समाचार

नवलपुर जिल्लाको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नवलपुर जिल्लाको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको नवलपुर जिल्लाको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम २०८१ भदौ १५ गते सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक दिपक, प्रमुख अतिथि प्रदेश इन्चार्ज प्रतिक र अतिथि सह – इन्चार्ज अनुकुल रहेका थिए । बैठकमा केन्द्रको आकस्मिक बैठक पछि विकास भएको पछिल्लो राजनीति तथा घटनाक्रमको बारेमा, ऐतिहासिक एकता महाधिवेशन सम्पन्न गर्न वैचारिक राजनीतिक कार्य, प्रचारात्मक तथा सांगठनिक कार्य साथै आर्थिक विषयहरुमा छलफल तथा निर्णय भएको छ । अन्त्यमा अध्यक्षले कार्यक्रमको समापन गरेका थिए । त्यस्तै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति तनहुँको बैठक तथा प्रशिक्षण २०८१ भदौ १३ गते सम्पन्न भएको छ ।…
Read More
भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम कोणसभा कार्यक्रम सम्पन्न

भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम कोणसभा कार्यक्रम सम्पन्न

प्यूठान : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति प्यूठानको आयोजनामा २०८१ भाद्र १७ गते, प्युठानको वाग्दुलामा कोण सभा सम्पन्न भएको छ। भ्रष्टाचार विरुद्धको अभियान तथा पार्टी एकता प्रचारात्मक कार्यक्रम लेखिएको व्यानरमा उक्त कार्यक्रम सम्पन भएको हो । कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज टिकाराम पौडेल, प्युठान जिल्ला संयोजक विरबहादुर पुनले मन्तव्य राखेका थिए । जिल्ला सह – संयोजक गोपाल नेपालीले स्वागत मन्तव्य र अर्का जिल्ला सह संयोजक कमरेड गोविन्द पोख्रेलले कार्यक्रमको संचालन रहेको थियो। कार्यक्रममा वक्ताहरुले समसामयिक विषयहरु भ्रष्टाचार , महंगीको विरोध गर्नुका साथै प्राकृतिक प्रकोपहरु बाढी पहिरो डुबान जस्ता कारणबाट पीडितहरुको राहत…
Read More
ओली सरकार दलाल पुँजीवादीहरूको सरकार भएको पुष्टि  : प्रवक्ता सुदर्शन

ओली सरकार दलाल पुँजीवादीहरूको सरकार भएको पुष्टि : प्रवक्ता सुदर्शन

काठमाडौ : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय प्रवक्ता तथा केन्द्रीय कार्यालय सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन'ले वर्तमान ओली सरकार जनताको सरकार नभएर दलाल पुँजीवादीहरूको सरकार हो भन्ने कुरा पुष्टि भएको बताउनु भएको छ । सुदर्शन, प्रवक्ता, केन्द्रीय कार्यालय सदस्य एवं इन्चार्ज ३ नं. प्रदेश, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पार्टीले साेमबार काठमाडौमा अयोजना गरेको विरोध सभामा बोल्दै प्रवक्ता सुदर्शनले सो कुरा वताउनु भएको हो । सुदर्शनले स्पष्ट गर्नु भयो, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान काङ्ग्रेस–एमाले गठबन्धनको सरकार बनाउन रामेश्वर थापाको महत्वपूर्ण भूमिका रहेको स्वीकारेका छन् । रामेश्वर थापा दलाल पुँजीपति हुन् भन्ने कुरा दुनियाँलाई थाहा छ । काङ्ग्रेस र एमालेले आफ्नो…
Read More
दाङकाे सडकमा उत्रियाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

दाङकाे सडकमा उत्रियाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

ईश्वरीप्रसाद गैरे/घोराही,दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अन्तरगत राष्ट्रघात, जनघात, तथा भ्रष्टाचार विरुद्ध विरोध सभा दाङमा पनि साेमबार सम्पन्न भएको छ । दाङ जिल्ला पार्टीको आयोजनामा घोराहीको तुलसीपुर चोकमा कोणसभा सम्पन्न भएको हो । उक्त कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य शशिधर भण्डारीले मुलुक अहिले गम्भीर मोडमा पुगेको र देशका शासकहरू विभिन्न अपराधिक काण्डमा मुछिएका ब्यक्तिहरूबाट राज्य सञ्चालन रहेको अबस्थामा जनताको हित अनुकूल यो सरकारले कुनै काम नगरेको बताउनुभयो । उहाँले अहिलेको सरकार मात्र होइन यो राज्य ब्यबस्था नै दलालहरूको भएकोले यिनीहरूबाट राष्ट्र, राष्ट्रियता र जनजिविकाका बारेमा केही गर्न नसक्ने कुरा राख्दै…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले गर्याे राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले गर्याे राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला कमिटी चितवनले भरतपुरको चौबिसकोठीमा विरोध सभा सम्पन्न गरेको छ । पार्टीको सङ्घर्षका केन्द्रीय कार्यक्रम अनुसार सोमबार भरतपुरको चौबिसकोठीमा राष्ट्रघात, भ्रष्टाचार र महँगीविरुद्ध विरोध सभा सम्पन्न गरेको हो । आयोजित उक्त सभालाई केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज घननाथ सापकोटा ‘बिकास’ ले सम्बोधन गरेका थिए । आफ्नो सम्बोधनमा जिल्ला इन्चार्ज बिकासले दिनप्रतिदिन फरक फरक आवरणमा राष्ट्रघातका नयाँनयाँ शृंखला जारी रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न जिम्मेवार निकायहरू नै भ्रष्टाचारमा फसेका कारण भ्रष्टाचार दिनहुँ बढिरहेको बताउँदै बिकासले भ्रष्टाचारविरुद्ध जनता आफैँ उठ्नुपर्ने र भ्रष्टाचारीहरूलाई जनस्तरबाटै कारवाही गर्नुपर्ने बताए । बजारमा खाद्य वस्तुको कृत्रिम अभाव पैदा गरि…
Read More
इजरायलमा देशव्यापी आमहडताल,प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

इजरायलमा देशव्यापी आमहडताल,प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

एजेन्सी/तेल अभिभ : इजरायलमा देशव्यापी आमहडताल जारी रहेको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई गाजामा रहेका बन्धकहरूलाई फिर्ता ल्याउन हमाससँग सम्झौता गर्नका लागि दबाब दिन यो हडतालको आयोजना गरिएको हो । हमासको नियन्त्रणमा रहेका ६ जना बन्धकहरुको मृत्यु भएपछि ब्यापक जनआक्रोश रहेको छ । यसैबिच देशको सबैभन्दा ठुलो मजदुर संगठन हिटाडरुटले यो हडतालको आयोजना गरेको हो । तेल अभिभसहित देशका विभिन्न स्थानमा प्रदर्शनको तयारी गरिएको छ । प्रदर्शनकारीहरूले तेल अभिभको एक मुख्य क्षेत्रलाई रोकेका छन् । तथ्याङ्कमा हाल हमासको कब्जामा १ सय १ जना बन्धक रहेका छन् । यसमध्ये, ३५ जनाको मृत्यु भइसकेको अनुमान गरिएको छ । १ सय १ जनामध्ये…
Read More
बंगलादेशमा जस्तै शासकहरु बालुवाटार र सिंहदरबारबाट भाग्ने दिन आउने सुदर्शनकाे चेतावनी

बंगलादेशमा जस्तै शासकहरु बालुवाटार र सिंहदरबारबाट भाग्ने दिन आउने सुदर्शनकाे चेतावनी

अनु निरौला/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । ‘महंगी, बेथिति, विसंगति, भ्रष्टाचार र दूराचारको विरुद्ध विरोध तथा भण्डाफोर सभा’ नाम दिइएको विरोध प्रदर्शनमा नेताहरुले बंगलादेश र श्रीलंकामा जस्तै बालुवाटार र सिंहदरबार छाडेर भाग्नुपर्ने दिन आउने चेतावनी दिएका छन् । जुलुससहितको विरोध प्रदर्शनले नगरपरिक्रमा गरेर विरोध तथा भण्डाफोर सभामा परिणत भएको थियो । विरोध तथा भण्डाफोर सभालाई पार्टीका प्रवक्ता हेमन्तप्रकाश ओली सुदर्शन, क्रान्तिकारी महिला संगठनकी नेतृ शारदा महत र अखिल (क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बाधेन गर्दै पार्टी प्रवक्ता सुदर्शनले विदेशी दलाल शासकहरुले अब चाँडै बंगलादेश र श्रीलंकामा जस्तै देश छाडेर भाग्नुपर्ने स्थिति आउने…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा गर्यो विरोध तथा भण्डाफोर सभा

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले काठमाडौंमा गर्यो विरोध तथा भण्डाफोर सभा

नन्दलाल खरेल/ काठमाडाैँ : आम श्रमजीवी शोषित उत्पीडित जनताको अग्रदस्ताको रुपमा रहेको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालले महँगी, बेथिति, विसंगती, भ्रष्टाचार, दुराचारको विरुद्ध काठमाडौंको मुटु मानिने असन नजिक जनबहाल डबलीमा विरोध तथा भण्डाफोर सभा सम्पन्न गरेको छ । सुदर्शन, प्रवक्ता एवं इन्चार्ज ३ नं. प्रदेश, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रत्नपार्क शान्तिवाटिकाबाट शुरु भएको जुलुस भद्रकाली, शहिदगेट, सुन्धारा, न्युरोड, विशालबजार हुदै असनको जनवहाल डवलीमा सभामा परिणत भएको थियो । जुलुसमा सहभागीहरुले बढ्दो महँगी नियन्त्रण गर, भष्टाचारीलाई कारवाही गर, सहकारी पिडितलाई न्याय दे, सहकारी ठगलाई तुरुन्त कारवाही गर, एसीसी सम्झौता खारेज गर, महिला हिंसा बन्द गर जस्ता नारा लगाएका थिए । अटल, ३…
Read More
यी पाँच प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

यी पाँच प्रदेशमा आज ठूलो वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली, सुदूरपश्चिम र बागमती प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली रहने जनाएको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी,…
Read More
एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम सम्पन्न

काठमाडौं : काठमाडौंको टेक्सास कलेजमा नेपालमै पहिलो पटक आयोजना भएको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज कार्यक्रम २०८१ भदौ १५ सम्पन्न भएको छ ।डिजिटल इम्पावरमेन्ट फाउन्डेसन र इन्टरनेट सोसाइटीसँगको सहकार्यमा नेपाल इन्टरनेट फाउन्डेसनले भदौ १५ गते आयोजना गरेको एशिया प्यासिफिक क्षेत्रको कम्प्युनिटी नेटवर्क एक्सचेञ्ज २०२४ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कनेक्टिभिटी, डिजिटल समावेशीता र कम्युनिटी नेटवर्कमाथि वृहत छलफल भएको थियो भने सम्बन्धित विज्ञहरूलाई एकै ठाउँमा ल्याएको थियो ।शनिबार बिहान ९ बजेदेखि सुरू भएको कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले भर्चुअल रूपमा सम्बोधन गरेका थिए । उनले ग्रामीण विकासमा प्रविधिको भूमिका महत्त्वपूर्ण भएको बताउँदै कम्युनिटी नेटर्वक र डिजिटल…
Read More