समाचार

नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

काठमाडाैँ : नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सर्ेत र सिखिकरण गर्नेउद्देश्यका साथ क्षवक्षिन्न कायचक्रमहरू सफलतापूर्वक सञ्चालन गरयो । जस अन्तगगत नमस्ते पे द्वारा सामाशिक सञ्जालहरू र एप सूर्नाहरू माफच त, नमस्ते पे का प्रयोगकताचहरू र फलोवसगलेक्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरणको बारेमा जानकारी प्राप्त गर्ननग भयो । क्षवत्तीय सािरता र क्षवत्तीयसमावेिीकरणका बारेमा जार्नकारी र नमस्ते पे ले नेपालमा क्षवत्तीय समावेिीकरणलाई कसरी सहयोग गर्च िन्ने बारेक्षिक्षियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सावचिक्षनक गररएको क्षियो। linkत्यसैगरी, नमस्ते पे ले क्षवक्षिन्न कलेिहरूमा क्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरण सम्बन्धी…
Read More
नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त…
Read More
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिईन् अध्यक्ष  दाहालसमक्ष राजीनामा

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिईन् अध्यक्ष दाहालसमक्ष राजीनामा

काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । उक्त्त सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् । यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो । तर पछि…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका संयोजक दिनेश शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष १६ बुँदे मागपत्र बुझाउदै मागहरु अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले प्रस्तुत गरेका मागहरु सान्दर्भिक भएको स्पष्ट गर्नुभयो । र, भन्नुभयो, “तपाईहरुलाई धन्यवाद छ, मागहरू सान्दर्भिक छन् र तपाईहरु सहि समयमा आउनुभएको छ ।” तर कार्यान्वयनको प्रश्नमा भने प्रधानमन्त्रीको जवाफ अस्पष्ट थियो, “हेरौं, के–कति सम्बोधन गर्न सकिन्छ ।’ यस्तो छ १६ बुँदे…
Read More
एसईई परीक्षा आजदेखि सुरू

एसईई परीक्षा आजदेखि सुरू

काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरू भएकाे छ । आज चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुँदैछ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् । परीक्षाका लागि २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरिएको छ । जसमा सबैभन्दा कम मनाङ र मुस्ताङमा एक–एक तथा सबैभन्दा…
Read More
क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

क्रान्तिकारी युवा संगठन नेपालका नेता विकल्प ३८ दिनपछि रिहा

काठमाडाैँ : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज विकल्पलाई आज ३८ दिनपछि रिहा भएको छ । उनलाइ काठमाडौँ जिल्ला अदालतले २४ दिनपछि २० हजार धरौटिमा थुनामुक्त गरे लगत्तै प्रहरी प्रसासनले अदालत परिसरबाटै षड्यन्त्रमूलक ढंगले गिरफ्तार गरेको थियो । उक्त संगठनका संयाेजक हरिश भट्टले प्रेस विज्ञप्ति जारी गर्दै बिनासर्त रिहाइकाे माग गरेका थिए ।
Read More
लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

लघुवित्त पीडितहरु फेरि किन उत्रिए सडकमा

काठमाडौं : सरकारसँग ६ बुँदे सहमति गरेर आन्दोलन स्थगित गरेको दुईसाता नबित्दै लघुवित्त पीडितहरु फेरि सडकमा उत्रिएका छन् । सहमतिअनुसार माग पूरा नभएको भन्दै लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिका कानुनी सल्लाहकार अगस्थ अधिकारीको नेतृत्वमा उनीहरु आजदेखि धर्नामा बसेका हुन् । गत चैत २ गते सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समितिबीच ६ बुँदे सहमति भएको थियो । जसमा लघुवित्तलाई सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न आवश्यक नीतिगत एंव कानूनी व्यवस्थाका सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यास तथा कानूनको समेत अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्थाका लागि अर्थ मन्त्रालयमार्फत् नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने उल्लेख थियो । त्यस्तै, लघुवित्तमा देखिएका समस्या समाधानका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भन्याे ‘नेता भुपेन्द्र न्यौपाने निर्दोष भएको ठहर’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले पार्टीका सचिवालय सदस्य भूपेन्द्र न्यौपानेलाई निर्दोष ठहर गरेको छ । पार्टीका अध्यक्ष किरणले आज एक प्रेस वक्तव्यमार्फत् यसको सार्वजनिक जानकारी गराउनु भएको छ । वक्तव्यमा भनिएको छ, “वैदेशिक रोजगारको विषयमा उहाँंलाई जोडेर पत्रकार सम्मेलन र विभिन्न मिडियामा समाचार आएपछि पार्टीले त्यसको छानबीन गरी सत्यतथ्य सार्वजनिक गरिने छ भनी प्रेस वक्तव्यद्वारा प्रष्ट पारेको थियो । त्यसै अनुसार पार्टीले न्याय तथा कानुन विभागद्वारा आवश्यक अध्ययन अनुसन्धान गरी प्राप्त तथ्यहरुका आधारमा क. भूपेन्द्र न्यौपाने निर्दोष भएको ठहर गरेको छ र सो विषयबारे प्रष्ट गरी यसै प्रेस–वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ ।” वक्तव्यमा यस सन्दर्भमा केही गलत तत्वहरु…
Read More
रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला, पुटिनले दिए यस्ताे चेतावनी

रुसको राजधानी मस्कोमा आतङ्कवादी हमला, पुटिनले दिए यस्ताे चेतावनी

काठमाडौँ : रुसको राजधानी मस्कोको क्रोकस सिटी हलमा भएको आतंकवादी हमलामा मृत्यु हुनेको संख्या १४३ पुगेको छ । आक्रमणको झण्डै २४ घन्टापछि राष्ट्रपति पुटिनले शनिबार राष्ट्रका नाममा सम्बोधन गर्दै आज २४ मा राष्ट्रिय शोकको घोषणा पनि गरे । पुटिनले आक्रमणकारीले युक्रेनतर्फ भाग्न खोजेको बताउँदै उनीहरू सबै पक्राउ परेको र कडा सजाय हुने घोषणा पनि गरे । रुसले हालसम्म ११ जनालाई पक्राउ गरेको छ । जसमध्ये ४ जना आक्रमणकारी र ७ जनाले सघाइरहेको बताइएको छ । रुस–युक्रेन सीमाबाट पक्राउ परेका ११ जनालाई नै मस्को लगिएको छ । रुसी मिडिया हाउस आरटीको रिपोर्टका अनुसार अनुसन्धान एजेन्सीहरूले आतंकवादी हमला पूर्ण योजना बनाएर भएको…
Read More
अमेरिकाले नेपालमा नास्तिकता फैलाउन पैसा दिएको रिपब्लिकन सांसद मास्टको दाबी

अमेरिकाले नेपालमा नास्तिकता फैलाउन पैसा दिएको रिपब्लिकन सांसद मास्टको दाबी

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले नेपालमा नास्तिकता फैलाउन ५ लाख अमेरिकी डलर अर्थात् ६ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम खर्च गरेको भनी त्यहाँका एक सांसदले दिएको अभिव्यक्ति यति बेला चर्चामा छ । रिपब्लिकन सांसद ब्रायन मास्ट र विदेश राज्यमन्त्री रिचार्ड राहुल बर्मा । फ्लोरिडाबाट जितेका रिपब्लिकन सांसद ब्रायन मास्टले उक्त प्रसंग कोट्याउँदै नेपालमा धार्मिक आस्थामा विश्वास नराख्ने मानिसहरुका लागि उक्त रकम किन खर्च गरियो भनी प्रश्न उठाएका हुन् । उनले यसअघि पनि गत सेप्टेम्बरमा यस्तै प्रश्न उठाएर अमेरिकी संसदमा विदेश मामिला समितिसमक्ष औपचारिक पत्र लेखेका थिए । दुई वर्षअघि रिपब्लिकन पार्टीकै अर्का सांसद तथा पूर्वसभामुख न्युट ग्रिनरिचले…
Read More