उच्च शिक्षाकालागि विदेशिने क्रम रोक्नु पर्दछ : प्रधानमन्त्री
काठमाण्डौ : प्रधानमन्त्री के पी शर्मा ओलीले उच्च शिक्षाका लागि विदेशिने क्रम रोक्नु पर्ने धारणा राखेका छन् । प्रधानमन्त्री ओलीले उच्चशिक्षाकालागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । मन्तव्यको क्रममाओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्नेमा कुरामा विशेष जोड दिए । समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे ।उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान…