस्तै १८१६ सुगौली सन्धि बाट भौगोलिक अधारमा छुट्टिएका नेपालीहरूलाई अप्रवासी नेपाली र जीविका पार्जनको लागि रोजिरोटीको खोजीमा आएका नेपालीहरूलाई प्रवासी नेपाली भनेर वर्गिकरण गरेको छ । अखिल भारत नेपाली एकता समाजको गठन हुन भन्दा पहिले भारतमा विभिन्न स–साना संघ–संस्था र क्लबहरू खुलिरहेका थिए बिभिन्न धार्मिक संगठन भारतको विभिन्न शहरहरूमा खुलिसकेका थिए।
यी संगठनहरुले भारतमा छरिएर रहेका नेपालीहरुको हक अधिकार सितको कुनै सरोकार थिएन। उनले कमाएको धन विभिन्न पाटी–पौवा, मठ(मन्दिर पुल, पुलेसो तथा स्कुल हरुको नाममा उनका भावनासँग खेलवाड गरी ठग्ने र आफ्नो स्वार्थ सिद्ध गर्ने गर्दथे।
यस प्रकारको सामन्ती कृयाकलापको विरोध गर्दै भारत भरी छरिएर रहेका देशभक्त स्वभिमानी नेपालीहरुले बनारसको विशेश्वरगञ्जमा भेला गराइ अखिल भारत स्तरीय एउटै विधान अन्तर्गत नेपाली जनताको हकअधिकारको रक्षार्थ एउटा संगठनको आवश्यकता महसुश गरी ७ नोभेम्बर १९७९ मा अखिल भारत नेपाली एकता समाजको गठन भएको थियो। भन्दै एकता समाजको लक्ष्य र उद्देश्य प्रवासी नेपाली मजदुरहरुलाई एकता बद्ध गरेर उनीहरूमा जनचेतना जगाउने र समाजिक राजनीतिक रूपमा अभिवृद्धि गर्ने किनकि उनीहरूमाथि हुने अन्याअत्यचारका विरूद्ध न्यायिक लडाईं लड्न सकुन् र १९५० सन्धिले दिएको अधिकार उपभोग गर्न पाउनकोलागि बुलन्द आवाज उठाउन सकुन नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहयोग पुर्याउने हेतुले संगठन निर्माण गरिएको थियो भन्दै । नेपालको वर्तमान राजनैतिक अवस्था बारे बोल्दै नेता किसन बहादुर बिक ले गणतन्त्रको नाउँमा लुटतन्त्र भएको आम नेपाली जनतालाई अवगत भएकै कुरा हो उल्लेखित रूपमा संघीय लोकतान्त्रीक गणतन्त्र भनेता पनि गणतन्त्र आएको पनि १७ वर्ष पुरा भएको छ। तर जनताले गणतन्त्रको प्रत्याभूति गर्नुभएको छैन् त्यस कारण नेपालमा नौलो जनवादी क्रान्ति विना यो व्यवस्था परिवर्तन हुनसक्दैन त्यसको विकल्पमा नयाँ जनवादी व्यवस्था ल्याउन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अहिले देशब्यापी रुपमै लागि परेको भन्दै भेलाको शुभकामना दिनुभए साथै नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिनुभएको थियो।
उक्त भेलाले गोरख परियारको अध्यक्षतामा १५ पुर्ण ४ बैकल्पिक ७ सल्लाहकार गरी २६ जनाको समिति गठन गरियो।
जसमा १. अध्यक्ष – गोरख परियार,२. उपाध्यक्ष कुसल जोशी ३. सचिव – गोविन्द सुनार ४ स.सचिव कविता परियार५ कोषाध्यक्ष खण्टे सुनार
सदस्यहरूमा
बिरेन्द्र खत्री, गजेन्द्र परियार ,राजेश परियार ,कोपिला परियार, पदम जोशी ,बिर्सना परियार , दिपक परियार, दिनेश नगार्जी ,गगन परियार,
वैकल्पिक सदस्यहरुमा
हरिश परियार ,राजेश परियार,‌ सन्दिप परियार,सन्देश उपाध्याय,
सल्लाहकार
रवि परियार, शिबराज बोहरा, आदर्श परियार,‌‌निरज परियार, गोरे सोनार,मनोज पुजारा, सन्जय पुजारा,निर्वाचित हुनुभएको छ।
नयाँ निर्वाचन समितिलाई बधाई दिनेहरूका केन्द्रीय सचिव रामसिंह विक,ले अखिल भारत नेपाली एकता समाजको लक्ष्य उद्देश्य स्पष्ट पार्दै भारत रहेका श्रमजीवी नेपालीलाई एकता बद्ध गरेर उनिहरूको चेतनास्तर उठाउदै आफ्नो अधिकार प्राप्तिको लागि तयार गर्नुनै एकता समाजको कर्तब्य हो भन्दै नयाँ निर्वाचित संगठन समिति बधाई दिनुभएको थियो।त्यसै गरी केन्द्रीय सदस्य तथा नगर अध्यक्ष राम दत्त पाण्डे, नगर सदस्य स्याम बहादुर परियारले नयाँ निर्वाचित संगठन समिति लाई बधाई दिनुभएको थियो ।अन्त्यमा भेलाका अध्यक्षले विर्सजन गर्नु भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?