
काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले मिति ८ माघ, २०८१ मा एक बक्तब्य प्रकाशित गरी बालकृष्ण सापकोटा प्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ । बक्तब्यमा लेखिएको छ – चितवन जिल्ला, भरतपुुर महानगरपालिका वडा नं. ७ कृष्णपुर निवासी बिहान बालकृष्ण सापकोटाको आज २०८१ माघ ८ गत४ बजे दुःखद निधन भएको छ । १९८८ साल भाद्र २० गते जन्मनु भएका उहाँ रक्त क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । उहाँ हाम्रो पार्टीका केन्द्रीय सदस्य क. घननाथ सापकोटाका बुबा हुनुहुन्थ्यो । उहाँका चार छोरा र एक छोरी हुनुहुन्छ । दुःखको यस घडीमा हाम्रो पार्टी बुवा बालकृष्ण सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, मृतक बालकृष्ण सापकोटाका छोराहरु तथा छोरी लगायत सम्पूर्ण परिवार, साथीभाइ एवम् शोकसन्तप्त आफन्तजनमा हार्दिक समवेदना व्यक्त गर्दछ ।